Dictionary

All Word

32751 झारा ना. गन्जिफाका खेलमा रङको सबैभन्दा ठुलो अन्तिम चक्की नराखी जित्ने वा खानेजति जम्मै चक्की एकै बाजि लाम लगाई खेलिने दाउविशेष।
32752 झारा ना. १. सरकार, जमिनदार वा बिर्तावालले सरकारी वा सार्वजनिक काममा साधारण जनताबाट लिने पारिश्रमिकविनाको काम वा सहयोग।
32753 झारा ना. २. मन नलगाईनलगाई गरिने काम; करबलको काम।
32754 झाराको खेतालो ना. कामचलाउका रूपमा मात्र आएको मानिस; गालसम्म टार्ने मान्छे।
32755 झारा खेताला ना. ज्यालामजुरीविना वा सो लिएर काम गर्न आउने कामदार।
32756 झारा टार्नु टु. मन नलगाईकन काम गर्नु; करबलले काम गर्नु।
32757 झारातिरा वि. १. काराको काम गर्ने; झाराली।
32758 झारातिरा वि. २. मन नलगाईनलगाई काम गर्ने; अर्काको कर वा बाध्यताले मात्र काम गर्ने।
32759 झारातिराइ ना. मन नपरीनपरी गरिने काम; टारटुर गर्ने खालको कामकुरो।
32760 झारा तिर्नु टु. मन नपरीनपरी काम गर्नु; करबलले काम गर्नु।
32761 झारा फौज ना. पारिश्रमिक वा ज्यालाविना गुहारका लागि जम्मा गरेको फौज।
32762 झाराली ना. झाराको काम गर्नका लागि आएको व्यक्ति; गुहारे खेतालो बेठबेगारी।
32763 झारिनु क. क्रि. झार्ने काम गरिनु; खसालिनु।
32764 झारी ना. ठुलो पेट, सानो घाँटी र फुकेको मुख भएको; पेटबाट टुटी निस्केको लाम्चो खालको जलपात्र।
32765 झारखन्डे ना. १. झारपातको ओखती बनाई खुवाउने र फाकफुक गर्ने मानिस; गाउँघरको साधारण उपचारक।
32766 झारखन्डे ना. २. जोगीका भेषको बिकामे मान्छे।
32767 झारो ना. डन्डीबियाको खेलमा प्रयुक्त हुने चारको गणना वा सङ्ख्या।
32768 झार्लाङ्गे वि. १. कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रगढङ्ग नभएको। ना.
32769 झार्लाङ्गे वि. २. त्यस्तो मानिस।
32770 झाल ना. लहराहरूको झाड; एक अर्कामा जेलिएका लहराको समूह।
32771 झालर ना. प्रायः तराईवासी स्त्रीहरूले गोडामा लगाउने एक प्रकारको गहना।
32772 झालर ना. शोभा वा सौन्दर्यका लागि झुल, पर्दा आदि कपडामा फुर्का निकालेर लगाइने घेरो; झल्लर।
32773 झाले वि. टाटेपाटे; टाटेपाङ्ग्रे; रङ्गीबिरङ्गी।
32774 झालेमाले ना. रातो, सेतो, कालो आदि धेरै रङ भएको; छिरबिरे (गाईबस्तु आदि)।
32775 झास ना. सुकेका झारपातको थुप्रो; झासस।
32776 झासझुस ना. १. झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर। क्रि.वि.
32777 झासझुस ना. २. तत्कालै बल्ने गरी; तुरुन्तै सिद्धिने किसिमले।
32778 झिँगटी ना. इँट जस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सोखोल्सो परेको, छाना छाइने, पातलो साधन।
32779 झिँगटीघर ना. झिँगटीले छाइएको घर।
32780 झिँगटीघरे वि. झिँगटीघरमा बस्ने।
32781 झिँगटो ना. झरेर वा बस्तुले घाँसपात खाएर झरेको सिटोमिटो।
32782 झिँगनी / झिँगानु ना. लाम्चा पात, सेता ससाना फूल र हरिया ससाना फल हुने एक वृक्ष; झिँगानु।
32783 झिँगनी / झिँगानु तोरियाँ ना. घिरौंलाजस्तो तर पाटापाटा परेको तोरियाँ, पाटेतोरियाँ।
32784 झिँगल्टो ना. गहत, भटमास, बदाम आदिको जगल्टा; झिँजो।
32785 झिँगाउरो ना. घिरौलाको जालीजस्तो, लाम्चो गुँड गर बने मका जातको विषालु किरो।
32786 झिँगे वि. १. झिँगा भएको वा बसेको; गन्दा।
32787 झिँगे वि. २. झिँगाजस्तो; झिँगाको। झिँगे दाउ ना. पैसा थापेर खेल खेल्दा जसको पैसामा झिँगा बस्छ वा झिँगाले हुन्छ उसैको जित हुने एक खेल।
32788 झिँगे बारुलो ना. झिँगाजस्तो एक जातको बारुलो।
32789 झिँगे माछो ना. गँगटाका जस्ता दुइटा हात, हाठवटा खुट्टा र पारदर्शी कल्ला हुने, एक जातको सानो माछो।
32790 झिँगो ना. प्रायः फोहोरबाट उब्जने, छ खुट्टा र दुइटा पखेटा भएको एक जातको उड्ने किरो, माखो; मक्षिका। झिँगाको सरापले डिंगा मर्दैन ( उखान )।
32791 झिँजा ना. हे. झिँजो।
32792 झिँजाझिँजी ना. सानाठुला धेरै झिँजाको समूह।
32793 झिँजामिजा ना. मसिना छेस्के दाउरा र पातपतिङ्गर।
32794 झिँजिनु अ.क्रि. झिँजो मान्नु है. किंजिनु पनि।
32795 झिँजो ना. काठको सानोतिनो छेस्को, झक्रो।
32796 झिँजो ना. हे. झिँजो (झर्को, झन्झट)।
32797 झिँजोल्नु ना. हे. झिजोल्नु।
32798 झिँजोलाइ ना. झिजोलाइ।
32799 झिँजोलाइनु क.क्रि झिजोलाइनु।
32800 झिँजोलाउनु प्रे. क्रि. झिजोलाउनु।