Dictionary

All Word

32501 झम्म क्रि.वि. नशालु पदार्थको प्रभावले शरीर लट्ठिए ; झरिलो - वि. [ईलो] झरझराउँदो, चहकिलो, चमकदार (अनुहार, एकाएक झुमाउने गरी।
32502 झम्मरीझाँट ना. गुन्द्रुक (हेयार्थमा)।
32503 झम्मार ना. नचाहिँदो र झर्कोलाग्दो काम वा व्यवहारमा फस्ने स्थिति झमेला, झन्झट भयाउलो।
32504 झर्नु ना. १. अग्लो ठाउँबाट कुनै चिज तल खस्नु, माथिबाट तलतिर आउनु गिर्नु।
32505 झर्नु ना. २. ओरालो लाग्नु, खस्कनु।
32506 झर्नु ना. ३. जाति वा परम्पराबाट च्युत हुनु, पतित हुनु।
32507 झर ना. पानी बर्सेको वा झरना खसेको शब्द।
32508 झर, ना. चामलको पिठो घिउ वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पदार्थ नमिसाई पकाइने एक किसिमको रोटी, घिउरोटी, घेवर।
32509 झर, ना. १. बर्सिरहेको पानीको अधोगामी प्रवाह।
32510 झर, ना. २. त्यस्तो प्रवाहको कुनै एक एकाइ (एक झर, दुई झर, तीन भर इ.)।
32511 झरक ना. १. अनौठो घटना वा संयोग, काकताली यडठ्याङ, मिलेमतो।
32512 झरक ना. २. अद्भुत दृश्य, कौतुक, रामछायाँ।
32513 झरक ना. ३. केली; रामरमितो।
32514 झरझर ना. १. झरी पर्दा वा पानी बर्संदाको शब्द।
32515 झरझर ना. २. झरनाबाट पानी खस्ता निस्कने आवाज। क्रि.वि.
32516 झरझर ना. ३. त्यस्तो शब्द वा आवाज निस्कने किसिमले।
32517 झरझराइ ना. झरझराउने भाव, क्रिया वा प्रक्रिया।
32518 झरझराइनु अ.क्रि. झरझराउने होइन।
32519 झरझराउँदो वि. १. चहकदार, चमकिलो।
32520 झरझराउँदो वि. २. झरिलो, रापिएर भुङ्ग्रो भएको आगोजस्तो।
32521 झरझराउनु अ.क्रि. १. बिचबिचमा रोकिईरोकिई पानीको दर्को पर्नु।
32522 झरझराउनु अ.क्रि. २. चहकिलो हुनु, चम्कनु।
32523 झरझराहट ना. सफा र कञ्चन हुने भाव, क्रिया वा प्रक्रिया।
32524 झरमिटी ना. यात्रा आदिमा नभइनहुने खाद्य वस्तु र लुगाकपडाका ससाना पोका, झिटीमिटी, मालमत्ता।
32525 झरना ना. अग्लो ठाउँबाट हुत्तिई खसेको पानीको छाँगो, प्राकृतिक वा कृत्रिम छहरो झर्ना।
32526 झरल वि. पैसा, वस्तु आदि खसेको झरेको। (उदा.- तिमीलाई त झरल नै पनि थुप्रै भयो होला )।
32527 झरल परल वि. १. झरेको वा खसेको, बचेखुचेको। ना.
32528 झरल परल वि. २. बचेखुचेको वस्तु, खसेर त्यसै मिल्किएको चिजबिज।
32529 झराइ ना. झर्ने वा झार्ने क्रिया प्रक्रिया।
32530 झराइनु क.क्रि. झर्न वा झार्न लाइनु।
32531 झराउनु प्रे. क्रि झर्न वा झार्न लाउनु झर्ने पार्नु।
32532 झराप ना. पसलका अघिल्तिर खोल्न वा बन्द गर्न हुने गरी राखिएको तखती।
32533 झराली ना. पहिलेको जमानामा प्रत्येक घरधुरीबाट सैन्य सेवामा अनिवार्य जानुपर्ने व्यवस्थाअन्तर्गत गठित सेना।
32534 झरिकझुट्ट क्रि.वि. गहनागुरियाले प्रशस्त सजिने। जिउ आदि)।
32535 झरिनु अ.क्रि झर्ने काम हुनु, गिरिनु, खसिनु।
32536 झरी ना. १. थाम, निदाल आदिका छेउछाउमा थपिने सोको खोल्सो, नागल।
32537 झरी ना. २. त्यस्तो खोल्सो पार्ने सानो रन्डा।
32538 झरी ना. ३. काठका मेच, टेबिल आदि सुकेर जोर्नीमा परेको धाँजो।
32539 झरी ना. १. बर्सिरहेको पानीको प्रवाह, बर्सात, वृष्टि।
32540 झरी ना. २. झरना, छहरो; जलप्रपात।
32541 झरीको भतेर ना. कसरी छिटो सकूँ भनेजस्तो वा साह्रै झोजिलो स्थिति।
32542 झरी च्याउ ना. बर्सातको समयमा जमिनमा उम्रने, सेतो रङको र छत्रीजस्तो, खान हुने च्याउ।
32543 झरी बादल ना. झरी र बादल बर्सात र धुम्मिएको मेघ।
32544 झरुवा वि. १. झरेको, खसेको।
32545 झरुवा वि. २. पहिलोपल्ट चुटेर ारिएको धान आदि)।
32546 झरेली ना. ज्याला दिएर वा नदिई काममा लगाइने मानिस भाराको खेतालो।
32547 झरो ना. १. उज्यालाका लागि बालिने सल्लाको टुक्राटाक्री, दियालो।
32548 झरो ना. २. दाउराको छेस्को। (उदा. घरमा एक झरो दाउरा छैन, केले भात पकाउने हो!)।
32549 झर्कनु अ.क्रि. अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु, च्याँठिन, जर्कनु।
32550 झर्काई ना. झर्कने भाव, क्रिया वा प्रक्रिया।