Dictionary

All Word

32301 झङ्कृति ना. झङ्कार; गुञ्जन।
32302 झझल्को ना. १. कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; भ्रम।
32303 झझल्को ना. २. अन्य पुरुष वा वस्तुबारे हुने हल्का सम्झना; झल्को।
32304 झञ्झन ना. १. सुनचाँदी आदिका गहना आपसमा ठक्कर खाएर बज्ने स्थिति; झङ्कार।
32305 झञ्झन ना. २. धातुका भाँडाबर्तनहरूमा ठक्कर लाग्दा निस्कने आवाज।
32306 झञ्झा ना. रुखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी।
32307 झन्झानिल / झन्झावत ना. पानीको साथसाथै चारैतिर हुर्रिएको बतास।
32308 झट क्रि.वि तुरुन्त; झट्ट; अह्राउनासाथ; तत्काल। (उदा.- झट गएर फट काम सकिहाल्नुपर्छ)।
32309 झटक ना. १. कुनै बेला भनिएको कुरा पछि प्रसङ्ग चल्दा चल्दा आउने अस्पष्ट सम्झना।
32310 झटक ना. २. अस्पष्ट र क्षीण ध्वनि।
32311 झटक ना. ३. झड्को; झोक्का।
32312 झटनी ना. १. धान पाकेपछि एक पटकमा झाँटिने धानका बोटको मुठो।
32313 झटनी ना. २. धान झाँट्ने काम।
32314 झटपट क्रि.वि. छिटछिटो; तुरुन्तातुरुन्ती; चाँडै; तुरुन्त।
32315 झटपटी क्रि.वि तुरुन्तातुरुन्ती; हतपती; झटपट।
32316 झटाझट क्रि.वि कत्ति पनि अबेर नगरी; छिटोछिटो।
32317 झटाझिटी क्रि.वि छिटो छिटो गरेर; चटाचटी।
32318 झटारो ना. १. आँप, सुन्तला आदि फल झार्नका लागि वा अन्य कुनै प्रयोजनका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी।
32319 झटारो ना. २. मन नपरीनपरी दिएको निम्तोपत्र वा सम्झौटो।
32320 झटारो ना. ३. छेडपेच; घोचाइ; व्यङ्ग्य।
32321 झटारो हान्नु टु. माने पनि नमाने पनि वा चित्त बुझे पनि नबुझे पनि एकपल्ट भनिसम्म दिनु। (उदा.- राम्रोसँग सम्झाएर भन्नुपर्थ्यो, झटारो हानेर मात्र के हुन्थ्यो !)।
32322 झटिङर/झटिङ्गर ना. १. गुदद्वारका रौँ। वि.
32323 झटिङर/झटिङ्गर ना. २. तुच्छ; नीच।
32324 झटौरो ना. १. धान झाँट्दा वा चुट्दा भटनी बाँध्ने डोरी।
32325 झटौरो ना. २. सानो किसिमको झटारो।
32326 झट्कनु अ.क्रि. १. धान, मकै, तोरी आदि अन्न चुट्दा झट्का पर्नु।
32327 झट्कनु अ.क्रि. २. झट्को पर्नु; झट्कारिनु।
32328 झट्काइ ना. झट्कने क्रिया वा प्रक्रिया।
32329 झट्काइनु क.क्रि. झट्कने पारिन्।
32330 झट्काउनु प्रे. क्रि झट्कने पार्नु; झट्किन लाउनु।
32331 झट्कार्नु स.क्रि १. धान, तोरी आदि अन्न झॉंटिसकेपछि खलामाथि टकटक्याउनु; चुट्नु; झाँट्नु।
32332 झट्कार्नु स.क्रि २. झट्को पार्नु; फट्कार्नु।
32333 झट्कार ना. लुगा वा अन्न आदि टकटक्याउने काम झट्को, टकटक्याइ, फट्कार, झट्काइ।
32334 झट्काराइ ना. झट्कार्ने भाव, क्रिया वा प्रक्रिया।
32335 झट्कारिनु क.क्रि झट्को पारिनु; झाँटिनु।
32336 झट्किनु अ.क्रि. १. झट्कनु।
32337 झट्किनु अ.क्रि. २. झट्को पारिनु झट्कारिनु।
32338 झट्केली ना. १. पोइला गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी झड्केली।
32339 झट्केली ना. २. सौताकी छोरी सौतेली; छोरी।
32340 झट्केलो ना. १. ल्याइते स्वास्नीले अघिल्लो पतिबाट जन्माएर प्रायः सँगै लिई आएको सन्तान; झड्केलो।
32341 झट्केलो ना. २. सौतेनी सन्तान; सौतेनी छोरो।
32342 झट्को ना. १. झट्कार्ने वा झाँट्ने काम; झट्कार झको।
32343 झट्को ना. २. अनायास पार्ने जोड।
32344 झट्क्याइ/ झट्क्याहट ना. झकिने भाव, क्रिया वा अवस्था।
32345 झट्ट क्रि.वि. छिटो; तुरुन्त; शीघ्र; चाँडै।
32346 झट्टपट्ट क्रि.वि. जतिसक्यो चाँडै; उतिखेरै; तुरुन्त; बेर नगरीकन; तत्काल।
32347 झट्टी ना. टाढाबाट वेगले हानिएको लट्ठी; झटारो।
32348 झट्टै क्रि.वि. झट्ट नै; तुरुन्तै।
32349 झट्याक क्रि.वि. १. भन्नासाथ; तुरुन्तै; बेर नलगाईकन।
32350 झट्याक क्रि.वि. २. डोरी आदि चुँडिएको आवाज आउने गरी।