Dictionary

All Word

33001 झुड्केसो ना. २. बाबियो, डोरी, सन आदिको गुजुल्टो (हेयार्थमा)।
33002 झुत ना. समूह, थुप्रो, जमात।
33003 झुत्तिनु अ.क्रि. १. मकैका घोगा वा अन्नका डाँठ आदि गाँठो पर्नु, कुत्तो पर्नु, झुत्ता लाग्नु।
33004 झुत्तिनु अ.क्रि. २. भेला हुनु जम्म हुनु, झुम्मिनु।
33005 झुत्तिनु अ.क्रि. ३. हाँगाबिंगा लच्कने गरी प्रशस्त फल फल्नु।
33006 झुती ना. १. कसैप्रति आकर्षित भएर वा केही पाउने आशाले बराबर धाउने काम, चाकडीमा बटुलिएको समूह, जमघट, बटुलो।
33007 झुती ना. २. गाँज
33008 झुते वि. १. झुत्रो वा पुरानो भएको। ना.
33009 झुते वि. २. एक जातको धान।
33010 झुत्तो ना. १. समान जातका वस्तुको समूह, थुप्रो, झुप्पो, गुच्छो।
33011 झुत्तो ना. २. पोते, मणि, मुगा आदिका धेरै लुङको समूह वा थुप्रो।
33012 झुत्तो ना. ३. जुत्ता पुछ्ने खालको थोत्रो टालो।
33013 झुत्त्याइ ना. कुत्तिने वा झुत्त्याउने क्रियाप्रक्रिया।
33014 झुत्त्याइनु क.क्रि. कुत्तो लगाइनु।
33015 झुत्त्याउनु प्रे. क्रि. कुत्तो लगाउनु, कुत्तो पार्नु।
33016 झुत्रिनु अ.क्रि. झुत्रो हुनु, थोत्रिनु, फाट्नु। थोत्रो वा फाटेको कपडा, चिथ्रो वस्तु।
33017 झुत्रे आँप ना. गुदीमा झुत्रा हुने एक प्रकारको आँप।
33018 झुत्रेाम्रे वि. झुत्रो लुगा लगाउने, थाङ्ने।
33019 झुत्रोमुत्रो वि. फाटेको र पुरानो, जीर्णशीर्ण (कपडा आदि)।
33020 झुत्र्याइ ना. कुत्रिने क्रिया वा प्रक्रिया।
33021 झुत्र्याइनु क.क्रि झुत्रो पारिनु।
33022 झुत्र्याउनु प्रे. क्रि. झुत्रो पार्नु, फटाउनु, थोत्र्याउनु।
33023 झुन्ड ना. धेरै व्यक्ति वा वस्तुको थुप्रो, जमात, हुल, समूह।
33024 झुन्डिनु अ.क्रि. १. डोरी वा सिक्रीको भरमा भुईं नछुने गरी अडिनु उझन्डोमा बाँधिनु लट्कनु।
33025 झुन्डिनु अ.क्रि. २. झोलिनु लच्कनु।
33026 झुन्डिनु अ.क्रि. ३. गलामा डोरीको पासो लाएर मर्नु।
33027 झुन्डिनु अ.क्रि. ४. आशामा कुरेर बस्नु।
33028 झुन्डिनु अ.क्रि. ५. कुनै काम अपूरो भई बाँकी रहनु कुनै कार्य स्थगित भइरहनु।
33029 झुन्ड्याइ ना. झुन्डिने वा झुन्ड्याउने अवस्था, क्रिया वा प्रक्रिया।
33030 झुन्ड्याइनु क.क्रि लट्काइनु अड्याइनु।
33031 झुन्ड्याउनु प्रे. क्रि १. झुन्डिने पार्नु, लट्काउनु, अड्याउनु।
33032 झुन्ड्याउनु प्रे. क्रि २. गलामा पासो लाएर मार्नु।
33033 झुन्ड्याउनु प्रे. क्रि ३. कसैलाई कुनै आशामा अल्झाएर राख्नु। स.क्रि.
33034 झुन्ड्याउनु प्रे. क्रि ४. आसै आसमा धेरै समय कुराएर राख्नु, अबेर गर्नु, विलम्ब गर्नु।
33035 झुपडी ना. खर, स्याउला, छ्वाली आदिले छाइएको सानो कच्ची घर, सानो झुप्रो छाप्रो।
33036 झुपुक्क क्रि.वि. १. कागत, कपडा आदिले छोप्ने वा ढाक्ने गरी।
33037 झुपुक्क क्रि.वि. २. एकाएक निदाउने चालले।
33038 झुपुल्ले वि. कपाल, दाह्री नखौरेको र प्रायः चिथ्रा लुगा लगाएको, पुल्लो भएको।
33039 झुपुल्लो वि. १. लामालामा रौंले भरिएको, दाह्री, कपालको राम्रो सम्भार नगर्ने। ना.
33040 झुपुल्लो वि. २. त्यस्तो मानिस।
33041 झुप्प क्रि.वि. धेरै वस्तु वा व्यक्ति एकै ठाउँमा झुम्मिने गरी गुचुमुच्च।
33042 झुप्पा ना. हे. झुप्पो।
33043 झुप्पाझुप्पी ना. सानाठुला झुप्पाहरूको समूह।
33044 झुप्पिनु अ.क्रि. १. फलफूल आदि झुप्पाझुप्पा भएर फल्नु, लटरम्म हुनु, लदाबदी फल्नु।
33045 झुप्पिनु अ.क्रि. २. मानिस वा पशुहरू एकै ठाउँमा थुप्रिनु, चारैतिरबाट झुम्मिनु वा जम्मा हुनु।
33046 झुप्पु ना. चौरीको खच्चड।
33047 झुप्पे वि. झुप्पा भएको, झुप्पा हुने।
33048 झुप्पो ना. फूल, मञ्जरी आदिको गुच्छो, लटरम्म फलेको फलको झुत्तो।
33049 झुप्प्याइ ना. झुप्पो लाग्ने वा झुप्पिने क्रियाप्रक्रिया।
33050 झुप्प्याइनु क.क्रि झुप्पाझुप्पा पारिनु।