Dictionary

All Word

29001 छोक्रो ना. १. हे. छोक्रा।
29002 छोक्रो ना. २. छोक्राको एक अंश वा एकाइ; सानो छोक्रा।
29003 छोक्रयाइ ना. छोक्रा पार्ने वा पर्ने किसिम, क्रिया वा भाव।
29004 छोक्रयाइनु क.क्रि. झोलचोक्टा पारिनु; छोक्रैछोक्रा पारिनु।
29005 छोक्रयाइलो वि. छोक्रिलो।
29006 छोक्रयाउनु स.क्रि. १. छोक्रिलो पार्नु; छोक्रा छुट्टिने पार्नु। प्रे.क्रि.
29007 छोक्रयाउनु स.क्रि. २. छोक्रिने पार्नु; छोक्रिने अवस्थाको तुल्याउनु।
29008 छोक्रयाहट ना. छोक्रयाइ।
29009 छोट वि. छोटो (समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोटखुट्टे, छोटकरी इ. )।
29010 छोटकरी वि. १. छोटो वा सङ्क्षेप किसिमको ( भाषण, लेख, बोली इ. )
29011 छोटकरी वि. २. छोट्ट्याइएको, सङ्क्षिप्त।
29012 छोटिनु अ.क्रि. छोटो हुनु; सङ्क्षिप्त हुनु।
29013 छोटी ना. खोलामा नाउ तार्ने जाति; नाविक; माझी; मल्लाह।
29014 छोटी ना. माछाको एक जातविशेष।
29015 छोटी वि. १. अधीनस्थ तहको (छोटी हुलाक, छोटी,गौँडा, छोटी चौकी इ. )।
29016 छोटी वि. २. छोटो मिजास वा चित्तकी।
29017 छोटी वि. ३. छोटो आकृतिकी।
29018 छोटी वि. ४. कम गतिशील ( छोटी कदम आदि)।
29019 छोटी कदम ना. घोडाका चालहरूमध्ये कदम चालको कम गतिशील प्रकार।
29020 छोटी भन्सार ना. कुनै शाखा भन्सार कार्यालयअन्तर्गत रहेको सानो भन्सार; कुनै भन्सार कार्यालयको रेखदेखमा रहेको सानो भन्सार कार्यालय।
29021 छोटी मार्सी ना. छोटे मार्सी।
29022 छोटी राजमार्ग ना. मूल राजमार्गमा जोडिने सानो राजमार्ग।
29023 छोटी हुलाक ना कुनै शाखा वा विभाग हुलाकबाट सञ्चालन गरिएको सानो हुलाक; हुलाक अड्डाहरूमध्येको तल्लो तहको अड्डा।
29024 छोटे वि. छोटो आकारको; सानो।
29025 छोटे मार्सी ना. मार्सी जातका धानहरूमध्ये सानो र डल्लो चामल हुने मार्सी धान।
29026 छोटो वि. १. जति लामो हुनुपर्ने हो त्यति लामो नभएको; लामोको विपरीत; लघु।
29027 छोटो वि. २. छोटकरी; सङ्क्षिप्त।
29028 छोटो वि. ३. सानो।
29029 छोटो वि. ४. छुद्र; नीच; हीन।
29030 छोटो चित्तको वि. अनुदार मनको।
29031 छोटोमिठो वि. छाँट परेको; सानो भए तापनि स्वादिलो।
29032 छोट्टा ना. १. तन्नेरी केटो; युवक।
29033 छोट्टा ना. २. असभ्य; नीच; छुद्र; अधम।
29034 छोट्टिनु अ.क्रि. हे. छोटिनु।
29035 छोट्टी ना. १. केटी;तरुनी।
29036 छोट्टी ना. २. लिम्बूको धाननाच र गुरुङहरूको रोदीघर जस्तै रुकुम जिल्लाका बासिन्दाहरूको रातभरि भेला भएर नाचिने सांस्कृतिक नाचगान। वि.
29037 छोट्टी ना. ३. रसिक स्वभावकी; ठट्यौली (आइमाई)।
29038 छोट्टी ना. ४. असभ्य; नीच; छुद्र; अधम (आइमाई )।
29039 छोट्ट्याइ ना. १. छोटो हुने वा पार्ने किसिम, क्रिया वा भाव।
29040 छोट्ट्याइ ना. २. तन्नेरीपन।
29041 छोट्ट्याइनु क.क्रि. सङ्क्षेपीकरण गरिनु; छोटो पारिनु।
29042 छोट्ट्याउनु स.क्रि. सङ्क्षिप्त पार्नु; छोटो पार्नु; सङ्क्षेपीकरण गर्नु वा गर्न लगाउनु।
29043 छोड्नु स.क्रि. १. अधिकार वा स्वत्व त्याग्नु; छाड्नु।
29044 छोड्नु स.क्रि. २. बन्धनमा परेका बस्तुभाउलाई फुकाउनु; कैदमा परेको बन्दी फुक्का गर्नु।
29045 छोड्नु स.क्रि. ३. गोला, बारुद, क्षेप्यास्त्र आदि फ्याँक्नु; प्रक्षेपण गर्नु।
29046 छोड्नु स.क्रि. ४. चिठीपत्र आदि हुलाकबाट चलाउनु।
29047 छोड्नु स.क्रि. ५. बिरामी निको हुनु; रोगमुक्त हुनु।
29048 छोड ना. छोड्ने काम; छोडाइ (समस्त शब्दको आरम्भमा मात्र सीमित, जस्तै- छोडपत्र, छोडछाड इ. )।
29049 छोडछाड ना. १. छोड्ने कार्य।
29050 छोडछाड ना. २. छुटछाट; रहलपहल; अवशेष।