Dictionary

All Word

32851 झिनो वि. १. अपेक्षाकृत कम मोटाइ भएको; मसिनो; क्षीण।
32852 झिनो वि. २. दुब्लो; पातलो।
32853 झिन्निनु अ.क्रि. क्रमशः दुब्लोपातलो हुँदै जानु; दुब्लाउनु।
32854 झिम ना. १. परेला झिम्क्याउन्जेलको अल्प समय; निमेष; क्षण। क्रि.वि.
32855 झिम ना. २. परेला झिमिक्क पारेर; आँखा झिम्क्याउँदैमा।
32856 झिमझिम क्रि.वि. बारम्बार परेला झिम्क्याइरहने गरी; चिमचिम।
32857 झिमझिमे वि. १. चिमचिम गरिरहने ( आँखा, परेला / परेली)।
32858 झिमझिमे वि. २. झिमझिम गरेर बर्सिरहने; सिमसिमे (पानी)।
32859 झिमिक्क क्रि.वि. १. आँखा चिम्लने गरी; परेला जोडेर निदाउने हिसाबले।
32860 झिमिक्क क्रि.वि. २. झुक्याउने गरी; थाहै नदिएर।
32861 झिम्के वि. १. सधैँ परेला झिम्क्याइरहने; झिमझिम गर्ने।
32862 झिम्के वि. २. आँखा सन्काएर इसारा गर्ने।
32863 झिम्को ना. आँखा झिम्म पार्ने काम; परेला झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।
32864 झिम्क्याइ ना. झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।
32865 झिम्क्याइनु क.क्रि. पलक मारिनु; इसारा गरिनु।
32866 झिम्क्याउनु स.क्रि. १. आँखा झिमझिम पार्नु; झिम्को लाउनु।
32867 झिम्क्याउनु स.क्रि. २. आँखाले इसारा गर्नु; फकाउनु।
32868 झिम्म क्रि.वि. परेला जोड्ने गरी; आँखा बन्द गरेर।
32869 झिम्मझिम्म क्रि.वि. फेरिफेरि झिम्म हुने गरी; झिमझिम; चिमचिम।
32870 झिम्रिनु अ.क्रि. १. रजस्वला हुनु; पर सर्नु; नछुने हुनु; पाखा लाग्नु।
32871 झिम्रिनु अ.क्रि. २. झ्याउरिनु; चाउरिनु।
32872 झिम्रिक्क क्रि.वि १. झुम्रिने वा ओइलाउने गरी; लोसे चालले।
32873 झिम्रिक्क क्रि.वि २. स्वात्तै; ख्वात्तै।
32874 झिम्रे वि. १. रजस्वला भएकी; नछुने भएकी; पर सरेकी। ना.
32875 झिम्रे वि. २. रजस्वला नारी।
32876 झिम्रेनी वि. पेट बोकेकी; गर्भिणी।
32877 झिम्सिङ्ङ क्रि.वि. अकस्मात् देखापर्ने गरी; जुमलुइङ।
32878 झिर ना. १. हुक्काको सुमेरुमा कस जम्ने भाग खोल्ने, बटारिएको, पातलो र लामो फलामे सुइरो; फलामको सानो डन्डी।
32879 झिर ना. २. काँचो मासु उनेर आगामा तताउने वा घाममा सुकाउने सुइरो।
32880 झिरकाठ ना. सलाई बनाउने काठ; सलाई।
32881 झिरको मासु ना. १. साह्रै सन्ताप; चर्को पिर।
32882 झिरको मासु ना. २. व्यर्थको झन्झट।
32883 झिरचिम्टा ना. १. फलामे चिम्टा।
32884 झिरचिम्टा ना. २. जो भएको सबै; सिरीखुरी।
32885 झिरलो ना. एकाएक आइपर्ने झोज; झिजो; पिरलो।
32886 झिरिक्क क्रि.वि. झुरिएका, सुकेका झिँजा वा धँसेटा आदि भाँचिने गरी; एक्कासि।
32887 झिरिप क्रि.वि. १. एकै चोटि छोप्ने गरी।
32888 झिरिप क्रि.वि. २. सिद्ध्याउने हिसाबले; चट्।
32889 झिरिप्प क्रि.वि. काम फत्ते हुने गरी; स्वाट्ट।
32890 झिरे वि. झिरजस्तो; झिरका छाँटको।
32891 झिरे लहरो ना. लहरा हुने आयुर्वेदका अनुसार पित्तशमन गर्ने एक लहरो।
32892 झिर्को ना. उज्यालाको ससानो झल्को; छिनछिनको चमक।
32893 झिर्नु / झिर्नो वि. १. थोत्रो वा पुरानो फाटेको, जीर्ण।
32894 झिर्नु / झिर्नो वि. २. चिन्ताले गलेको, दुब्लो, सिट्ठी।
32895 झिल ना. पानी जम्ने प्राकृतिक ठुलो पोखरी; ताल; दह।
32896 झिलङ्गो ना. खिउनी वा यस्तै रोटी पार्ने फलामे साँचो।
32897 झिलमिल क्रि.वि. कुनै वस्तु झल्कने वा ससाना कण चम्कँदा आँखा तिरमिराउने गरी झिलिकमिलिक।
32898 झिलमिल क्रि.वि. १. आँखा तिरमिराउने हिसाबले छिनछिनमा चम्कने गरी ना.
32899 झिलमिल क्रि.वि. २. रङ्गिन प्रकाशको आरोहअवरोह, आँखा तिरमिराउने तेजिलो झल्को।
32900 झिलिक ना. एकाएक चम्कने किसिम, सहसा चम्किने चाल।