Dictionary

All Word

30451 जल्लाद ना. १. फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति। वि.
30452 जल्लाद ना. २. साह्रै क्रूर तथा निर्दय (व्यक्ति)।
30453 जल्सा ना. हे. जलसा।
30454 जवनिका ना. १. नाटक आदिमा मञ्चमा लगाइने पर्दा।
30455 जवनिका ना. २. पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा; शायर।
30456 जवाँमर्द वि. १. पूर्ण तन्नेरी; लाठे; पुरै हुर्किएको। ना.
30457 जवाँमर्द वि. २. नवयुवक।
30458 जवाँमर्दी ना. १. जवाँमर्द हुनाको भाव वा अवस्था।
30459 जवाँमर्दी ना. २. वीरता; बहादुरी।
30460 जवा ना. तारबाजाहरू बनाइने हस्तीहाड वा धातुबाट बनेको साधन।
30461 जवा ना. १. जमिनसम्बन्धी पुरानो नापी अनुसार रोपनीको चौथाइ अंश; चार आना; एक मुरी माटो।
30462 जवा ना. २. घर बनाउने जग्गाको नापीअनुसार चौबिस अङ्गुल वा एक हात बराबरको नापो। वि.
30463 जवा ना. ३. त्यति परिमाणको (खेत जग्गा )।
30464 जवाइ ना. जाने भाव, क्रिया वा प्रक्रिया।
30465 जवाकस्तूरी ना. कस्तूरी जस्तै सुगन्धित, एक प्रकारको झारको बुटी वा औषधी।
30466 जवाकुसुम ना. हे. जपाकुसुम।
30467 जवाखार ना. जौको खारबाट बनेको एक प्रकारको नुन; यवक्षार।
30468 जवान वि. १. जुनसुकै प्राणीको तरुण अवस्था; युवक; पट्ठो; तरुनो; तन्नेरी।
30469 जवान वि. २. व्यक्ति; वटा; जना (एक जवान, दुई जवान, पाँच जवान इ.)।
30470 जवान वि. ३. बहादुर; वीर।
30471 जवानी ना. जवान हुनाको भाव वा अवस्था; यौवन; तारुण्य; बैँस।
30472 जवाहिरात ना. रत्न, मणिमाणिक्य आदि बहुमूल्य धातु; जुहारत।
30473 जस ना. समाजमा कुनै राम्रो काम गरेबापत पाइने वा देशविदेशसम्म फैलने सुकीर्ति; भलो काम गरेबापतको प्रशंसा; स्याबासी; यश।
30474 जस सर्व. विभक्ति लाग्दा हुने 'जो' शब्दको रूप (जसलाई, जसले, जसको, जसमा इ.)।
30475 जसकस सर्व. जो' र 'को' सर्वनाममा विभक्ति प्रत्यय लाग्दा बन्ने तिर्यक् रूप। (उदा.- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन)।
30476 जसकसै सर्व. जोकोही; जसतस।
30477 जसतस जो, त्यो सर्वनाममा विभक्ति वा प्रत्यय लाग्दा सार्वनामिक तिर्यक् रूप (उदा.- जसतसलाई विश्वास गर्नु राम्रो होइन )।
30478 जसरी क्रि.वि. जसो गरेर; जुनकुनै तरिकाले; जस्ता प्रकारसँग।
30479 जसरी तसरी क्रि.वि. कुनै किसिमले; जेजसो गरेर भए पनि; जसोतसो गरी; येनकेन प्रकारेण; जेनतेन।
30480 जसिलो वि. जस पाउने; जस मिल्ने; जस हुने; जसमिल्दो।
30481 जसु ना. 'पिनासको कथा'- मा वर्णित एक पात्र।
30482 जसे ना. १. नर्तकहरूसँग दाँजिएर ठट्यौलो पारामा दर्शकहरूलाई मुटु मिचीमिची हँसाउने पात्र; एक प्रकारको विदूषक; जोकर; ढँटवारे। वि.
30483 जसे ना. २. जस पाउने; स्याबासी पाउने; जसिलो।
30484 जसो क्रि.वि. जेजुन किसिमको; जस्तोतस्तो।
30485 जसोतसो क्रि.वि. कुनै न कुनै तरिकाले; येनकेन प्रकारेण; जसरी भए पनि।
30486 जस्केलो ना. घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा राखिएको अर्को ढोका; पार्श्वद्वार; उपद्वार।
30487 जस्ता ना. १. केही कालो वा निलो खालको सेतो रङ हुने खनिज धातु।
30488 जस्ता ना. २. जस्तापाता; कर्कटपाता।
30489 जस्ताको तस्तो वि. पहिलेकै जस्तो रूपरङ्ग वा आकारप्रकारको; जस्ताको तस्तै; यथावत्; उही नै; उस्तै।
30490 जस्ता पाता ना. खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिचबिचमा खोल्सीखोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता।
30491 जस्तै क्रि.वि. १. जस्तो नै, जस्तो भए पनि; जस्तोसुकै।
30492 जस्तै क्रि.वि. २. दृष्टान्तका निम्ति; उदाहरणार्थ।
30493 जस्तो वि. १. जस्तो प्रकारको छ त्यस्तो; जुन किसिमको। क्रि.वि.
30494 जस्तो वि. २. जस्तै; उदाहरणार्थ।
30495 जस्तोतस्तो वि. जिनतिन; सामान्य; मामुली।
30496 जस्तोसुकै वि. १. जुनकुनै भए पनि हुने वा नहुने खालको; जुन किसिमकै; जस्तो नै। क्रि.वि.
30497 जस्तोसुकै वि. २. जस्तोसुकै; जस्तै भए पनि।
30498 जहडी वि. १. गहिरो असर गर्ने; प्रभाव नपारी नछाड्ने; अचुक (औषधी)। वि.
30499 जहडी वि. २. आफ्नो व्यक्तित्वले नै प्रभाव पार्ने; हैकम भएको; रबाफिलो।
30500 जहडी वि. ३. धेरैमध्ये मुख्य; प्रधान। ना