Dictionary

All Word

28501 छिनेटो ना. १. सानो छिनो।
28502 छिनेटो ना. २. छिनोबाट बनाइएको प्वाल; छिँड; छेड। ३ प्वाल; दुलो।
28503 छिनोफानो ना. हे. छिनाफाना।
28504 छिन्कनु स.क्रि. मसिनो र खस्रो नछुट्टिएको वस्तुलाई नाङ्लो आदिमा हाली खस्रोजति खसालेर मसिनोजति राख्नु।
28505 छिन्काइ ना. छिन्किने भाव, क्रिया वा प्रक्रिया।
28506 छिन्काइनु क. क्रि. छिन्कन लाइनु।
28507 छिन्काउनु प्रे. क्रि. छिन्कन लगाउनु।
28508 छिन्केटो ना. छिन्कने साधन; नाङ्लो।
28509 छिन्केरो ना. चामल छिन्कँदा नाङ्लैमा रहने ढुटो वा पिठो।
28510 छिन्कौटो ना. १. बियाँ छिन्केर निस्केको चामल।
28511 छिन्कौटो ना. २. छिन्कँदा निस्किएको नाथ्री ।
28512 छिन्कौटो ना. ३. छिन्किसकेपछि निस्किएको बियाँ।
28513 छिन्कौलो ना. १. चामल केलाउँदा छुट्टिने चामल र भुसका अतिरिक्त बच्ने मसिना चामल; कनिका।
28514 छिन्कौलो ना. २. मकैको चामल केलाउँदा भुस, पिठो र चामल छुट्टिइसकेपछि बचेको चामलभन्दा मसिनो र पिठोभन्दा खस्रो चिज; सरौलो।
28515 छिन्न वि. १. छिनाइएको; टुक्रा पारिएको; चुँडिएको।
28516 छिन्न वि. २. बिगारिएको; बिग्रेको; नष्ट।
28517 छिन्न वि. ३. थाकेको; थकित।
28518 छिन्नकर्ण वि. कानको लोती चुँडिएको; पुरै कान काटिएको; कनकट्टा।
28519 छिन्ननासिक वि. नाक काटिएको; नकटो।
28520 छिन्नभिन्न वि. १. काटकुट वा फोरफार गरेर काम नलाग्ने अवस्थामा पुऱ्याइएको; टुटफुट भएर छरिएको; छ्‌यान्नब्यान्न।
28521 छिन्नभिन्न वि. २. नष्टभ्रष्ट।
28522 छिन्नमस्तक वि. घाँटीदेखि माथिको भाग चुँडिएको; टाउको काटिएको; मुड काटिएको; मुर्कट्टा।
28523 छिन्नमस्ता ना. १. घाँटी छिनेको आफ्नै टाउको हातमा लिएर घाँटीबाट निस्किएको रगतको धारा त्यसै टाउकालाई पियाइरहेकी दश महाविद्यामध्ये एक।
28524 छिन्नमस्ता ना. २. नेपालको सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिणतर्फ पर्ने सखडा गाउँमा रहेकी एक प्रसिद्ध देवी।
28525 छिन्नमूल वि. १. जरो वा मूल काटिएको; निर्मूल भएको।
28526 छिन्नमूल वि. २. आधार वा आश्रयरहित; मूल स्रोत नभएको।
28527 छिन्नसंशय वि. सन्देहास्पद अवस्था नरहेको; शङ्का बाँकी नरहेको; सन्देहरहित।
28528 छिप्नु स.क्रि. कपडा, कागज आदिमा बुट्टा छाप्नु; बुट्टा पार्नु।
28529 छिप्नु अ.क्रि. लुक्नु; दब्नु।
28530 छिपछिप क्रि.वि. अलिअलि पानी हुने गरी; पानीले जमिनको सतहमात्र छोइने भएर।
28531 छिपछिपाइ ना. छिपछिपाउने भाव, क्रिया वा प्रक्रिया।
28532 छिपछिपाइनु अ.क्रि. छिपछिप होइनु।
28533 छिपछिपाउँदो वि. अलिअलि मात्र पानी भएको; छिपछिप गर्ने अवस्थाको।
28534 छिपछिपाउनु अ.क्रि. छिपछिप हुनु।
28535 छिपछिपे वि. १. तरल वस्तुमा ठोस वस्तुहरू मिसाउँदा तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी हुन खोजेको।
28536 छिपछिपे वि. २. झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको।
28537 छिपा ना. १. कपडा रँगाउने तथा बुट्टा छाप्ने काम गर्ने एक जाति।
28538 छिपा ना. २. त्यसै जातिले छिपेको कपडा।
28539 छिपाइ ना. १. कपडा आदि छिप्ने क्रिया वा प्रक्रिया।
28540 छिपाइ ना. २. छिप्ने वा लुक्ने क्रियाप्रक्रिया; लुकाइ।
28541 छिपाइनु क.क्रि. १. छिप्न लाइनु; बुट्टा भराइनु।
28542 छिपाइनु क.क्रि. २. लुकाइनु; दबाइनु।
28543 छिपाउनु प्रे. क्रि. १. छिप्न लगाउनु, छिप्ने काम गराउनु।
28544 छिपाउनु प्रे. क्रि. २. लुकाउनु, दबाउनु।
28545 छिपी ना. हे.छिपा (जाति)।
28546 छिपुवा वि . कागज वा कपडा आदिमा रङ्गीचङ्गी बुट्टा छापिएको; छिपिएको; बुट्टा भएको।
28547 छिप्पिनु अ.क्रि. १. फलफूल आदि कलिलो र कमलो अवस्था पार गरेर परिपक्व हुनु।
28548 छिप्पिनु अ.क्रि. २. कलिलो उमेरबाट प्रौढ अवस्थामा पुग्नु; उमेरदार हुनु।
28549 छिप्पिनु अ.क्रि. 3. खस्रिनु; बाउँठिनु।
28550 छिप्पिनु अ.क्रि. ४. पुरानो हुनु; धेरै समयको हुनु (रोग आदि)।