Dictionary

All Word

32251 झकझक ना. १. सानोतिनो कामकुरामा पनि पिरोलिइरहने प्रवृत्ति; कचकच ख्याउँख्याउँ। क्रि.वि.
32252 झकझक ना. २. बिजुली बत्ती आदि निम्न खोज्ने वा बल्ने जस्तो भइरहेर।
32253 झकझक ना. ३. ट्रेन, इन्जिन आदि गुड्दा रोकिई रोकिई आवाज आउने गरी।
32254 झकझकाइ ना. झकझकाउने भाव, क्रिया वा प्रक्रिया।
32255 झकझकाइनु अ.क्रि १. झकाझक होइन; झलमलाइनु। क.क्रि.
32256 झकझकाइनु अ.क्रि २. झकझक पारिनु।
32257 झकझकाइनु अ.क्रि ३. घचघच्याइनु।
32258 झकझकाउँदो वि. चारैतिर प्रकाश छरिएको; झलझलाउँदो; चहकिलो।
32259 झकझकाउनु अ.क्रि. १. बिजुली, मैन्टोल आदिको चहकिलो प्रकाशले चारैतिर झिलिमिली हुनु; चमक फैलनु; झलझलाउनु।
32260 झकझकाउनु अ.क्रि. २. रातो, निलो, पहेँलो आदि विविध रङको प्रदर्शनले आकर्षक दृश्य पैदा 'हुनु।स.क्रि.
32261 झकझकाउनु अ.क्रि. ३. घचघच्याउनु।
32262 झकझकाउनु अ.क्रि. ४. भिज्याउनु; कचकच गर्नु।
32263 झकझकी ना. १. कुनै नराम्रो कामकुरा होला कि भन्ने त्रास।
32264 झकझकी ना. २. झकाझक; जगमग।
32265 झकमक्क क्रि.वि. गहना आदिले सिँगारिने वा चहकिलो प्रकाश छरिने गरी; झकिझकाउ; सजिसजाउ (उदा.- सानी त गहनाले झकमक्क भइछ। बगैँचा फूलले झकमक्क भएको छ।)।
32266 झकले वि. फाटेको वा झुत्रो लुगा लाउने; थाङ्ने।
32267 झकलो वि. १. चिथ्रो; थोत्रो; थाङ्नो ना.
32268 झकलो वि. २. फाटेको वा झुत्रो लुगा।
32269 झकाइ ना. झकाउने भाव, क्रिया वा प्रक्रिया; उड्ने काम।
32270 झकाइनु अ.क्रि. निद्राले लिनु; उडिनु।
32271 झकाउनु अ.क्रि. आँखामा अनायास झप्की आउनु; निद्राले आँखा लाग्नु वा झुल्नु; छिनभर उँघ्नु।
32272 झकाझक वि. १. चारैतिर प्रकाश फैलिएको; झकमक्क भएको; झकिझकाउ; सजिसजाउ।क्रि.वि.
32273 झकाझक वि. २. झकमक्क हुने गरी; चारैतिर झिलमिल भएर।
32274 झकार ना. 'झ' अक्षर; चवर्गको चौथो व्यञ्जनवर्ण।
32275 झकिझकाउ ना. १. प्रकाश, रड, सिंगारपटार आदि बाहिरी आवरणबाट सुशोभित हुने प्रक्रिया; सजिसजाउ; झकमक्क हुने भाव।
32276 झकिझकाउ ना. २. प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य।
32277 झक्क क्रि.वि. १. एकै झोक्कामा चहकिलो प्रकाश छरिने गरी, झल्ल।
32278 झक्क क्रि.वि. २. अनायास; एकाएक।
32279 झक्कड वि. १. सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी।
32280 झक्कड वि. २. उत्साही; आँटी; साहसी।
32281 झक्कड वि. ३. जन्ड; प्रचण्ड।
32282 झक्कडी / झक्कडे वि. झक्कड स्वभावको।
32283 झक्कले वि. झक्कलो; नक्कलेको पूरक।
32284 झक्कलो वि. ठाँटबाँट गरेको; सिँगारिएको; ठाँटिलो।
32285 झक्की वि. १. छिनछिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड।
32286 झक्की वि. २. झोकी; रिसाहा।
32287 झगडा ना. दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन; कलह; कचिङ्गल; राडो; भनावैरी।
32288 झगडातगडा ना. परस्परको कलह वा भनाभन; झैझगडा; कचिङ्गल; रडाको। (उदा.- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन)
32289 झगडालु वि. १. सानोतिनो कुरामा पनि निहुँ झिकेर बामने स्वभावको; झगडा गर्ने; झगडिया; बभुवा। ना.
32290 झगडालु वि. २. त्यस्तो स्वभाव भएको व्यक्ति।
32291 झगडिया वि. १. झगडा गर्ने स्वभाव भएको; झगडालु। ना.
32292 झगडिया वि. २. अड्डाअदालतमा मुद्दा परेपछि मुद्दा नछिनुन्जेल तारेखमा धाइरहने वा वारेस राखेर मुद्दा गर्ने कारणी व्यक्ति; वादी व प्रतिवादी।
32293 झगडे वि. झगडा गर्ने स्वभावको; झगडालु।
32294 झगड्याहा वि. झगडालु; झगडिया।
32295 झङ्कार ना. १. वीणा; गितार, तानपुरा, बेन्जु आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; झनझनाहट।
32296 झङ्कार ना. २. काँसको भ्याली दुई हातमा लिएर आपसमा रगड्दा निस्कने आवाज; झ्याइँ झ्याइँ।
32297 झङ्कार ना. ३. धातुका भाँडाहरू आपसमा टक्कराउँदा निस्कने ध्वनितरङ्ग।
32298 झङ्कारित वि. झङ्कार गरिएको ; झङ्कृत।
32299 झङ्कारी वि. झङ्कार गर्ने; गुँज्ने।
32300 झङ्कृत वि. झङ्कार उत्पन्न भएको; झङ्कारको ध्वनिले युक्त; झङ्कारित; गुञ्जित।