Dictionary

All Word

32901 झिलिकमिलिक क्रि.वि. छिनछिनमा चम्कने प्रकारले।
32902 झिलिकमिलिक क्रि.वि. बारबार चम्किरहने गरी छिनछिनमा टल्कने हिसाबले।
32903 झिलिक्क क्रि.वि. १. चम्किला कण वा वस्तु छिनभर देखिएर अपर्झट चमक निस्कने हिसाबले।
32904 झिलिक्क क्रि.वि. २. बिजुली, आगो, बत्ती आदि एकाएक बल्ने गरी।
32905 झिलिक्क क्रि.वि. ३. कुनै व्यक्ति वा वस्तु एक्कासि देखापर्ने चालले।
32906 झिलिङ्गो ना. बलेको आगाको फिलिङ्गो; धप्केको कोइलो।
32907 झिलिमिली क्रि.वि. १. बत्ती वा रङ्गीचङ्गी वस्तुद्वारा झल्कने वा चम्कने हिसाबले, झलमल्ल, झकिझकाउ। ना.
32908 झिलिमिली क्रि.वि. २. बिजुलीको दृश्यावलीले राम्रो बनाइएको उत्सव वा तमासा रमाइलो वातावरण, रामरमिता।
32909 झिलिमिली झिल्ला ना. १. देउसी खेल्दा भट्टयाउनेले भन्ने शब्द।
32910 झिलिमिली झिल्ला ना. २. चारैतिर उज्यालै उज्यालो।
32911 झिलिमिली झ्याईं ना. रमाइलो वातावरण, रामरमिता।
32912 झीलियाँ / झिलैयाँ ना. . झाँझरबाट लेदो पिठो चुहाएर घाममा सुकाई पछि घिउतेलमा फुराउन मिल्ने गरी बनाइएको खाद्य वस्तु झिनियाँ।
32913 झिल्का ना. आगाको सानो कण, सानो अग्निकण।
32914 झिल्के वि. १. झल्को भएको, चमकदार।
32915 झिल्के वि. २. ठाँटिलो गुन्डो स्वभावको।
32916 झिल्के वि. ३. आँखा घुमाएर कुरा गर्ने ना.
32917 झिल्के वि. ४. लोकगीतमा प्रेमिकाले प्रेमीलाई भन्ने एक शब्द।
32918 झिल्केमिल्के वि. झिलिकमिलिक भएको ठाँटिलो र नक्कले।
32919 झिल्को ना. १. ज्यादै दुब्लोपातलो सिखो। ना.
32920 झिल्को ना. २. वाग्मती अञ्चलअन्तर्गत नुवाकोट जिल्लामा पर्ने एक गाउँ।
32921 झिल्टुङ वि. १. ज्यादै दुब्लोपातलो सिखो। ना.
32922 झिल्टुङ वि. २. वाग्मती अञ्चलअन्तर्गत नुवाकोट जिल्लामा पर्ने एक गाउँ।
32923 झील्ल क्रि.वि. छिनभर चम्कने हिसाबले, झल्कने गरी बलेर।
32924 झील्ल झील्ल क्रि.वि. बिचबिचमा रोकिई चम्कने हिसाबले।
32925 झिल्लिका ना. १. झ्याउँकिरी।
32926 झिल्लिका ना. २. झङ्कार।
32927 झिल्लिका ना. ३. प्रकाश चमक, दीप्ति।
32928 झिल्लिका ना. ४. भ्याली, भयाम्टा।
32929 झिल्लिमकर्की ना. तराईको चमारनृत्यमा प्रयोग गरिने धनुका आकारको एक थरी तालबाजा।
32930 झील्ली ना. १. छालामाथि रहेको पातलो तह अत्तरछाला।
32931 झील्ली ना. २. त्यस्तै पातलो कुनै पत्र।
32932 झील्ली ना. ३. सूर्यको किरण तेज।
32933 झील्ली ना. ४. भ्याउँकिरी।
32934 झील्ली ना. ५. झ्याम्टा, भ्याली।
32935 झील्ली ना. ६. गफ हाँक्ने काम, फोसो कुरागराइ (जस्तो- झल्ली उडाउनु)।
32936 झिल्झिँदो वि. गनाउने खालको डकार आउने, झल्स्याइँदो।
32937 झिल्सिनु अ.क्रि गेडागुडी अन्न भुट्दा वा रोटी पकाउँदा भित्र प्रायः काँचै रही बाहिर मात्र डढ्नु, पिल्सिनु।
32938 झील्स्याइँदो वि. १. अलिअलि डढेको पिल्सिएको।
32939 झील्स्याइँदो वि. २. पूरा नपचेको।
32940 झील्स्याइ ना. झिल्सिने वा झिल्स्याउने क्रियाप्रक्रिया।
32941 झील्स्याइनु क.क्रि. झिल्सिने पारिनु; पिल्स्याइन्।
32942 झील्स्याइनु प्रे. क्रि. आँत नपाक्ने गरी बाहिर मात्र डढाएर अनाज भुट्नु वा रोटी पकाउनु, पिल्स्याउनु।
32943 झील्स्याहट ना. झल्सिने भाव, अवस्था वा क्रिया; झल्स्याइ।
32944 झिसमिस ना. बिहानीपख अलिअलि उज्यालो हुन लागेको समय उषाकाल, मिरमिर।
32945 झिसमिसे वि. १. अलिअलि उज्यालो भएको, धमिलो प्रकाश भएको। ना.
32946 झिसमिसे वि. २. अलिअलि उज्यालो भएको समय, मिरमिरे, रिमरिमे।
32947 झिसिलो वि. झिल्लिँदो; झिल्स्याइँदो।
32948 झी ना. घाउखटिरा, घाउ, चोट।
32949 झीना झाँकर वि. झिना झाँकर।
32950 झिनो वि. हे. झिनो।