Dictionary

All Word

30751 जात्रा ना. ३. बेइज्जती।
30752 जात्रामात्रा ना. सानाठुला जात्रा र मेला।
30753 जात्रु / जात्रे ना. १. जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह। वि.
30754 जात्रु / जात्रे ना. २. दुःख वा हन्डरमा परेको।
30755 जात्रु / जात्रे ना. ३. बेइज्जत भएको।
30756 जात्रु / जात्रे ना. ४. निर्लज्ज; गाईजात्रे।
30757 जादु ना. १. सामान्यतया असम्भव र आश्चर्यजनक कुरालाई हातको सिप वा अन्य कुनै गुप्त तरिकाले सम्भवजस्तो बनाई देखाउने काम; इन्द्रजाल; चटक।
30758 जादु ना. २. टुना; टुनामुना; मोहनी।
30759 जादु कर्म ना. जादुगरी; जादुविद्या।
30760 जादुगर ना. जादु गर्ने व्यक्ति; चटक देखाउने व्यक्ति; चटकी। स्त्री. जादुगर्नी।
30761 जादु विद्या ना. जादुगरको विद्या; जादुगरी।
30762 जादुगरी ना. १. जादुको काम; जादु गर्ने विद्या; जादुविद्या; जादुकर्म।
30763 जादुगरी ना. २. जादुगरको स्वभाव, काम वा पेसा।
30764 जाद्रो वि. १. भनेको नमान्ने; जति गाली गरे वा पिटे पनि तह नलाग्ने; ज्याद्रो।
30765 जाद्रो वि. २. कडा स्वभावको; कठोर; कडा।
30766 जाद्रो वि. ३. छिनाल्न वा फोर्न सजिलो नभएको; साह्रो; बलियो।
30767 जान्नु स.क्रि. १. थाहा पाउनु; ज्ञान प्राप्त गर्नु; बुझ्नु; चाल पाउनु।
30768 जान्नु स.क्रि. २. चिन्नु; परिचय प्राप्त गर्नु।
30769 जान्नु स.क्रि. ३. चेत्नु; अनुभव गर्नु।
30770 जानकार वि. १. जानेसुनेको; जानिफकार; जान्ने; बुझेको; बुझकी।
30771 जानकार वि. २. सिपालु; विद्वान्।
30772 जानकारी ना. १. थाहा वा ज्ञान हुनाको स्थिति; ज्ञानलाभ; ज्ञानार्जन।
30773 जानकारी ना. २. ज्ञान; थाहा।
30774 जानकी ना. रामायण महाकाव्यका अनुसार जनककी छोरी; रामकी पत्नी; सीता।
30775 जानकी नवमी ना. वैशाख शुक्ल नवमीका दिन जानकीको जन्मोत्सवका रूपमा जनकपुर धाममा मनाइने एक पर्व वा उत्सव।
30776 जानकी मन्दिर ना. नेपालको जनकपुर अञ्चलको सदरमुकाम तथा सीताजीको जन्मस्थल जनकपुरमा रहेको सीताजीको प्रसिद्ध मन्दिर।
30777 जान पत्यार ना. राम्रो चिनाजानी र भरविश्वास; राम्रो जानपहिचानले गर्दा पैदा भएको विश्वास।
30778 जानपद ना. १. जनपदका बासिन्दा।
30779 जानपद ना. २. गाउँ, जिल्ला वा अञ्चलका बासिन्दा।
30780 जानपद ना. ३. मानवसमाजले बसोबास गरेको ठाउँ। वि.
30781 जानपद ना. ४. जनपदसम्बन्धी।
30782 जानपद दीर्घ सेवा पट्ट ना. अविच्छिन्न तिस वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित एक पदक।
30783 जानपद सेवापदक ना. निरन्तर पन्ध्र वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ मा स्थापित एक पदक।
30784 जानपहिचान/जानपहिचानी ना. चिनाजानी; चिनजान; परिचय।
30785 जानबुझ ना. १. जान्ने र बुझ्ने कार्य; जाँचबुझ। वि.
30786 जानबुझ ना. २. जानेको र बुझेको; अनुभवी; जानिफकार। क्रि.वि.
30787 जानबुझ ना. ३. जानाजानी; जानीजानीकन।
30788 जानाजान क्रि.वि. १. जान्दाजान्दै; जानाजानी; जानीबुझी; जानबुझ।
30789 जानाजान क्रि.वि. २. हाकाहाकी; थाहा दिएरै। ना.
30790 जानाजान क्रि.वि. ३. परस्परको परिचय वा ज्ञानलाभ।
30791 जानाजान क्रि.वि. ४. लगातार जान्ने वा चिन्ने कार्य।
30792 जानाजानी क्रि.वि. जान्दाजान्दै; थाहा पाउँदापाउँदै; हाकाहाकी।
30793 जानिफकार वि. १. मान्यवर; ज्ञानवृद्ध।
30794 जानिफकार वि. २. जान्ने-बुझ्ने; जानकार।
30795 जानिफकारी ना. जानिफकार हुनाको गुण वा विशेषता; जानिफकारको गुण, विशेषता वा क्षमता।
30796 जानु ना. शरीरमा तिघ्रा र पिँडौलाका बिच हाडको पाङ्ग्रे जोर्नी भएको ठाउँ; घुँडो।
30797 जान्ने वि. / ना. १. जानेको; सिपालु; पोख्त; प्रवीण।
30798 जान्ने वि. / ना. २. गुणी; ज्ञानी।
30799 जान्ने वि. / ना. ३. झारफुके काम गर्ने (धामी, झाँक्री आदि)।
30800 जान्ने कथा ना. भन्नेले सुन्नेलाई प्रश्नका रूपमा सोध्ने र सुन्नेले जाने जवाफ दिने, नजाने कुनै गाउँ दिएर भन्नेसँग नै कथाको आशय सोध्ने, विशेषतः गाउँले समाजमा प्रचलित कथा; गाउँखाने कथा।