Dictionary

All Word

30601 जाओ ना. लेकमा हुने एक जातको जौ; विशेष प्रकारको जौ; जई।
30602 जाक्नु स.क्रि. १. बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु।
30603 जाक्नु स.क्रि. २. कैद गर्नु; थुन्नु।
30604 जाक्नु स.क्रि. ३. ठेलमठेल गरी खानु; कोचर्नु।
30605 जाकड / जाकडी ना. १. कसैलाई राख्न दिएका धनमाल; नासो।
30606 जाकड / जाकडी ना. २. खर्च नगरी राखेको धनमाल; रोकड।
30607 जाकड / जाकडी ना. ३. सापटी वा ऋण लिँदा लिनेले दिनेकहाँ राखेको धितो; धरौटी। वि.
30608 जाकड / जाकडी ना. ४. त्यसरी नासो, रोकड वा धितोको रूपमा राखिएको।
30609 जाकिनु क.क्रि. १. साङ्ग्रो ठाउँमा कोचिनु; खाँदिनु।
30610 जाकिनु क.क्रि. २. खोरमा हुलिनु वा थुनिनु।
30611 जाकिनु क.क्रि. ३. जेल आदिमा पर्नु; कैद हुनु वा थुनिनु।
30612 जाकिनु क.क्रि. ४. घ्याँकिनु वा ङ्याकिनु। अ.क्रि.
30613 जाकिनु क.क्रि. ५. फस्नु।
30614 जाख्नु स.क्रि. खच्चड, भेडा आदिका पिठिउँमा राखी मालसामान ओसारपसार गर्नु; मालसामान ढुवानी गर्नु; जाग्नु।
30615 जाख्ना ना. मालसामान ओसारपसार गर्ने भेडा वा च्याङ्ग्राको बथान; जाग्ना।
30616 जाग्नु अ.क्रि. १. ब्युँझनु; निद्रा खुल्नु।
30617 जाग्नु अ.क्रि. २. आफ्नो अवस्थाप्रति सचेत हुनु; जागरूक बन्नु।
30618 जाग्नु अ.क्रि. ३. बौरनु; बिउँतनु; होसमा आउनु।
30619 जाग्नु अ.क्रि. ४. तन्त्रमन्त्रमा विश्वास राख्नेहरूका अनुसार भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय हुनु।
30620 जाग्नु अ.क्रि. ५. झोक्किनु; जङ्गिनु; रन्किनु; जोसिनु।
30621 जाग्नु अ.क्रि. ६. पलाउनु। स.क्रि.
30622 जाग्नु अ.क्रि. ७. खसी, चौँरी आदिको पिठिउँमा सामान लदाएर ओसार्नु; जाख्नु।
30623 जागरण ना. १. मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता।
30624 जागरण ना. २. भजन-कीर्तन गरेर रातभर जागा रहने काम; जाग्राम; जागरान; जागराम।
30625 जागरणशील वि. सजग वा सचेत हुने स्वभावको; जाग्दै गरेको; बिउँझन थालेको।
30626 जागरान/जागराम ना. हे. जाग्राम; जागरण।
30627 जागरूक वि. १. उद्बुद्ध; जाग्रत; सचेत।
30628 जागरूक वि. २. जागा रहेको; ब्युँझेको।
30629 जागरूक वि. ३. होसियार; सतर्क।
30630 जागरूकता ना. जागा हुने क्रिया वा भाव; उद्बुद्धता; सचेतता।
30631 जागा वि. १. जागेको; ब्युँझेको; निद्रा खुलेको।
30632 जागा वि. २. जागरूक; सतर्क।
30633 जागा हुनु दु. १. निद्राबाट उठ्नु; बिउँझनु (विशेष आदर जनाउँदा )।
30634 जागा हुनु दु. २. रिसले चुर हुनु; चपर्चण्ड हुनु।
30635 जागिनु अ.क्रि. जागिएको हुनु।
30636 जागित्र ना. लौकिक विश्वासअनुसार वायुका रूपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा; प्रेत; पिशाच; जागिर्त।
30637 जागिर ना. १. सरकारी वा गैरसरकारी सङ्घ, संस्था, कार्यालयमा काम गर्ने पेसा; नोकरी; सेवा।
30638 जागिर ना. २. त्यसरी काम गरेबापत निश्चित अवधिमा पाउने गरी तोकिएको रकम; तलब; तनखा; वेतन।
30639 जागिर ना. ३. मुगलकालीन भारतमा बादशाहका तर्फबाट भारदारलाई दिइने उच्च पद वा उक्त पदको आधारमा दिइने भूभाग।
30640 जागिरदार ना. १. जागिर वा सेवामा रहेको व्यक्ति; कर्मचारी; जागिरे।
30641 जागिरदार ना. २. मुगलकालीन जागिर प्राप्त गर्ने उच्च पदाधिकारी। वि.
30642 जागिरदार ना. ३. जागिरवाल।
30643 जागिरवाल / जागिरे वि. १. कुनै सेवामा रहेको। ना.
30644 जागिरवाल / जागिरे वि. २. कर्मचारी।
30645 जागिर्त ना. हे. जागित्र।
30646 जागृत वि. १. जागेको; बिउँझिएको।
30647 जागृत वि. २. होसमा आएको; बौरिएको; बिउँतिएको।
30648 जागृत वि. ३. सचेत; होसियार; जागरूक; प्रबुद्ध।
30649 जागृत ज्वालामुखी ना. लाभाहरू छुटिरहेको ज्वालामुखी; चालु रहेको ज्वालामुखी; जिउँदो ज्वालामुखी।
30650 जागृति ना. जागरण; जागा।