Dictionary

All Word

30701 जाति ना. ३. शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आधारमा छुट्टिने वा चिनिने स्थावर, जङ्गम आदिको विभाग।
30702 जाति ना. ४. आर्या, गीति आदि मात्रिक छन्द।
30703 जातिच्युत वि. जातिबाट पतित भएको; जातिबाट खसेको।
30704 जातित्व ना. जातिको भाव, गुण वा विशेषता; जातिलाई छुट्ट्याउने कुरो।
30705 जातिधर्म ना. १. कुनै जातिमा रहने विशेष गुण, स्वभाव वा धर्म; जातिविशेषको विशेषता।
30706 जातिधर्म ना. २. जातिले पालन गर्नुपर्ने धर्म वा नियम।
30707 जातिनाम ना. एउटालाई चिनेपछि त्यसको गठन, आकारप्रकार आदिबाट त्यस जातका अरूलाई पनि चिनिने खालको वस्तुको नाउँ; जातिवाचक नाम (घोडा, मान्छे, रुख, किरो इ.)।
30708 जातिपाँती / पाती ना. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जातिको विभाग; जातीय विभाग; जातिभित्रका उपविभाजन वा पङ्क्ति।
30709 जातिभेद ना. जातीयताको आधारमा गरिने भेदभाव; भिन्नभिन्न जातिहरूमा एक जातिले अर्को जातिलाई होच्याउने प्रवृत्ति; सङ्कीर्ण जातीयता; जातिवाद।
30710 जातिभ्रंश ना. जातिबाट पतन हुने स्थिति; जातिच्युति।
30711 जातिभ्रष्ट वि. जातिबाट पतित; जातिबाट खसेको; जातिच्युत।
30712 जातिवाचक वि. १. सामान्य रूपमा सबै किसिमका वस्तुको नाम चिनाउने; सबै किसिमका वस्तुको जातिलाई बुझाउने; जातिबोधक। ना.
30713 जातिवाचक वि. २. व्याकरणमा नामका पाँच भेद मानिँदा हुने एक भेद।
30714 जातिवाद ना. १. कुनै जातिले आफूलाई अरू जातिभन्दा श्रेष्ठ सम्झने मत; जातीय श्रेष्ठताको सिद्धान्त।
30715 जातिवाद ना. २. आफ्नो जातिका व्यक्तिलाई नोकरी आदिमा प्राथमिकता वा विशेष सुविधा दिने प्रवृत्ति।
30716 जातिवाद ना. ३. सङ्कीर्ण जातीयता; सम्प्रदायवाद।
30717 जातिविद्वेष ना. १. जातिगत आधारमा गरिने शत्रुता।
30718 जातिविद्वेष ना. २. सजातीय बन्धुहरूसँगको वैरभाव।
30719 जातिवैर ना. भिन्नभिन्न जातका जीवहरूमा एक जातका जीवको अर्को जातका जीवसँग हुने प्राकृतिक वा वंशगत शत्रुता अथवा सहप्रजनन आदि गुणको अभाव।
30720 जाति व्यवसाय ना. कुनै जातका मानिसले विशेष रूपमा गर्ने गरेको धन्दा; जातिविशेषको पेसा; जातिअनुसारको इलम।
30721 जाति सङ्कर ना. भिन्न भिन्न जातका स्त्रीपुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर।
30722 जातिस्मर वि. आफ्ना पूर्वजन्मका कुरा सम्झन सक्ने।
30723 जाति स्वभाव ना. जातिगत स्वभाव; जातिबाट आउने स्वभाव; जातीय स्वभाव; जातीय गुण।
30724 जाति हत्या ना. जाति नै नाश हुने काम; जातिलाई नै मास्ने क्रिया; जातिवध।
30725 जातिहीन वि. १. मानवकल्पित कुनै जाति नअँगालेको; कुनै जातिविशेषसँग सम्बद्ध नभएको।
30726 जातिहीन वि. २. कुनै देशको पनि नागरिकता नलिएको।
30727 जातिहीन वि. ३. जातिसम्बन्धी सामान्य मान्यताभन्दा माथि उठेको।
30728 जातिहीन वि. ४. जातिबाट पतित; जातिबाट खसेको।
30729 जातिहीन वि. ५. निच जातिको; तुच्छ जातिको।
30730 जाती वि. अरूलाई हित गर्ने; असल स्वभावको; असल; राम्रो; भलो; बेस।
30731 जाती ना. १. पहेँलो जाईको फूल वा त्यसैको बोट।
30732 जाती ना. २. चमेलीका जातको फूल वा बोट।
30733 जाती ना. ३. जाइफल।
30734 जाती वि. १. आरम्भबिन्दुबाट रवाना भएर हिँडेको,उतातिर गएको (जाती रेल, जाती गाडी आदि )।
30735 जाती वि. २. कतै जाँदाको (खर्च आदि)। विप. आती।
30736 जातीआती वि. १. जाँदा र आउँदाको (खर्च, भाडा इ.)।
30737 जातीआती वि. २. जाने र फर्केर आउने; जाँदो र फर्केर आउँदो; अप-डाउन (रेल गाडी, जहाज इ.)।
30738 जातीफल ना. हे. जाइफल।
30739 जातीय वि. १. जातको; आफ्नै जातको; जातिसम्बन्धी।
30740 जातीय वि. २. कुलीन।
30741 जातीय वि. ३. साम्प्रदायिक।
30742 जातीयता ना. १. जातीय गुण वा विशेषता।
30743 जातीयता ना. २. जातिप्रतिको आत्मीयता।
30744 जातीयता ना. ३. साम्प्रदायिकता।
30745 जात्य वि. १. उच्च कुलमा जन्मेको; कुलीन; अभिजात।
30746 जात्य वि. २. श्रेष्ठ; उच्च।
30747 जात्यन्ध वि. १. चर्को जातीयभावनाले गर्दा विवेकहीन बनेको; आफ्नो जातिको अन्धसमर्थक; साम्प्रदायिक।
30748 जात्यन्ध वि. २. जन्मदेखि नै अन्धो; जन्मजात अन्धो; जन्मान्ध।
30749 जात्रा ना. १. देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा।
30750 जात्रा ना. २. दुःख; हन्डर; दुर्दशा।