Dictionary

All Word

32401 झन्किनु अ.क्रि. १. झनक्क रिसाउनु झन्का उठ्नु, झन्कनु।
32402 झन्किनु अ.क्रि. २. रन्किनु।
32403 झन्किनु अ.क्रि. ३. झङ्कारको आवाज निस्किनु।
32404 झन्के वि. झनक्क रिसाउने बानी भएको, झोकी, रिसाहा।
32405 झन्को ना. रिसको क्षणिक आवेग, रन्को।
32406 झन्क्याइ ना. झन्किने वा झोक्किने क्रिया- प्रक्रिया।
32407 झन्क्याहट ना. झन्कने तथा झन्काउने भाव, अवस्था वा क्रियाप्रक्रिया झन्काइ।
32408 झन्फट ना. १. बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार।
32409 झन्फट ना. २. सानाठुला धेरै कठिनाइ भएको नचाहिंदो कामकुरो भोज, झमेला, टन्टा, झ्याउलो।
32410 झन्झटिया/झन्झटी/झन्झटे वि. १. झन्झटलाग्दो, झर्कोलाग्दो।
32411 झन्झटिया/झन्झटी/झन्झटे वि. २. चाहिने नचाहिने काम बोकेर हिँड्ने, अनावश्यक दुःख बेसाउने (व्यक्ति)।
32412 झन्झन् वि. अझ बेसी; उत्तरोत्तर।
32413 झन्ट्याङमुन्टुङ / झन्ट्याङमन्ट्याङ क्रि.वि. हे. झन्ट्याङकुन्डुङ।
32414 झन्डा ना. झन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो वा परिचायक चिह्न, ध्वजा, पताका।
32415 झन्डी ना. सानो झन्डा।
32416 झन्डै क्रि.वि १. लगभग, पुगनपुग अलिकति नपुग।
32417 झन्डै क्रि.वि २. सफल हुनहुन लागेको तर सानो गल्ती वा असावधानीले पूरा नहुने गरी।
32418 झन्ड्याङमुन्डुङ क्रि.वि १. नाना थरी मालमत्ता अव्यवस्थित रूपले झुन्ड्याउने गरी त्यसरी झुन्ड्याउँदा हल्लिएर झन्ट्याडमन्ट्याङ। ना.
32419 झन्ड्याङमुन्डुङ क्रि.वि २. मालमत्ता झिटीमिटी।
32420 झनन्न क्रि.वि लगातारको झन्न।
32421 झन्न क्रि.वि १. वीणा, गितार, बेन्जु आदि बाजाका तारमा कुनै ठोस वस्तुको ठक्कर लागेर ध्वनितरङ्ग निस्कने गरी धातुका भाँडाबर्तन आपसमा टक्कराउँदा आवाज आउने चालले रन्न।
32422 झन्न क्रि.वि २. कुनै अङ्गमा एकाएक चोट लाग्दा वा बिजुलीको करेन्टले छुदा वेदना उब्जने किसिमसँग।
32423 झन्न क्रि.वि ३. रिसाउने वा झन्कने गरी; एकाएक मानसिक उत्तेजना बढ्ने किसिमले
32424 झन्सारो क्रि.वि भन्दाभन्दै पनि उतिमाथि अझ बेसी।
32425 झपक्क क्रि.वि १. एकाएक निद्राले छोप्ने गरी।
32426 झपक्क क्रि.वि २. चारैतिरबाट ढाकिएर वा छोपिएर। ३ रूखभरि धेरै फलफूल प्पिएर फल्ने वा फुल्ने गर्दै।
32427 झपझप क्रि.वि १. बारबार निद्रा लाग्ने गरी, उङ लाग्ने किसिमले।
32428 झपझप क्रि.वि २. एकएक छिनमा बत्ती निभ्ने गरेर झप्पझप्प।
32429 झपझप क्रि.वि ३. बारबार छोप्ने वा ढाक्ने गरी।
32430 झपझपी / झपझपती क्रि.वि अझै झपझप हुने गरी।
32431 झपना ना. १. छोप्ने वस्तु ढकना।
32432 झपना ना. २. फलफूल आदि हाल्ने टोकरी, एक प्रकारको ढकिया।
32433 झपरी ना. एक जातको धान।
32434 झपार्नु स.क्रि. १. कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु, हप्काउनु, छाँस्नु झाँट्नु।
32435 झपार्नु स.क्रि. २. धम्की देखाउनु, धम्काउनु।
32436 झपार ना. झपार्ने वा हपार्ने काम, हप्की, खप्की, झपेटो।
32437 झपाराइ ना. झपार्ने भाव, क्रिया वा प्रक्रिया।
32438 झपारिनु क.क्रि. बेसरी हप्काइनु।
32439 झपिया ना. खर वा मुजबाट बनेको, ढक्कन भएको र लुगाफाटा राख्न मिल्ने ढकिया, सानो सुटकेसजस्तो झुन्ड्याउने साधन।
32440 झपेटो ना. हप्की; खप्की झापट।
32441 झपेत्रो ना. १. क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल।
32442 झपेत्रो ना. २. कपाल छोप्ने कपडा।
32443 झप्कनु/झप्किनु अ.क्रि. १. झप्की लाग्नु, उड्नु।
32444 झप्कनु/झप्किनु अ.क्रि. २. लुगा, गहना आदिले रिट हुनु।
32445 झप्कनु/झप्किनु अ.क्रि. ३. फलहरू लटरम्म हुनु।
32446 झप्की ना. एक छिनको निद्रा, थोरै बेर छोप्ने निद्रा, उङ।
32447 झप्के वि. थोरै बेर निदाउने।
32448 झप्को ना. थोरै बेरको निद झप्की।
32449 झप्प क्रि.वि. १. थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी झपक्क।
32450 झप्प क्रि.वि. २. एकाएक बत्ती निभेर, भवाप्प।