Dictionary

All Word

30351 जलबिन्दु ना. आँखाका कोसभित्र चाप बढेर आँखा हेर्न नहुने रोग; मोतिबिन्दु; मोतियाबिन्दु।
30352 जलबुद्बुद ना. पानी बग्दा वा अन्य कुनै कारणबाट उठ्ने फोको; पानीको फोको।
30353 जलमग्न वि. पानीले चुर्लुम्म डुबेको; जलामय भएको; जलाम्मे।
30354 जलमण्डल ना. पृथ्वीमा रहेको सम्पूर्ण पानीको भाग।
30355 जलमय वि. सबैतिर पानीपानी भएको; चारैतिर पानीले ढाकिएको; जलाम्मे।
30356 जलमार्ग ना. १. जहाज, डुङ्गा आदि हिँड्ने बाटो; समुद्री मार्ग; जलपथ।
30357 जलमार्ग ना. २. पानी, ढल आदिको निकास; नाली; डुँड।
30358 जलमार्ग ना. ३. नहर; कुलो।
30359 जलयन्त्र ना. १. इनार, कुवा आदिको पानी तान्ने वा झक्ने यन्त्र।
30360 जलयन्त्र ना. २. पानीघडी।
30361 जल यातायात ना. जलपथ; जलमार्ग।
30362 जलयात्रा ना. ठुलठुला नदी, समुद्र आदिमा जहाज, डुङ्गा आदिबाट गरिने यात्रा।
30363 जलयात्री ना. जलयात्रा गर्ने व्यक्ति।
30364 जलयान ना. नदी, समुद्र आदिमा हिँड्ने सवारी साधन (पानीजहाज, डुङ्गा, नाउ आदि)।
30365 जलयुद्ध ना. नदी वा समुद्रमा गरिने लडाइँ; जहाजी लडाइँ।
30366 जलयोग ना. प्राण जाने बेलामा तल्लो अङ्गबाट प्राण नजाओस् भनी कम्मरसम्म पानीमा डुबाउने काम; अर्धजल।
30367 जलराक्षसी ना. रामायणप्रसिद्ध, क्षारसमुद्रमा रहने एक राक्षसी।
30368 जलराशि ना. १. पानीको अथाह राशि; जलको समूह।२. सागर; समुद्र।
30369 जलराशि ना. ३. सरोवर; तलाउ।
30370 जलवायु ना. कुनै पनि स्थानको प्राकृतिक वा वातावरणिक स्थिति; हावापानी।
30371 जलवाष्प ना. पानीबाट बन्ने बाफ; जलीय वाष्प।
30372 जलविज्ञान ना. पानीसम्बन्धी विभिन्न तत्त्व र शक्ति आदिको अध्ययन गरिने शास्त्र।
30373 जलविज्ञान आयोग ना. जलविज्ञानसम्बन्धी अध्ययनअनुसन्धान आदि कार्य गर्ने साधिकार समिति वा अङ्ग।
30374 जलविनायक ना. काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश; चार विनायकमध्ये एक।
30375 जलवियोजन ना. झाडाबान्ता आदिबाट शरीरको पानी बाहिर निस्कँदै जानाले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुने स्थिति।
30376 जलविभाजक ना. दुईतिरका नदीलाई छुट्ट्याउने बिचको अग्लो भूमि; दुई भँगालाका बिचमा रहेको भूभाग।
30377 जलविहार ना. नदी, तलाउ र समुद्रमा जहाज, डुङ्गा आदिद्वारा गरिने सैर वा यात्रा; जलयात्रा।
30378 जलशक्ति ना. पानीबाट प्राप्त हुने विद्युत् आदि शक्ति।
30379 जलशायी ना. जलमा शयन गर्ने देवता; विष्णु।
30380 जलसंयोजक ना. दुइटा ठुला समुद्र वा सागरलाई जोड्ने साँघुरो ठाउँ; जल-डमरुमध्य।
30381 जलसंयोजन ना. कुनै कारणबाट शरीरमा कमी भएको पानी पूरा गर्न वैज्ञानिक प्रविधिद्वारा पानी प्रवेश गराउने क्रिया; पुनर्जलीय उपचार।
30382 जलसंरक्षण ना. त्यसै खेर गइरहेको पानिलाई उपयोगमा ल्याउने काम; विद्युत्उत्पादन, सिँचाइ आदिका निम्ति गरिने पानीको संरक्षण।
30383 जलसंस्कार ना. १. नुहाउने काम; नुहाइ; स्नान।
30384 जलसंस्कार ना. २. मुर्दालाई पानीमा बगाई गरिने अन्तिम क्रिया वा संस्कार; शवको जलप्रवाह; जलसमाधि।
30385 जलसतह ना. पानीको तह बराबर भएको ठाउँ; पानीको नापोले सतह छुने गरी ठिक पारिएको ठाउँ वा वस्तु।
30386 जलसमाधि ना. १. आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम; पानीमा डुबेर गरिने प्राणत्याग।
30387 जलसमाधि ना. २. कुनै वस्तु पानीमा डुब्ने वा डुबाइने काम।
30388 जलसा ना. १. गानबजान आदिको आयोजना गरेर मनाइने रमाइलो समारोह; जल्सा।
30389 जलसा ना. २. सभा; समिति।
30390 जलसा ना. ३. कुनै विशिष्ट अवसरको अधिवेशन।
30391 जलसिमाली ना. पानीमन्तिर ढुङ्गा आदिमा पलाउने हरियो झ्याउ; सिमाली।
30392 जलसेक ना. १. पवित्र पार्ने वा शान्तिस्वस्ति गर्ने उद्देश्यले गरिने अभिषेक; जलसेचन।
30393 जलसेक ना. २. पानीद्वारा गरिने सिँचाइ; बोटबिरुवा आदिमा पानी छर्कने काम।
30394 जलसेना ना. युद्धपोत, जहाज, डुङ्गा आदि यानमा बसेर समुद्रमा युद्ध गर्ने सेना; सामुद्रिक सेना; समुद्री फौज।
30395 जल सेनापति ना. जलसेनाका सर्वोच्च अधिकृत; नौसेनाका प्रमुख।
30396 जलस्रोत ना. कुनै पनि नदी, तलाउ आदिको मूलबाट बग्ने पानीको धारा; पानीको प्रवाह।
30397 जलहरी ना. शिवलिङ्गमाथि पानीको धारा चुहाउने पिँधमा छिद्र भएको तामाको पात्र; जलधारा।
30398 जलहस्ती / जलहात्ती ना. दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती।
30399 जलाइ ना. १. जल्ने भाव, क्रिया वा प्रक्रिया। [जलाउ+आइ] ना.
30400 जलाइ ना. २. जलाउने भाव, क्रिया वा प्रक्रिया।