Dictionary

All Word

29101 छोरेट्टी ना. हे. छोरेटी।
29102 छोरेट्टो ना. हे. छोरेटो।
29103 छोरो ना. १. शारीरिक संरचनामा पुलिङ्गका इन्द्रिय भएको सन्तान; आत्मज; सुत।
29104 छोरो ना. २. पुरुष सन्तान; बच्चो; केटो।
29105 छोरो मान्छे ना. पुरुषजाति।
29106 छोर्पा ना. छोराछोरी जन्मेका केही वर्षमा गरिने तामाङ जातिको उत्सव; तामाङ संस्कृतिमा बालक हुर्किन लागेपछि गरिने एक संस्कार।
29107 छोल्नु स.क्रि. १. कुनै पनि वस्तु पुछ्नु; साफ गर्नु; भाँडाबर्तन साफ गर्नु।
29108 छोल्नु स.क्रि. २. पोख्नु; ढाल्नु; छरपुष्ट पार्नु।
29109 छोल्नु स.क्रि. १. हस्तमैथुन गर्नु; हातको घर्षणले लिङ्ग उत्तेजित पारी वीर्यपात गर्नु।
29110 छोल्नु स.क्रि. २. ताछ्नु; बोक्रा फाल्नु।
29111 छोला ना. बिरौँला आदि उसिनेर तयार पारिएको झोलदार तरकारी; क्वाँटी।
29112 छोलाइ ना. १. छोल्ने किसिम, क्रिया वा भाव।
29113 छोलाइ ना. २. वीर्यपात गर्ने किसिम, क्रिया वा भाव।
29114 छोलाइनु क.क्रि. १. छोल्नु लगाइनु।
29115 छोलाइनु क.क्रि. २. वीर्यपात गराइनु।
29116 छोलाउनु स.क्रि. / प्रे. क्रि. १. छोल्न लाउनु; छोल्ने पार्नु।
29117 छोलाउनु स.क्रि. / प्रे. क्रि. २. हस्तमैथुन गर्ने पार्नु; वीर्यपात गराउनु।
29118 छोलिनु क.क्रि. १. छोल्ने काम गरिनु; हस्तमैथुन गरिनु। अ.क्रि.
29119 छोलिनु क.क्रि. २. छोल्ने होइनु।
29120 छोलिनु क.क्रि. ३. वीर्यपात हुनु।
29121 छोले ना. मटर, चना, आलु आदि मिलाएर बनाइएको, बाक्लो रस भएको तर्कारीको एक परिकार; छोला।
29122 छोस्नु स.क्रि. १. अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु; झोसपोल गर्नु।
29123 छोस्नु स.क्रि. २. पोख्नु; छर्नु।
29124 छोस्नु स.क्रि. ३. झोस्नु।
29125 छोसाइ ना. छोस्ने ढाँचा, क्रिया वा भाव।
29126 छोसाइनु स.क्रि. छोस्न लाइनु।
29127 छोसाउनु स.क्रि. छोस्न लगाउनु; छोस्ने काममा लाउनु।
29128 छोसे ना. मास भुटेर जाँतोमा पिठो पिसी पकाइने फाँडो; मासको पिठो रयालेर बनाइने सोल्लरजस्तो तिहुन।
29129 छोहोरा ना. थाकलको झैँ बोट हुने र फल खजुरभन्दा ठुला फल्ने, एक प्रकारको वनस्पति वा त्यसको गुलियो फल (खास गरी सुकेको सुकुटी चाहिँ ); छोकडा।
29130 छौँडा ना. १. बालक; शिशु; बच्चो।
29131 छौँडा ना. २. छोरो।
29132 छौँडा ना. ३. दासपुत्र।
29133 छौँडा ना. ४. लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पिरपराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।
29134 छौँडाछौँडी ना. १. आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी; चिचीभुँडी; दुख दिने गज्याङगज्याङ सन्तान; छोराछोरी।
29135 छौँडाछौँडी ना. २. बोक्सीका तथाकथित छौँडा र छौँडीहरूको समूह।
29136 छौँडी ना. १. केटी; ठिटी।
29137 छौँडी ना. २. छोरी।
29138 छौँडी ना. ३. बोक्सीद्वारा तालिम दिइएको तथाकथित पोथी बिरालो।
29139 छौँडो ना. हे. छौँडा।
29140 छौँड्याहा वि. १. छौँडो पाल्ने; बिरालो पाल्ने; छौँडा प्रयोग गर्ने।२. बोक्सो; टुनेमुने।
29141 छौँड्याहा वि. ३. आमाबाबु नभएको वा पिराहा।
29142 छ्‌या वि. बो. १. फोहोर वस्तु वा घृणित सन्दर्भ देखापर्दा मनको सिकसिको व्यक्त गरिने शब्द; मनमा उठेको घृणाको प्रतिक्रिया जनाउने शब्द। ना.
29143 छ्‌या वि. बो. २. फोहोर; मैला (बालबोली )।
29144 छ्‌याइँछ्‌याइँ ना. १. झ्याली आदि बाजा बज्दा निस्कने ध्वनि। २ 'छ्याइँ' शब्द निक्लने बाजा ( बालबोली )। क्रि.वि.
29145 छ्‌याइँछ्‌याइँ ना. ३. त्यस्तो ध्वनि निकालेर।
29146 छ्‌याक ना. १. बिफरको आक्रमणले अनुहारमा देखिने दाग। वि.
29147 छ्‌याक ना. २. बिफरका दागले छ्‌याकटो भएको; छ्‌याकटे; छ्‌याके; कोत्र्याहा।
29148 छ्‌याकछ्‌याक ना. १. खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक। क्रि.वि.
29149 छ्‌याकछ्‌याक ना. २. त्यसरी काटेर।
29150 छ्‌याकछ्‌याकी/छ्‌याकछ्‌याक्ती क्रि.वि. अझ छ्‌याकछ्‌याक हुने गरी।