Dictionary

All Word

30151 जरायुज ना. जरायुमा वा गर्भाशयमा रहेर जन्मने प्राणी; पिण्डज।
30152 जरायो ना. हाँगा फाटेका धेरै सिङ हुने ठुलो जातको मृग; बाह्रसिङ्गा; बाह्रसिङ्गे।
30153 जरावस्था ना. वृद्धावस्था; बुढेसकाल; बुढ्याइँ।
30154 जरासन्ध ना. कृष्णका युक्तिले भीमसेनद्वारा टाङ फट्टाएर मारिएको भनी महाभारत तथा भागवतमा प्रसिद्ध, कंसका ससुरा तथा प्रसिद्ध मगध देशका एक राजा।
30155 जरिङ्गो ना. रायोका जस्ता ठुलठुला नरम पात हुने, अचारतरकारी खाइने एक प्रकारको जङ्गली साग।
30156 जरिबाना/जरिमाना ना. १. नगद रुपियाँ दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय; नगद दण्ड; डाँड।
30157 जरिबाना/जरिमाना ना. २. दण्ड तिर्नुपर्ने रुपैयाँ; कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम।
30158 जरिया ना. १. कुनै कार्यका लागि आवश्यक पर्ने कारण; हेतु।
30159 जरिया ना. २. कुनै दुई व्यक्ति वा वस्तुको बिचको नाता; सम्बन्ध; साँठगाँठ।
30160 जरियो ना. बत्तुले बुनेर झलिक्क झल्कने पारेको, कपालमा लगाउने धागो; लच्छा धागो।
30161 जरी ना. बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्चोबी भर्दा उपयोग गरिने तार।
30162 जरीगाँछ ना. जरीले बुनेको, जरीका बुट्टा भरिएको किनखाब, तास आदि।
30163 जरीबुटी ना. औषधीमा काम लाग्ने बोटबिरुवाका झारपात आदिको बुटी; जडीबुटी।
30164 जरुर ना. १. निश्चय; अवश्य; पक्का। क्रि.वि.
30165 जरुर ना. २. निश्चयसाथ; अवश्य नै; निःसन्देह; पक्कापक्की रूपमा।
30166 जरुरत ना. १. आवश्यकता; खाँचो।
30167 जरुरत ना. २. प्रयोजन; औचित्य।३. अभाव; हर्जा।
30168 जरुरी वि. १. कामकारबाई चाँडो गर्नुपर्ने; नगरी नहुने।२. जरुरत परेको; आवश्यक।
30169 जरुरी वि. ३. खाँचो परेको; नभइनभएको।४. हतपती; हतारो।
30170 जरुवा वि. सुमर्दा नसा नचुँडिएको; राम्ररी नसुमरिएको; आँडे रहेको (गोरु, बोको आदि)।
30171 जरुवा वि. १. जराबाट पलाएको वा निस्केको; मूलको। ना.
30172 जरुवा वि. २. अलिअलि पानी उम्रने ठाउँ; रसाइरहने स्वच्छ पानी; रसायन।
30173 जरुवा पानी ना. मूल फुटेर निस्केको पानी; चिसो राम्रो पानी।
30174 जरो ना. वात, पित्त, कफ आदिमा विकार पैदा हुँदा शरीरमा ताप बढेर हुने बिमारी; तापमापक यन्त्रले शरीरको ताप नाप्दा (८० डिग्रीभन्दा बढी देखिने गर्मी; शरीरको तापमान बढ्ने रोग (औलेजरो, कामजरो, भुङ्ग्रेजरो, एकुन्द्रेजरो आदि)।
30175 जरो ना. सम्पूर्ण बोटबिरुवा आदिको माटामुनि पसेर भोजन लिने अवयव; कन्द; जड; मूल।
30176 जर्कनु अ.क्रि. रिस, क्रोध, असहमति आदिका भावनाले जरक्क पर्नु; झोकिनु; झर्कनु; बाउँठिनु; रिसाउनु; जर्किनु।
30177 जर्कट वि. १. काममा अचेट्न नसकिने खालको; जर्कटो; अटेर।
30178 जर्कट वि. २. पकाउँदा वा भिजाउँदा नरम नहुने; अररो; जर्रो; जरट्ठ परेको।
30179 जर्कट वि. ३. बानीव्यवहारमा अशिष्टता झल्कने; गँवार।
30180 जर्कटिनु अ.क्रि. जर्कटो हुनु; जर्खरिनु; छिप्पिनु।
30181 जर्कटे / जर्कटो वि. १. छिप्पिएर जरट्ठ परेको; सुकेर वा अररिएर जर्रो भएको; ठर्रो।
30182 जर्कटे / जर्कटो वि. २. सानातिना कुरामा पनि रिसाउने; जर्खरिने बानी भएको; बटारिएको।
30183 जर्कटे / जर्कटो वि. ३. असभ्य स्वभावको; गँवार।
30184 जर्कटे / जर्कटो वि. ४. छिटो नपाक्ने; जर्रो।
30185 जर्कट्याइ ना. जर्कट्याउने भाव, क्रिया वा प्रक्रिया।
30186 जर्काइ ना. जर्कने भाव, क्रिया वा प्रक्रिया।
30187 जर्काइ ना. जर्काउने भाव, क्रिया वा प्रक्रिया।
30188 जर्काइनु क.क्रि. जर्कन लाइनु।
30189 जर्काउनु स.क्रि. १. जुरुक्क उठाउनु; उचाल्नु।
30190 जर्काउनु स.क्रि. २. जरैसमेत उखेल्नु।
30191 जर्काउनु स.क्रि. ३. कान निमोठ्नु।
30192 जर्काउनु स.क्रि. ४. जगल्ट्याउनु। प्रे. क्रि. जर्कने पार्नु; जर्कन लाउनु।
30193 जर्काजर्की ना. १. राय नमिल्दा वा रिसारिसले परस्परमा जर्कने काम; आपसको भनाभन।
30194 जर्काजर्की ना. २. पाखुरा सुर्कासुर्की।
30195 जर्किन ना. तेल आदि तरल पदार्थ हाल्ने प्लास्टिकको भाँडो।
30196 जर्किनु अ. क्रि. हे. जर्कनु।
30197 जर्क्याइ ना. जर्किने भाव, क्रिया वा प्रक्रिया।
30198 जर्क्याइ ना. जर्क्याउने भाव, क्रिया वा प्रक्रिया।
30199 जर्क्याइनु क.क्रि. जर्किन लाइनु; जर्काइनु।
30200 जर्क्याउनु प्रे. क्रि. जर्कने पार्नु; झोक्क्याउनु।