Dictionary

All Word

32701 झाडाबान्ता / वान्त ना. धेरैपल्ट पातलो दिसा वा पखाला भइरहने रोग; हैजा; छरौटी।
32702 झाडी ना. सानाठुला लहरा र वृक्षले ढाकिएको ठुलो र बाक्लो वन; घना जङ्गल।
32703 झाडु ना. भुईमा जमेका थुपिएका कसिङ्गर, धुलो आदि बढार्ने हाते साधन; कुचो।
32704 झाडुबढारु ना. भुईमा थुप्रिएका कसिङ्गर, धुलो आदि फ्याँक्ने काम झार्ने र बढार्ने काम बढारकुंढार।
32705 झान्नु स.क्रि. घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु, कानन गर्नु।
32706 झानिनु क.क्रि. झान्ने काम गरिन्।
32707 झानझुन ना. अचार, तरकारी आदि मान्ने काम; झाइँझुइँ।
32708 झापझुप क्रि.वि. १. बिजुली, आगो, बत्ती आदि सबैतिर एकैबाजि निभ्ने वा निभाउने गरी २ कुनै वस्तुलाई हतारमा छोप्ने वा ढाक्ने गरेर।
32709 झापझुप क्रि.वि. ३. कुनै काम, मेलो आदि झटपट सिद्ध्याउने किसिमले।
32710 झापट / झापड ना. १. गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; लबटाको हनाइ; चड्कन; चप्पड।
32711 झापट / झापड ना. २. बेसरी हप्काइने काम; झटाइ; खप्की।
32712 झापन ना. १. डोली, उलिन्काठ आदि सवारीसाधनमाथि ओढाइने वा छोपिने मङ्गलमय रातो कपडा; डालो छोप्ने रङ्गीन च्यादर।
32713 झापन ना. २. चारैतिर सिपी भरेको गुँदबाट बनेको ढकिया।
32714 झापा ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको तराई भागमा स्थित एक जिल्ला।
32715 झापाली वि. झापासम्बन्धी; झापामा बस्ने; झापाको निवासी।
32716 झापु ना. १. लबटाले हिर्काउने वा पिट्ने काम, झापट, झापड झप्पू।
32717 झापु ना. २. भित्तो पुयाएर वा मुख थुनिने गरी भन्ने काम।
32718 झापो ना. तुलाबाट तौलिएको वस्तु राख्ने भाँडो खाँची।
32719 झाप्री ना. सानोसानो ढकिया; एक प्रकारको बास्केट।
32720 झाब्ला ना. गलामा इँजारघर हालेर तुना बाँध्ने एक किसिमको कुर्या
32721 झामक ना. भट्टामा ज्यादा राप भएर डढेको इँट, ईंको कीट।
32722 झामझुम क्रि.वि. १. कुनै पनि काम धेरै जना मिलेर छिटो सिध्याउने गरी
32723 झामझुम क्रि.वि. २. थोरै खाद्य वस्तु धेरै जना मिलेर खाइसक्ने हिसाबले।
32724 झामझुम क्रि.वि. ३. झापझुप
32725 झामझुम्म क्रि.वि. १. चारैतिरबाट एक्कासि छोप्ने वा छोपिने गरी।
32726 झामझुम्म क्रि.वि. २. अँध्यारो हुने किसिमले।
32727 झामझुम्म क्रि.वि. ३. एउटै काममा धेरै मान्छे झुम्मिने गरी।
32728 झाम्टा ना. हे. झाम्टो।
32729 झाम्टाझाम्टी ना. सानाठुला झाम्टाहरूको थुप्रो वा समूह।
32730 झाम्टिन अ.क्रि. १. झाम्टो हुनु, झाम्टाभाम्टी बन्नु।
32731 झाम्टिन अ.क्रि. २. गाँजिनु झाँगिनु।
32732 झाम्टो ना. १. रौं, धागो आदिको गुजुल्टो।
32733 झाम्टो ना. २. सप्लाएका सागपात आदिको बोट
32734 झाम्टो ना. ३. चारैतिर हाँगाबिंगा फैलिएको बोटबिरुवा, झाँग, झाङ।
32735 झाम्टो झ्याम्टो; झ्याली।
32736 झार्नु स.क्रि १. अग्लो ठाउँबाट तलतिर पुऱ्याउनु; खसाल्नु; ओराल्नु।
32737 झार्नु स.क्रि २. भूतप्रेत वा बोक्सी आदि हटाउनका लागि मन्त्र पढेर फुकफाक गर्नु; झारफुक गर्नु।
32738 झार ना. १. प्रायः बालीनालीसँगै उम्रेर त्यसको वृद्धिमा नोक्सान पुयाउने घाँस।
32739 झार ना. २. तृण; घाँस।
32740 झारकुर ना. १. कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्या।
32741 झारकुर ना. २. फलफूल, अनाज आदि प्रायः पुरै खसाल्ने वा निकाल्ने काम।
32742 झारकुर ना. ३. कसैसित भएभरको रुपियाँपैसा आदि हात लगाउने काम।
32743 झारपात ना. रूखबाट खसेका पात र भुईंमा उम्रेका झारको समूह; घाँसपात; लहरापात।
32744 झारपोयर ना. १. धुलो, कसिङ्गर आदि झार्नेमिल्काउने काम झारर।
32745 झारपोयर ना. २. भएभरको सिद्ध्याउने काम; पाछपुछ।
32746 झारफुक ना. कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई छुदै फुकेर उपचार गर्ने काम; त्यस्तो अन्धपरम्परागत पद्धति; झराइ र फुकाइ; फाकफुक।
32747 झारफुके वि. झारफुक गर्ने; फाकफुके।
32748 झारबुटी ना. बुटीका निम्ति प्रयोग हुने फार; वैदाङ्ग विधिअनुसार गरिने ओखतीमुलो।
32749 झारमौरो ना. सर्प, बिच्छी आदिले टोकेर शरीरमा फिंजिएको विष खिच्ने वा मार्ने हरियो रङको एक थरी पत्थर।
32750 झारल ना. जरायोका छाँटको एक जातको ठुलो मृग; हरिणविशेष।