Dictionary

All Word

32101 ज्यान ना. प्रेमी वा प्रेमिकाद्वारा परस्परमा एकअर्कालाई बोलाइने शब्द; प्रेमी वा प्रेमिका। (उदा.- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ? - एक गीत )।
32102 ज्यान ना. १. जीवन; प्राण; प्राणतत्त्व।
32103 ज्यान ना. २. प्राणधारी शरीर; प्राणी।
32104 ज्यानखुन ना. ज्यान मार्ने काम; ज्यान मार्न गरेको काम; नरहत्या।
32105 ज्यानमारा वि. १. अर्काको ज्यान मार्ने; अर्काको प्राण लिने; हत्यारा; घातक।
32106 ज्यानमारा वि. २. खाँदा ज्यानै लेलाजस्तो ज्यादै पिरो (खोर्सानी); राँगे; अबरे।
32107 ज्यानमुद्दा ना. ज्यान मारे वा मार्न उद्योग गरेबापत लागेको मुद्दा; ज्यानसम्बन्धी मुद्दा।
32108 ज्यानसजाय ना. कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने मृत्युदण्ड; ज्यान लिने सजाय; प्राणदण्ड।
32109 ज्यानी ना. १. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; ज्यान। वि.
32110 ज्यानी ना. २. ज्यान लिने खालको।
32111 ज्यानी दुस्मन ना. ज्यानमा दागा धर्ने अवस्थामा पुगेको शत्रु; ठुलो शत्रु।
32112 ज्यापु ना. कपासको गेडाभित्र हुने बियाँ; कपासको बियाँ; कपासको बीज।
32113 ज्यापु ना. खेती मुख्य पेसा भएको एक नेवारजाति।
32114 ज्याबल / ज्याभल ना. कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल।
32115 ज्यामन्तै क्रि.वि. १. हुन गइरहेमुताबिक; हुन चाहेमाफिक।
32116 ज्यामन्तै क्रि.वि. २. जे हुन्छ त्यही; इच्छाअनुसार। (उदा.- ज्यामन्तै होस्, अब उसको वास्ता गरिँदैन )।
32117 ज्यामा ना. जीआमा; हजुरआमा।
32118 ज्यामिति ना. सतह आदिको क्षेत्रफल नाप्ने गणितको एक विभाग; रेखागणित; क्षेत्रगणित।
32119 ज्यामितिक वि. ज्यामितिसम्बन्धी; रेखागणितसम्बन्धी।
32120 ज्यामिर ना. मोसमका जस्ता पात हुने, सेता फूल फुल्ने, मोसमकै आकारका अमिला फल फल्ने एक जातको बोट; त्यसै बोटको फल।
32121 ज्यामी ना. ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो।
32122 ज्यामी माहुरी ना. चाकाको हेरविचार गर्ने र खानेकुरा जम्मा गर्ने सबैभन्दा साना माहुरी।
32123 ज्याम्तो वि. हेर्दा सधैँ रोगीजस्तो देखिने; दुब्लोपातलो; मरन्च्याँसे; झ्याउरो।
32124 ज्याला ना. काम गरेबापत दिइने पैसा, अन्न आदि मजुरी; मजदुरी; पारिश्रमिक; बनी।
32125 ज्यालादार वि. १. ज्यालामा अर्काको काम गर्ने। ना.
32126 ज्यालादार वि. २. ज्यामी; मजदुर; ज्यालामी।
32127 ज्यालादारी ना. १. ज्यालादारले गर्ने काम; मजदुरी। वि.
32128 ज्यालादारी ना. २. ज्यालादार।
32129 ज्यालामी ना. ज्यामी।
32130 ज्यासल ना. बाँडा, कौ, कामी आदि कालिगडको काम गर्ने ठाउँ; कार्यशाला।
32131 ज्यास्ता वि. १. ज्यादा; अधिक। क्रि.वि.
32132 ज्यास्ता वि. २. अति; अचाक्ली।
32133 ज्यास्ती वि. / क्रि.वि. ज्यादा; ज्यास्ता।
32134 ज्युँ वि. १. जति। क्रि.वि.
32135 ज्युँ वि. २. जति।
32136 ज्युँ वि. ३. जसरी।
32137 ज्युँका त्युँ वि. १. शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो उस्तै; जस्ताको तस्तो।
32138 ज्युँका त्युँ वि. २. समान बल भएको; जोडका तोड।
32139 ज्युँ त्युँ क्रि.वि. १. जुन तरिकाले हुन्छ त्यसरी नै; जुनसुकै किसिमले; जसरीतसरी; जेनतेन; जिनतिन।
32140 ज्युँ त्युँ क्रि.वि. २. बल्लबल्ल; मुस्किलसँग।
32141 ज्युँदो वि. हे. जिउँदो।
32142 ज्यु ना. जिउ; शरीर।
32143 ज्युछाडा वि. हे. जिउछाडा।
32144 ज्युजान ना. १. भएभरको शक्ति; पुरै ताकत।
32145 ज्युजान ना. २. मरिमेटाइ।
32146 ज्युज्यु ना. १. अरूले गरेका कुरामा सही थाप्ने, सहमति प्रकट गर्ने वा जेजे भन्यो त्यहीत्यही मान्ने काम।
32147 ज्युज्यु ना. २. मानितो; आदर। वि.बो.
32148 ज्युज्यु ना. ३. ज्यू; हजुर।
32149 ज्युनु अ.क्रि. हे. जिउनु।
32150 ज्युनार ना. भोजन गर्ने क्रिया; खाना खाने काम जिउनार।