Dictionary

All Word

32051 ज्ञानद / दाता वि. २. गुरु।
32052 ज्ञाननिष्ठा ना. ज्ञानप्रतिको विश्वास वा आस्था।
32053 ज्ञानपत्र ना. कुनै सङ्घसंस्था, अड्डा आदिमा भएका कामकुराको यथार्थ जानकारी दिलाउन पठाइने पत्र।
32054 ज्ञानपिपासा ना. ज्ञान प्राप्त गर्ने प्रबल इच्छा; कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति; तीव्र जिज्ञासा।
32055 ज्ञानपिपासु वि. ज्ञान प्राप्त गर्ने इच्छा भएको; कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने; ज्ञानार्थी; जिज्ञासु।
32056 ज्ञानमय वि. १. ज्ञानले परिपूर्ण; ज्ञानस्वरूप; चैतन्यस्वरूप; चिन्मय। ना.
32057 ज्ञानमय वि. २. परब्रह्म।
32058 ज्ञानमुद्रा ना. तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औँला र बुढी औँलाको टुप्पो जोडी देखाइने मुद्रा।
32059 ज्ञानयोग ना. ज्ञानप्राप्तिद्वारा जीवनमुक्तिका लागि गरिने साधना; शुद्ध ज्ञानको प्राप्ति।
32060 ज्ञानवती ना. १. बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि; वज्रयानको अन्तिम भूमि। वि.
32061 ज्ञानवती ना. २. ज्ञान भएकी।
32062 ज्ञानवान् वि. ज्ञान भएको; जान्नेबुझ्ने; ज्ञानी।
32063 ज्ञानवृद्ध वि. उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय; शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बुढो।
32064 ज्ञानसाधन/साधना ना. १. ज्ञानप्राप्तिका लागि गरिने साधना; ज्ञान हासिल गर्नका लागि गरिने निरन्तरको प्रयास।
32065 ज्ञानसाधन/साधना ना. २. ज्ञान प्राप्त गर्ने साधन; ज्ञानेन्द्रिय।
32066 ज्ञानावरण ना. १. ज्ञानले ढाकिने कर्म।
32067 ज्ञानावरण ना. २. ज्ञानप्राप्तिका निम्ति बाधक पापकर्म।
32068 ज्ञानावरणीय वि. ज्ञानद्वारा ढाक्न सकिने; ज्ञानावरण हुने।
32069 ज्ञानावस्था ना. अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था; चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था।
32070 ज्ञानी वि. १. आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान्।
32071 ज्ञानी वि. २. भनेको मान्ने; कुरा बुझ्ने (बच्चा)। (उदा.- मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ)। ना.
32072 ज्ञानी वि. ३. दैवज्ञ; ऋषि।
32073 ज्ञानेन्द्रवीरविक्रम शाह ना. २००७ सालमा तत्कालीन राणा प्रधानमन्त्रीद्वारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा भएका वीरेन्द्रका माहिला भाइ; नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपूर्वका नेपालका राजा।
32074 ज्ञानेन्द्रिय ना. भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिभ्रो र छाला गरी जम्मा पाँच इन्द्रिय; पञ्चज्ञानेन्द्रिय।
32075 ज्ञापक वि. कुनै कुरा जनाउने; बुझाउने; थाहा दिने; ज्ञापयिता; सूचक।
32076 ज्ञापन ना. कुनै विषयको जानकारी; सूचना; जनाउ।
32077 ज्ञापन पत्र ना. १. कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र।
32078 ज्ञापन पत्र ना. २. कुनै सरकारी वा गैरसरकारी सङ्घसंस्था आदिबाट आफ्नो माथिल्लो निकाय वा सरकारलाई आफ्ना माग आदि अवगत गराउने तथा पूरा गर्नेतर्फ ध्यानाकृष्ट गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र; विरोधपत्र; सामूहिक रूपमा दिइने चेतावनीपत्र।
32079 ज्ञापयिता वि. सूचना दिने; ज्ञापक।
32080 ज्ञापित वि. १. ज्ञापन वा सूचना गरिएको; थाहा दिइएको; जनाइएको।
32081 ज्ञापित वि. २. जानकारी गराइएको।
32082 ज्ञापित वि. ३. प्रकट गरिएको; प्रकाशित।
32083 ज्ञाप्य वि. थाहा दिनुपर्ने; जनाउनुपर्ने; जानकारी दिनुपर्ने; सूचना गर्नुपर्ने; भन्नुपर्ने; जानकारी गर्न लायक।
32084 ज्ञेय वि. जान्नुपर्ने; जान्न सकिने; जान्न लायक; सिक्न लायक।
32085 ज्या ना. १. धनुमा लगाइएको डोरी; ताँदो।
32086 ज्या ना. २. रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा।
32087 ज्या ना. ३. पृथ्वी; माता।
32088 ज्या वि. बो. १. विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द। ना.
32089 ज्या वि. बो. २. बिगार; नाश (बालबोलीमा)।
32090 ज्यादती ना. १. कसैमाथि गरिने अनुचित व्यवहार; अचाक्ली; अत्याचार।
32091 ज्यादती ना. २. अन्याय।
32092 ज्यादा वि. १. आवश्यकता वा सुहाउँदो भन्दा धेरै; सामान्यतया हुनुपर्ने वा गर्नुपर्ने भन्दा अधिक। क्रि.वि.
32093 ज्यादा वि. २. अचाक्ली अति। वि.
32094 ज्यादा वि. ३. अनुचित ( बोली, वचन वा व्यवहार)।
32095 ज्यादा भन्दा ज्यादा/ से ज्यादा क्रि.वि. हुन सकेसम्म माथिल्लो हदमा; धेरैभन्दा धेरै; हदमा पनि।
32096 ज्यादिबिधि क्रि.वि. १. धेरै; अघोरै; अत्यन्तै ज्यास्ती। ना.
32097 ज्यादिबिधि क्रि.वि. २. अन्याय; अचाक्ली।
32098 ज्याद्रो वि. १. कठोर; साह्रो।
32099 ज्याद्रो वि. २. परिश्रमी।
32100 ज्याद्रो वि. ३. आज्ञाकारी नभएको; अटेरी।