Dictionary

All Word

30501 जहडी वि. ४. कुनै विषय वा वस्तुको मुख्य कारण; मूलतत्त्व; मुख्य कुरो।
30502 जहत्स्वार्थ वि. शब्द वा वाक्यको अभिधार्थलाई चट्ट छाडेर तात्पर्यलाई ग्रहण गर्ने लक्षणाका विभिन्न भेदमध्ये एक लक्षण।
30503 जहदजहल्लक्षणा ना. शब्द वा वाक्यमा रहेको मूल अर्थलाई केही अंशमा त्याग गर्ने र केही अंशमा नयाँ अर्थमा ग्रहण गर्ने, लक्षणाका विभिन्न भेदमध्येको एक लक्षणा।
30504 जहर ना. हलाहल; विष।
30505 जहरबात ना. शरीरमा रक्त विकृत भएपछि निस्किने विषाक्त खटिरो।
30506 जहरवात ना. विकृत पानी जमेर अण्डवृद्धि हुने एक रोग; अण्डवृद्धिको रोग।
30507 जहरिलो वि. जहर भएको; विषततत्त्वसहितको; विषाक्त; विषालु।
30508 जहल्लक्षणा ना. अभिधागत अर्थलाई त्यागेर अभिप्रेत वा लक्षित अर्थ बुझाउने लक्षणा; जहत्स्वार्थ।
30509 जहाँ क्रि.वि. १. जुन ठाउँमा; जुन स्थानमा।
30510 जहाँ क्रि.वि. २. जुन बेला; जुन बखत; जब।
30511 जहाँकहीँ क्रि.वि. कहीँ न कहीँ; जहाँ भए पनि; सबै ठाउँमा; जहाँतहीँ; जताततै।
30512 जहाँतहाँ क्रि.वि. जुनसुकै ठाउँमा; जहाँ पायो त्यहीँ, मन लागेको ठाउँमा; जहाँकहीँ।
30513 जहाँतहीँ क्रि.वि. जताततै; जहाँतहाँ नै; जत्रतत्र; सर्वत्र।
30514 जहाँसुकै क्रि.वि. जुनसुकै ठाउँमा; जतासुकै; सर्वत्र; सबैतिर।
30515 जहाज ना. ठुलठुला नदी, खाडी र समुद्रमा चल्ने, काठ, फलाम, सिल्भर आदि वस्तुबाट बनेको मानिसहरू आवतजावत गर्ने वा सामान ओसारपसार गर्ने साधन; जलयान; जलपोत।
30516 जहाज डुब्नु टु. १. जहानकेटाकेटीले ठुलो दुःख पाउने हुनु।
30517 जहाज डुब्नु टु. २. सिरीखुरी स्वाहा हुनु।
30518 जहाज रानी ना. १. जलयान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विभाग वा कार्य।
30519 जहाज रानी ना. २. प्रमुख जहाज।
30520 जहाजी वि. जहाजसम्बन्धी; जहाजसँग सम्बन्धित; जहाजको।
30521 जहाजी केरा ना. एक प्रकारको स्वादिलो केरा।
30522 जहाजी नरिवल ना. ठुलो खालको नरिवल; नरिवलका विभिन्न जातमध्ये एक।
30523 जहाजी नहर ना. जहाज चल्न सक्ने ठुलो नहर; नदी वा समुद्रबाट निकालिएको, जहाज चल्ने ठुलो कुलो।
30524 जहाजी सुपारी ना. सिङ्गापुरमा हुने वा पाइने एक जातको सुपारी; ठुला जातको सुपारी।
30525 जहान ना. १. एकै भान्सामा खाने व्यक्ति; एकाघरका मानिस।
30526 जहान ना. २. स्वास्नीका निमित्त लोग्ने वा लोग्नेका निमित्त स्वास्नी बुझाउने शब्द; सो अर्थमा स्वास्नी वा पत्नी; लोग्ने वा पति।
30527 जहान परिवार ना. एकै परिवारका सानाठुला सबै मानिस; एकै परिवारका सदस्य।
30528 जहान बच्चा ना. जहानपरिवार।
30529 जहानियाँ वि. १. ठुलो जहान भएको; ठुलो परिवारको।
30530 जहानियाँ वि. २. एकै परिवारसँग सम्बन्धित; जहानले नै मिलीजुली सञ्चालित वा उपभोग गरिरहेको ( जहानियाँ बन्दोबस्त, जहानियाँ शासन इ.)।
30531 जहिले क्रि.वि. जुन बेला; जतिखेर; जुन समयमा; जुन बखत।
30532 जहिलेसुकै क्रि.वि. जुनसुकै समयमा; जहिले भए पनि; जुन बेला पनि।
30533 जाँगर ना. कुनै पनि काम गर्न मनमा उत्पन्न भएको उत्साह; मिहिनेत गर्ने उत्साह वा स्फूर्ति; अल्छीपनाको अभाव।
30534 जाँगर मरुवा वि. कुनै काम गर्ने वा मिहिनेत गर्ने जाँगर नभएको; अल्छी; आलसी; निरुद्योगी।
30535 जाँगरिया वि. काम वा मिहिनेत गर्ने जाँगर भएको; जाँगरिलो; मिहिनेती; परिश्रमी; उत्साही; उद्यमी।
30536 जाँगरिलो वि. जाँगरिया।
30537 जाँगी ना. घरको सबभन्दा तल्लो तला; घरको सबभन्दा तल्लो भाग; भुइँतला।
30538 जाँघ ना. १. घुँडादेखिमाथिको खुट्टाको अवयव; तिघ्रो; जङ्घा; उरु।
30539 जाँघ ना. २. सुरुवालका दुई खण्डलाई जोड्ने बिचको भाग।
30540 जाँघवाल वि. १. तिघ्रे; घुसतिघ्रे; मोटो।
30541 जाँघवाल वि. २. जाँघ भएको।
30542 जाँघवाल वि. ३. ठुलो जाँघ भएको (जस्तो- जाँघवाल सुरुवाल)।
30543 जाँघिया/जाँघे ना. १. कम्मरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु। वि.
30544 जाँघिया/जाँघे ना. २. ठुला जाँघ हुने; भुसतिघ्रे; जाँघवाल।
30545 जाँच्नु स.क्रि. १. हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु; परीक्षण गर्नु; पारख गर्नु।
30546 जाँच्नु स.क्रि. २. जाँच लिनु।
30547 जाँच ना. १. ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम; पारख; छानबिन; छ्‌यानविचार।
30548 जाँच ना. २. विद्यार्थीले पाठ्यक्रम पूरा गरेपछि कक्षा वा तहमा उत्तीर्ण हुनका लागि लिखित वा मौखिक उत्तर दिने कार्य; परीक्षा।
30549 जाँच ना. ३. त्यस्तो परीक्षा लिने कार्य।
30550 जाँच आयोग/कमिसन ना. १. कुनै विशेष वा असामान्य घटनालाई लिएर सत्य हेतु पत्ता लगाउनका लागि एक वा धेर व्यक्तिको छानबिन समिति।