Dictionary

All Word

31151 जियाइनु क.क्रि. जीवित गराइनु; बचाइनु।
31152 जियाउनु स.क्रि. / प्रे. क्रि. १. मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाद्वारा बचाउनु; बौराउनु; बिउँताउनु।
31153 जियाउनु स.क्रि. / प्रे. क्रि. २. जिउने पार्नु; बचाउनु।
31154 जियालो वि. १. जिउँदो; सजग।
31155 जियालो वि. २. कुनै कामकुरामा धेरै टिक्ने; जर्रो।
31156 जियालो वि. ३. धेरै बाँच्ने।
31157 जिरह ना. १. कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोऱ्याईतेहऱ्याई सोध्ने काम; कारकेर।
31158 जिरह ना. २. कुनै मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन; जिक्री; जिकिर।
31159 जिरहरा ना. थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म झुन्डिने गरी लगाउने एक प्रकारको गहना।
31160 जिरहसबाल ना. १. फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न।
31161 जिरहसबाल ना. २. कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न।
31162 जिरा / जिरो ना. स्वादिष्ट बनाउनाका निम्ति तिहुन-तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झैँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला; जिरो।
31163 जिरा/जिरो मरिच ना. १. जिरा र मरिच।
31164 जिरा/जिरो मरिच ना. २. मसला; नुन-जिरो।
31165 जिरा/जिरो सरी ना. जिराका जस्तै मसिना गेडा हुने एक जातको धान।
31166 जिराफ ना. पछिल्तिरका खुट्टा छोटा हुने, अगिल्तिर खुट्टा र गर्दन उँटको जस्तो हुने र पुच्छर गाईको जस्तो हुने, शरीरमा टाटापाङ्ग्रा भएको एक जातको अफ्रिकाली जङ्गली चौपाया।
31167 जिरायत ना. १. जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन।
31168 जिरायत ना. २. कृषि; खेती।
31169 जिराहा वि. १. जति भने पनि नलाग्ने; भनेको पटक्कै नमान्ने; जर्रो; जर्कटो; अटेर।
31170 जिराहा वि. २. कचकचे; गनगने; झगडे।
31171 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. १. कुनै भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा भए झैँ ।
31172 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. २. उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा ठाडा भएर। वि.
31173 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. ३. भयभीत।
31174 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. ४. भुत्ला वा जगल्टा ठाडो भएको; जिङ्ग्रिङ्ग।
31175 जिरिङ्गिनु / जिरिङ्ङिनु अ.क्रि. जिरिङ्ग पर्नु; जिरिङ्ङ हुनु।
31176 जिरी ना. १. नकसिएका, खुला पहेँला रङका पात हुने, प्रायः सेपिलो जमिनमा उम्रने, खाँदा तोरीको साग जस्तै हुने एक किसिमको साग। वि.
31177 जिरी ना. २. दुब्ली; पातली।
31178 जिरी ना. जनकपुर अञ्चलको एक पहाडी भेग।
31179 जिरीखिम्टे वि. पुड्को वा नबढेको; ग्याँचे र दुब्लो।
31180 जिरीखिम्ती ना. १. जिरी र नजिकैको खिम्ती नामक ठाउँ। वि.
31181 जिरीखिम्ती ना. २. जिरीखिम्टे।
31182 जिरीखिम्ती ना. ३. तेह्रथुम जिल्लाको एक प्रसिद्ध ठाउँ।
31183 जिरीखिम्ते वि. १. जिरी र खिम्तीको। ना.
31184 जिरीखिम्ते वि. २. जिरेल।
31185 जिरीखिम्ते वि. ३. जिरे मान्छे।
31186 जिरे वि. नबढेको; ग्याँचे; पुड्के (नर वा नारी)।
31187 जिरे खुर्सानी/खोर्सानी ना. १. सानो खालको तिक्खर पिरो खोर्सानी।
31188 जिरे खुर्सानी/खोर्सानी ना. २. सानो भए पनि तिखो टड्कालो व्यक्ति। वि.
31189 जिरे खुर्सानी/खोर्सानी ना. ३. टाठोबाठो; छोटोछरितो।
31190 जिरे झार ना. जिराका झैँ दाना फल्ने एक प्रकारको झार; ज्वाने।
31191 जिरेल ना. १. नेपालको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा। वि.
31192 जिरेल ना. २. जिरीको; जिरीसम्बन्धी।
31193 जिरो ना. शून्य।
31194 जिल क्रि.वि. छक्क; आश्चर्यचकित भएर; जिल्ल।
31195 जिलाइ ना. जिलाउने किसिम वा कार्य।
31196 जिलाइकेलाइ ना. १. मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम; केलाइकुलाइ।
31197 जिलाइकेलाइ ना. २. चोर आदिद्वारा भएभरको श्रीसम्पत्ति सिरीखुरी पार्ने काम।
31198 जिलाइकेलाइ ना. ३. खनिएको वा जोतिएको जग्गाका झारपात साफ गर्ने काम।
31199 जिलाइनु क.क्रि. जिलाउने काम गरिनु।
31200 जिलाइलो वि. जिलाउन योग्य।