Dictionary

All Word

31401 जीविका ना. २. पेसा; व्यवसाय।
31402 जीविकोपार्जन ना. जीवननिर्वाहका लागि गरिने आर्जन; जीवनयापनको साधन जुटाउन गरिने काम।
31403 जीवित वि. जीवन भएको; बाँचेको; जिउँदो।
31404 जीवितता ना. जीवित हुनाको भाव वा अवस्था; जीवन्तता।
31405 जीवी प्रत्य. प्राणधारण गर्ने; बाँच्ने (शब्दान्तमा मात्र प्रयुक्त, जस्तै- दीर्घजीवी, बुद्धिजीवी, चिरञ्जीवी इ.)।
31406 जीहजुर वि.बो. हे. हजुर।
31407 जुँगा ना. १. लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौँको गुजुल्टे लहर; जुँघा; जुङा।
31408 जुँगा ना. २. धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु।
31409 जुँगा ना. ३. केही भाले अथवा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ।
31410 जुँगामुठे वि. १. राम्रैसित जुँगा उम्रिसकेको; वयस्क भइसकेको; उमेरदार।
31411 जुँगामुठे वि. २. आफ्नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द।
31412 जुँगे वि. १. लामा र धेरै जुँगा भएको (पुरुष)।
31413 जुँगे वि. २. जुँगादार।
31414 जुँगे वि. ३. जुँघे; जुङे।
31415 जुँगेधान ना. एक प्रकारको धान; मार्सी; बुढी मार्सी।
31416 जुँगेमार्सी ना. जुँगे धान।
31417 जुँघा ना. हे. जुँगा।
31418 जुँघामुठे वि. जुँगामुठे।
31419 जुँघे वि. हे. जुँगे।
31420 जुँङा ना. हे. जुँगा।
31421 जुँङामुठे वि. जुँगामुठे।
31422 जुँङे वि. हे. जुँगे।
31423 जुइनिनु अ.क्रि. एक पयोको मात्र लुँडी बाटिने काम हुनु; जुइनुमा परिणत हुनु।
31424 जुइनु ना. भारी बाँध्नका लागि पराल,धुस्नु,खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी।
31425 जुइन्याइ ना. जुइनिने वा जुइनु बटार्ने क्रियाप्रक्रिया।
31426 जुइन्याइनु क.क्रि. जुइनु बाटिनु।
31427 जुइन्याइलो वि. बाटेर वा बाटिएर जुइनो होलाजस्तो; जुइनुजस्तो।
31428 जुइन्याउनु स.क्रि. / प्रे. क्रि. जुइनु बाट्नु; जुइनु पार्नु; जुइनुका रूपमा बटार्नु।
31429 जुका /जुको ना. १. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको।
31430 जुका /जुको ना. २. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन किरो।
31431 जुके वि. जुकासम्बन्धी; जुका भएको; जुकाजस्तो।
31432 जुक्तनु अ.क्रि. रुपियाँपैसा, मालसामान आदि चाहिने वस्तु जम्मा हुनु; रुपियाँपैसा, मालसामान आदिको व्यवस्था हुनु; जोगाड हुनु; जुट्नु।
31433 जुक्ताइ ना. जुक्तने भाव, क्रिया वा प्रक्रिया।
31434 जुक्ताइनु क.क्रि. जुक्ताइ पूर्ण गरिनु; जुटाइनु।
31435 जुक्ताउनु स.क्रि./ प्रे.क्रि. आवश्यक सरसामानको जोरजाम गर्नु; जम्मा पार्नु; जुटाउनु।
31436 जुक्ति ना. १. कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति।
31437 जुक्ति ना. २. किल्ली; रहस्य; कडी।
31438 जुक्तिनु अ.क्रि. कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नु; चाहिने सबै कुरा उपलब्ध हुनु; जुक्तनु।
31439 जुक्त्याइ ना. जुक्तिने वा जुक्ताउने क्रियाप्रक्रिया।
31440 जुक्त्याइनु क.क्रि. जुक्ताइनु; जुटाइनु।
31441 जुक्त्याउनु प्रे. क्रि. जम्मा पार्नु; जुक्ताउनु; जुटाउनु।
31442 जुग ना. १. पुराणमा वर्णित सत्य, त्रेता, द्वापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक।
31443 जुग ना. २. विशेष परिस्थितिका साथ गुज्रेको समय; जमाना; काल।
31444 जुग ना. ३. धेरै वर्षको समय; लामो समय।
31445 जुग ना. ४. दुई वस्तुको समुदाय।
31446 जुग ना. ५. पासाका खेलमा दुई पासामा उही सङ्ख्या पर्न आएमा हुने विशेष दाउ।
31447 जुग ना. ६. सोही खेलमा एउटै घरमा बसेका दुई गोटी।
31448 जुग ना. ७. जोडी (दिव्य.)।
31449 जुगजुग ना. १. ज्यादै लामो समय; दीर्घ काल; एक युगपछिको अर्को युग। क्रि.वि.
31450 जुगजुग ना. २. धेरै लामो समयसम्म; युगौँसम्म।