Dictionary

All Word

30001 जमानी ना. ३. त्यसरी जमान गर्ने कार्य वा व्यवस्था।
30002 जमानी पत्र ना. जमानी बस्नेले लेखिदिने कानुनी तवरको कबुलियतनामा; कबोलपत्र।
30003 जमाने मान्द्रो ना. पातमा काँडा हुने, मञ्जरीका आकारका पहेँला फूल फुल्ने, चुत्रोको जस्तै पहेँलो रङको काठ हुने र चुत्रो जस्तै फल्ने एक वृक्षविशेष; त्यसैको फूल।
30004 जमामर्द वि. १. पौरख भएको; पुरुषार्थी।
30005 जमामर्द वि. २. पट्ठो; सुरो; आँटी। ना.
30006 जमामर्द वि. ३. तन्नेरी।
30007 जमामर्दी ना. वीरता र उत्साह भरिएको व्यक्तित्व; बहादुरी; सुऱ्याइँ; लाठेपन।
30008 जमालगोटी ना. तेल आउने, सेतो गुदी हुने सुकुमेलजस्ता फल फल्ने, बाँझो पर्ती जमिनमा हुने झारविशेष; जयपाल उपविष।
30009 जमालो ना. हे. जामलो।
30010 जमिन ना. १. भुईँ।
30011 जमिन ना. २. पृथ्वी।
30012 जमिन ना. ३. जग्गा।
30013 जमिन आसमान ना. १. अक्कास-पत्ताल।
30014 जमिन आसमान ना. २. ज्यादै फरक।
30015 जमिनदार ना. १. भूमिसुधारपूर्व आफ्ना मातहतका जग्गाजमिनको मालपोत उठाएर बुझाई मालअड्डा र मोहीहरूका बिच मध्यस्थको काम गर्ने व्यक्ति।
30016 जमिनदार ना. २. प्रशस्त जग्गाजमिन भएको व्यक्ति; ठुलो भूमिपति।
30017 जमिनदारी ना. १. जमिनदारको पद वा दायित्व।२. जमिनदारको खुवा वा बिर्ता; जिरायत।
30018 जमिजमाउ ना. सम्पन्नता।
30019 जमुना ना. १. हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी; यमुना।
30020 जमुना ना. २. सूर्यकी पुत्री; यमराजकी बहिनी।
30021 जमुना ना. ३. हठयोगीहरूले षट्चक्रको अभ्यास गर्दा प्रयोग गर्ने बायाँ नाडी।
30022 जमोट ना. इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का।
30023 जमोठ ना. हे. जमठ।
30024 जम्कनु अ.क्रि. १. तत्पर हुनु; सुरिनु; आँटिलो हुनु; जाइलाग्नु।
30025 जम्कनु अ.क्रि. २. बिहा आदिमा बेसरी बाजा बज्नु।
30026 जम्कनु अ.क्रि. ३. ठाँटिलो हुनु।
30027 जम्काइ ना. जम्कने तथा जम्काउने गुण, क्रिया वा भाव।
30028 जम्काउनु प्रे.क्रि. जम्कने पार्नु।
30029 जम्काहट ना. जम्काइ।
30030 जम्का ना. हे. जम्को।
30031 जम्काभेट ना. अकस्मात् वा झ्वास्स भएको भेट; एकाएक भएको मुखामुखी।
30032 जम्किनु अ.क्रि. १. जम्किने होइनु; झल्किनु।
30033 जम्किनु अ.क्रि. २. जम्कनु।
30034 जम्को ना. १. कुनै काम गर्नुपर्दा अरू व्यस्तता र बाध्यताबाट मौका मिलाउन गरिने प्रयास; अवसर लिने प्रयास; जमर्को।
30035 जम्को ना. २. तत्परता।
30036 जम्क्याइ ना. जम्किने क्रिया वा किसिम।
30037 जम्क्याइनु क.क्रि. जम्किने पारिनु।
30038 जम्क्याउनु प्रे. क्रि. जम्किने पार्नु; जम्किन लगाउनु।
30039 जम्क्याहट ना. जम्किने स्वभाव, क्रिया वा भाव।
30040 जम्ने वि. १. तरल पदार्थ बाक्लो हुने।
30041 जम्ने वि. २. दुध दही भए झैँ हुने।
30042 जम्ने बिन्दु ना. तापक्रम घटेर पानी हिउँमा परिणत हुने अवस्था।
30043 जम्पर ना. दौडमा भाग लिने केटीहरूले लगाउने खुकुलो पोसाक; नारीदौडको पोसाक।
30044 जम्बाल ना. १. हिलो।
30045 जम्बाल ना. २. पानी, मैला आदि जमेर परेको काई; लेउ।
30046 जम्बाल ना. ३. झ्याउ।
30047 जम्बालिनी वि. १. झ्याउ वा काई जन्माउने तत्त्व भएको। ना.
30048 जम्बालिनी वि. २. नदी; तलाउ।
30049 जम्बु ना. १. जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद हुने एक जातको वनस्पति; फँडिर।
30050 जम्बु ना. २. स्याल। वि.