Dictionary

All Word

32551 झर्काइनु क.क्रि. झर्कन लाइनु।
32552 झर्काउनु प्रे. क्रि. झर्कन लाउनु।
32553 झर्किनु अ.क्रि. १. झर्को मानेर बोलिनु।
32554 झर्किनु अ.क्रि. २. झर्कनु।
32555 झर्को ना. १. किंजिने वा दिक्क लाग्ने स्थिति झमेला, झन्झट।
32556 झर्को ना. २. भिज्याहट; दिक्क, वाक्क।
32557 झर्कोफर्को ना. झर्को मान्ने काम, झर्केर बोल्ने स्वभाव वा स्थिति, ततर्कोफर्को।
32558 झर्झर ना. १. एक किसिमको ढोल बाजा।
32559 झर्झर ना. २. झाँझर।
32560 झर्झर ना. ३. भयाम्टो।
32561 झर्झरी ना. १. झ्याम्टो, भ्याली।
32562 झर्झरी ना. २. शिव।
32563 झर्ना ना. हे. झरना।
32564 झऱ्याम ना. काँच आदि वस्तु फुट्दा निस्कने आवाज।
32565 झऱ्यामकझुरुम क्रि.वि. १. चूर्ण भएर भाँडाकुँडा फुट्ने गरी चकनाचुर। ना.
32566 झऱ्यामकझुरुम क्रि.वि. २. कौच आदि वस्तु फुट्दा निस्कने आवाज।
32567 झऱ्याम्म क्रि.वि. भाँडाकुँडा एकै बाजि माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी।
32568 झर्र ना. १. आकाशबाट पानी खस्दा आउने आवाज, दर्र। क्रि.वि.
32569 झर्र ना. २. त्यस्तो आवाज निस्कने गरी।
32570 झर्र ना. ३. तातेको घिउतेलमा पानी आदि पर्दा आवाज निस्कने गरी; भवार्र।
32571 झर्रा ना. थारू जातिमा प्रचलित एक किसिमको लोकनृत्य।
32572 झर्रो वि. १. धुलो आदि झट्कारेर सफा पारिएको।
32573 झर्रो वि. २. नबिटुलिएको, चोखो, शुद्ध। ३ बाबुआमाको गुण लिएको, बाबुआमासँग काटीकुटी मिल्ने।
32574 झर्रो वि. ४. बाहिरी प्रभाव नपरेको।।।
32575 झर्रो वि. ५. निम्नतम सामाजिक पूर्वाधार पूरा गरी तल्लो जातीय कोटिबाट माथिल्लो कोटिमा प्रवेश गरेको ना.
32576 झर्रो वि. ६. त्यसरी माथिल्लो कोटिमा पुगेको कुनै व्यक्ति।
32577 झर्रोवाद ना. २०१३ सालतिर बनारसमा अध्ययन गर्ने भाषाप्रेमी व्यक्तिहरूले नेपाली भाषाको चोखो प्रयोगका लागि चलाएको, भाषामा सकेसम्म देशज र तद्भव शब्द मात्र प्रयोग गर्नुपर्छ भन्ने मतमा आधारित अभियान।
32578 झर्रोवादी वि. झर्रोवादको अनुयायी, झर्रोवादलाई अगाडि बढाउन प्रयास गर्ने (व्यक्ति)।
32579 झऱ्याइँ ना. झर्रो हुनाको भाव, गुण, अवस्था वा विशेषता, रोपना, विशुद्धता।
32580 झलक ना. १. घाम बत्ती वा बिजुली आदिको चहकिलो रूप, चमक, चहक; आमा।
32581 झलक ना. २. नजानिँदो झल्को धमिलो सम्झना, झझल्को।
32582 झलक ना. ३. सम्झना।
32583 झलकदार वि. झलक वा चमक भएको; झल्कने; चहकदार।
32584 झलक्क क्रि.वि. १. एकै छिन मात्र देखापर्ने गरी; झुलुक्क।
32585 झलक्क क्रि.वि. २. निमेषभर चम्कने वा झल्किने भएर।
32586 झलक्क क्रि.वि. ३. एकै छिन देखेको भरमा सम्झँदै।
32587 झलझल क्रि.वि. १. कुनै वस्तु लगातार झल्कने गरी झलमलाउँदो भएर।
32588 झलझल क्रि.वि. २. बारम्बार सम्झने किसिमले; झलझली।
32589 झलझलाइ ना. झलझलाउने भाव, क्रिया वा प्रक्रिया।
32590 झलझलाइनु क.क्रि. झलझलाउने होइन।
32591 झलझलाउँदो वि. झलझल गर्ने वा हुने, झलमलाउँदो।
32592 झलझलाउनु अ.क्रि चहकमहक देखिने गरी चलमलाउनु झलमलाउनु।
32593 झलझलाहट ना. झलझल हुने भाव, क्रिया वा अवस्था; झलझलाइ।
32594 झलझली / झलझलती क्रि.वि. लगातार झलझल भएर।
32595 झलमल क्रि.वि. १. घाम बत्ती आदिको उज्यालो वा कुनै वस्तुको सौन्दर्य देखिने गरी झलझल ना.
32596 झलमल क्रि.वि. २. रामरमिता, रमाइलो।
32597 झलमल्ल क्रि.वि. चारैतिर झलमल हुने गरी वा सौन्दर्य छरिएर, झलमल।
32598 झल्कनु अ.क्रि. १. सौन्दर्य वा प्रकाशले झल्ल हुनु, चम्कनु टल्कनु।
32599 झल्कनु अ.क्रि. २. मनमा कुनै आकृति, भाव वा सौन्दर्यको झल्का आउनु।
32600 झल्कनु अ.क्रि. ३. सम्झनु, भान पर्नु, उस्तै लाग्नु। झल्कने - वि. टलक भएको, चमकदार।