Dictionary

All Word

31051 जिद्दी ना. १. आफूले भने चाहेजस्तो गराउन गरिने दुराग्रह; हठ; ढिपी। वि.
31052 जिद्दी ना. २. हठी; ढिपीवाल।
31053 जिद्दीवाल वि. आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने; दुराग्रही; हठी; ढिपीवाल; जिद्दी।
31054 जिन ना. १. बुद्ध।
31055 जिन ना. २. जैन धर्मका तीर्थङ्कर।
31056 जिन ना. ३. परमात्मा; विष्णु।
31057 जिन ना. इस्लाम विश्वासअनुसार साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवक झैँ भई उपकार गर्ने अपार्थिव आत्मा।
31058 जिन वि. १. मोटो र बलियो एक प्रकारको सुती कपडा।
31059 जिन वि. २. सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन।
31060 जिनकाठी ना. घोडाको पिठिउँमा ओछ्याइने जिन र त्यसमाथि राखिने काठी।
31061 जिनपोस ना. घोडाको काठीमुनि बिछ्याइने बाक्लो ऊनी कपडा।
31062 जिनतिन क्रि.वि. १. जेनतेन; जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने। वि.
31063 जिनतिन क्रि.वि. २. साधारण; मामुली; जस्तोतस्तो। (उदा.- जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन)।
31064 जिनिस ना. मालताल; मालसामान; नगददेखि बाहेक अरू सरसामान; जिन्सी।
31065 जिन्डाजिन्डी ना. १. नबढेका ससाना केटाकेटी; नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी।
31066 जिन्डाजिन्डी ना. २. लालाबाला; भन्ट्याङभुन्टुङ; केटाकेटी; चिन्डाचिन्डी।
31067 जिन्डो वि. १. नबढेको; नसप्रेको; ग्याँचे। ना.
31068 जिन्डो वि. २. बालककालको केटो; सानो बालक।
31069 जिन्दगानी ना. जिन्दगी; जीवन।
31070 जिन्दगी ना. १. जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी।
31071 जिन्दगी ना. २. जन्मेर नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली; बचाइ; प्राणयापन।
31072 जिन्दगी ना. ३. प्राणीको प्राण रहेसम्मको शरीर; चोला।
31073 जिन्दाबाद वि.बो. १. बाँचिरहोस् वा बाँचिरहून्, अमर रहोस् वा अमर रहून्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारून् भन्ने आशयको नारा।
31074 जिन्दाबाद वि.बो. २. कुनै व्यक्ति, संस्था वा प्रथा आदि धेरै कालसम्म बाँचोस् वा टिकोस् भनी नारा लगाउँदा प्रयोग गरिने शब्द; जय; जयजय।
31075 जिन्सी ना. १. नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस। वि.
31076 जिन्सी ना. २. जिनिससँग सम्बन्धित; जिनिसका रूपमा भएको ( धनमाल आदि )।
31077 जिन्सी किताब ना. जिन्सी मालसामानको नाम र आम्दानीखर्च लेखिने खाता वा बही।
31078 जिन्सी खाता ना. जिन्सी किताब।
31079 जिन्सी खाना ना. नगदबाहेक अरू जिन्सी राख्ने घर; जिन्सी मालसामान राख्ने घर वा गोदाम।
31080 जिन्सी बही ना. जिन्सी खाता; जिन्सी किताब।
31081 जिन्सी लगानी ना. साँवाब्याजका रूपमा जिन्सी वस्तु नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन।
31082 जिप ना. बसभन्दा सानो, सामान्य कारट्याक्सीभन्दा ठुलो, खुला वा मोटो कपडाको छानु लगाइएको, खराब बाटोमा पनि जान सक्ने, विशेष शक्ति भएको, मान्छे र मालसामान ल्याउनसमेत प्रयोग गरिने, हलुका र बलियो किसिमको मोटर।
31083 जिप्टनु अ.क्रि कसैबाट ठगिनु; जिप्टो हुनु; जिप्टिनु।
31084 जिप्टाइ ना. जिप्टने क्रिया वा प्रक्रिया।
31085 जिप्टाइनु क.क्रि. जिप्टाइमा पारिनु।
31086 जिप्टाउनु प्रे. क्रि. जिप्टन लाउनु; जिप्टने पार्नु।
31087 जिप्टिनु अ.क्रि. जिप्टनु; जिप्टने होइनु।
31088 जिप्टो वि. १. ठगिएको; छकिएको; झुक्किएको; शोषित।
31089 जिप्टो वि. २. असफल भएको; विफल भएको।
31090 जिप्टो वि. ३. किचिएको; मिचिएको; थिचिएको।
31091 जिप्ट्याइ ना. जिप्टिने क्रिया वा किसिम।
31092 जिप्ट्याइनु क.क्रि. जिप्टिने पारिनु।
31093 जिप्ट्याइलो वि. जिप्टिने खालको।
31094 जिप्ट्याउनु प्रे. क्रि. जिप्टिने पार्नु; ठगिनु।
31095 जिप्ट्याहट ना. जिप्ट्याइ।
31096 जिबा ना. तेल हाल्ने तामाको भाँडो।
31097 जिबा ना. पिता वा माताका पिता; हजुरबा; जिबा।
31098 जिबा ना. तानपुरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ वा हस्तीहाड वा घोडीको आङ; जुहारी।
31099 जिबुल्लिनु अ.क्रि. जिबुल्लो वा स्वादे हुनु; मिठो मिठो खाने इच्छा जाग्नु।
31100 जिबुल्ले वि. मिठो मिठो खान खोज्ने; जिबुल्के; पिरो, अमिलो आदि तिक्खर स्वाद भएका खानेकुरा रुचाउने; स्वादे जिब्रो भएको; स्वादका निम्ति मरिमेटुवा; स्वादे।