Dictionary

All Word

32351 झट्याककुटुक क्रि.वि. १. एकै छिनमा; छिटै सकिने गरी; तुरुन्तातुरुन्ती।
32352 झट्याककुटुक क्रि.वि. २. एकैदम चुँडिने वा चुँडालिने गरी।
32353 झट्याक्क क्रि.वि. एकैदम चुँडिने वा चुँडालिने गरी; एक्कासि झट्को पर्ने गरेर।
32354 झडङ्ग क्रि.वि. एक्कासि जङ्गिने गरी चाँडै रिसाएर; छिटो झोकिंकदै।
32355 झडङ्गी / झडङ्ग्याहा वि. छिटै रिसाउने स्वभावको; झडङ्ग रिसाउने बानी भएको; डङ्ग गर्ने।
32356 झडङ्ड क्रि.वि. झडङ्ग।
32357 झडङ्डी / डड्ड्याहा वि. डङ्ग्याहा।
32358 झडप ना. १. दुई समूहका बिचमा हुने झगडा वा भिडन्त।
32359 झडप ना. २. परस्परको झगडा।
32360 झड्कनु अ.क्रि. हे. झट्कनु।
32361 झड्काइ ना. झड्कने क्रिया वा प्रक्रिया।
32362 झकिनु अ.क्रि. १. झड्कनु।
32363 झकिनु अ.क्रि. २. झड्को पारिनु।
32364 झड्कार ना. हे. झट्कार।
32365 झड्का स.क्रि. हे. झट्कार्नु।
32366 झड्काराइ ना. हे. झट्काराइ।
32367 झड्कारिनु क.क्रि. झट्कारिनु।
32368 झड्केली ना. हे. झट्केली।
32369 झड्केलो ना. हे. झट्केली।
32370 झड्को ना. हे. झट्को।
32371 झताउरे वि. १. झताउरो लुगा लाउने।
32372 झताउरे वि. २. हिम्मत नभएको; हुतीहारा; झताउरो।
32373 झताउरो ना. १. थाङ्ना लुगा; चित्रा कपडा प्रयोग गरी झुत्रो भइसकेको लायक कपडा। वि. फाल्न
32374 झताउरो ना. २. आँट नभएको, हुतीहारा।
32375 झतौरे वि. हे. झताउरे।
32376 झतौरो ना. हे. झताउरो।
32377 झत्तो वि. १. नष्ट भएको; ध्वस्त भएको।
32378 झत्तो वि. २. फाटेको।
32379 झन् क्रि.वि. अरू बढ्ता; अरू पनि; अधिकतर; फेरि बेसी।
32380 झनक्क क्रि.वि. १. सामान्य कुरामा पनि तुरुन्तै कोकिने गरी; एकाएक रन्किएर; झनक्क; रनक्क।
32381 झनक्क क्रि.वि. २. भ्याली; मजुरा आदिबाट एक्कासि आवाज निस्किए।
32382 झनझन क्रि.वि. १. सुनचाँदीका गहना वा धातुका भाँडाबर्तन ठक्कर खाँदा आवाज निस्कने गरी।
32383 झनझन क्रि.वि. २. बिजुलीको करेन्टले समात्दा वा शरीरको कुनै भागमा ठक्कर लाग्दा एकतमाससँग चस्कने गरी।
32384 झनझनाइ ना. झनझनाउने भाव, क्रिया वा प्रक्रिया।
32385 झनझनाइनु अ.क्रि. झनझन आवाज निस्किनु।
32386 झनझनाउनु अ.क्रि. १. सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु।
32387 झनझनाउनु अ.क्रि. २. ठक्कर लाग्दा वा रोगले शरीरको कुनै अवयव झमझमाउनु।
32388 झनझनाहट ना. झनझनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया, झनझनाइ।
32389 झनाइ ना. झान्ने भाव, क्रिया वा प्रक्रिया।
32390 झनाइनु झनाइ नु झान्न लाइनु।
32391 झनाउनु प्रे. क्रि. कान्न लाउनु।
32392 झन्अस्ति क्रि.वि. तीन दिनअघि अस्तिभन्दा अगिल्लो दिन।
32393 झन्कनु अ.क्रि. १. कुरा नबुझेर आवेशमा आई रन्कनु भन्कन रिसाउनु।
32394 झन्कनु अ.क्रि. २. वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु।
32395 झन्काइ ना. झन्कने तथा झन्काउने भाव, क्रिया वा प्रक्रिया।
32396 झन्काइनु क.क्रि. झनक्क रिस उठाइनु।
32397 झन्काउनु प्रे. क्रि. झनक्क रिस उठाउनु झन्कने पारिनु।
32398 झन्काझन्की ना. पालैसित जङ्गिने काम, दुई वा दुईभन्दा बढी व्यक्तिमा जगिने वा भनाभन हुने व्यवहार रकारकी।
32399 झन्कार्नु स.क्रि. १. वीणा, तानपुरा, बेन्जु आदि तारका बाजाबाट आवाज निकाल्नु, झङ्कारको आवाज वा हुने शब्द निकाल्नु।
32400 झन्कार्नु स.क्रि. २. पाउजेब, घुंगरा आदिबाट सुमधुर आवाज निकाल्नु।