Dictionary

All Word

30951 जिउ ना. ४. आदर; सम्मान। वि.बो.
30952 जिउ ना. ५. प्रायः समस्तरीय व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द; हजुर; ज्यू।
30953 जिउछाडा वि. १. सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने; आफ्नो दुःख बढाईचढाई भन्ने; आफूलाई भएको दुःखभन्दा बढी दुःख देखाउने; हत्तेहाला।
30954 जिउछाडा वि. २. जिउको माया नभएको। ना.
30955 जिउछाडा वि. ३. त्यस्ता स्वभावको व्यक्ति।
30956 जिउजमानी ना. कसैको जमानतका रूपमा राखिएको मानिस; जिम्माजमानी।
30957 जिउजिउ ना. १. चाहिँदोभन्दा ठुलो सम्मान।वि.बो.
30958 जिउजिउ ना. २. जिउभन्दा पनि ठुलो सम्मानसूचक वचन; हजुरहजुर।
30959 जिउजुको ना. प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको। (यो मर्‍यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ )।
30960 जिउडाल ना. शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जिउको डौल।
30961 जिउ वि.बो. १. शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द;ज्यू; हजुर।
30962 जिउ वि.बो. २. ढोग ( बालबोलीमा )।
30963 जिउता ना. जिन्दगी; जनम; जिउतो (जस्तो-जिउताभर)।
30964 जिउती ना. विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र।
30965 जिउती कोठा/ कोठो ना. १. विवाहमा दुलाहा दुलहीले प्रथम रात चुलेवास बस्ने कोठो।
30966 जिउती कोठा/ कोठो ना. २. प्रथम मधुरात्रिका लागि तयार पारिएको वा रोजिएको कोठो।
30967 जिउतो ना. हे. जिउता।
30968 जिउधन ना. आफ्नो जीवन र भएभरको श्रीसम्पत्ति; जीवनधन; सर्वस्व।
30969 जिउनार ना. १. खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम।
30970 जिउनार ना. २. खाने क्रिया वा कामका लागि अभिजातवर्गमा प्रयोग गरिने शब्द; ज्युनार।
30971 जिउनी ना. १. सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आफ्ना लागि छुट्ट्याएको भाग; जिउनी।
30972 जिउनी ना. २. अंशको सट्टा जीवननिर्वाहका लागि अंशभन्दा केही घटी वा बढी गरी दिइएको सम्पत्ति।
30973 जिउपाला वि. १. जहानबच्चाको वास्ता नगरी आफ्नो मात्र पेट पालेर हिँड्ने; परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आफ्नो मात्र पेट भर्ने। ना.
30974 जिउपाला वि. २. त्यस्तो व्यक्ति।
30975 जिउपालो ना. जिउ पाल्ने काम; खाइजीविका; पेटपालो; जीविका।
30976 जिउमारा वि. १. खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख दिने; आत्मघाती।
30977 जिउमारा वि. २. अर्काको हत्या गर्ने; हत्यारा; ज्यानमारा। ना
30978 जिउमारा वि. ३. त्यस्तो स्वभावको व्यक्ति।
30979 जिउलो ना. धानको खेती हुने ठाउँ; धानको खेती हुने फाँट; धानखेत; धनहर जग्गा।
30980 जिउसाँचा वि. शरीरलाई परिश्रम पर्ला वा शरीर कमजोर होला भनेर सक्तो काम पनि नगर्ने; कामचोर।
30981 जिकिर/जिक्री ना. १. कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ।
30982 जिकिर/जिक्री ना. २. कुनै कुराको प्रसङ्ग; चर्चा।
30983 जिगमिषा ना. जाने इच्छा; कुनै ठाउँमा पुग्ने चाहना।
30984 जिगीषा ना. जित्ने इच्छा; विजयको अभिलाषा।
30985 जिगीषु वि. जित्न चाहने; विजयको अभिलाषा गर्ने।
30986 जिङ्ग्रिनु अ.क्रि. १. कोरीबाटी नगर्नाले कपाल नराम्रो देखिने गरी खजमजिनु।
30987 जिङ्ग्रिनु अ.क्रि. २. मलजल नपाएको बिरुवा छिप्पिएर रुखो वा जर्रो हुनु।
30988 जिङ्ग्रिनु अ.क्रि. ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु; जिङ्ग्रिङ्ङ पर्नु।
30989 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. १. कोरीबाटी नगर्नाले खजमजिएको कपाल नराम्रो देखिए झैँ ।
30990 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. २. मलजल नपाएको बिरुवा छिप्पिएर रुखो, जर्रो भए जस्तै गरी।
30991 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहे झैँ भईकन।
30992 जिजा ना. १. बाबु; पिता।
30993 जिजा ना. २. पूर्वज।
30994 जिजीविषा ना. बाँच्ने इच्छा; बाँचिरहने चाहना।
30995 जिजु ना. हे. जिज्यू।
30996 जिजुआमा ना. जिज्यूआमा।
30997 जिजुबजै ना. जिज्यूबज्यै।
30998 जिजुबराजु ना. जिज्यूबराज्यू।
30999 जिजुबाजे ना. जिज्यूबाजे।
31000 जिजुबुबा ना. जिज्यूबुबा।