Dictionary

All Word

28401 छिचरो वि. ३. मनमा लागेका कुरा धक नमानी बोल्ने; मुखको पचपचे; निर्लज्ज। ना.
28402 छिचरो वि. ४. मनमा लागेका कुरा पचपची बोल्ने मानिस। स्त्री. छिचरी।
28403 छिचल्नु स.क्रि. हे. छिचोल्नु।
28404 छिचलाइ ना. छिचल्ने भाव, क्रिया वा प्रक्रिया।
28405 छिचलाइनु स.क्रि. छिचल्न लाइनु।
28406 छिचलाउनु प्रे. क्रि. छिचल्न लाउनु।
28407 छिचिन्कोटे ना. बट्टाईभन्दा केही ठुलो, फुस्रो रङको एक जातको चरो।
28408 छिचिमिरे वि. छिचिमिराजस्तो; दुब्लो-पातलो र चञ्चल स्वभावको।
28409 छिचिमिरो ना. प्वाँख उम्रेर दुलाबाट बाहिर निस्की उडेर प्रायः तुरुन्तै समाप्त हुने धमिरो।
28410 छिचिमोटे वि. १. चकचके; छिटो र छरितो; हल्का पाराको।
28411 छिचिमोटे वि. २. दुब्लोपातलो।
28412 छिचिमोट्याइँ ना. छिचिमोटे हुनाको चाल वा अवस्था; छिचिमोटेपन।
28413 छिचोल्नु स.क्रि. १. एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु।
28414 छिचोल्नु स.क्रि. २. एक ठाउँबाट हुलेर अर्का ठाउँबाट निकाल्नु।
28415 छिचोल्नु स.क्रि. ३. टुङ्गो पुऱ्याएर बोल्नु।
28416 छिचोल्नु स.क्रि. ४. आद्योपान्त पढेर सक्नु।
28417 छिचोलाइ ना. छिचोल्ने क्रिया वा भाव।
28418 छिचोलाइनु क.क्रि. छिचोल्न लाइनु।
28419 छिचोलाउनु प्रे. क्रि. छिचोल्न लाउनु।
28420 छिचोलिनु क.क्रि. छिचोल्ने काम गरिनु।
28421 छिट्नु स.क्रि. छम्कनु; छिट्कनु।
28422 छिट ना. विभिन्न रङमा छिपेको धोती वा गुन्यू आदि लगाइने एक थरी कपडा।
28423 छिटाइ ना. छिट्ने क्रिया वा प्रक्रिया।
28424 छिटाइनु क. क्रि. छिट्न लाइनु।
28425 छिटाउनु प्रे. क्रि. छिट्न वा छम्कन लाउनु।
28426 छिटिनु क.क्रि. छम्किनु; छर्किनु।
28427 छिटपुट क्रि.वि. १. अलिअलि; कहीँकहीँ; कहिलेकाहीँ।
28428 छिटपुट क्रि.वि. २. कुनै यता र कुनै उता; यताउति।
28429 छिटपुट क्रि.वि. ३. फाटफुट।
28430 छिटाछिटी ना. १. परेको वा झरेको पानीको थोप्लाथोप्ली; धेरै छिटहरूको समूह।
28431 छिटाछिटी ना. २. रङ , मसी आदि तरल वस्तुका थोप्लाथोप्ली वा दाग।
28432 छिटुनी ना. बेत, बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनेर तयार गरिएको टोकरीजस्तो घरेलु साधन।
28433 छिटो ना. १. छचल्किएर वा उछिट्टिएर आउने पानीको बिन्दु; जलकण; पानीको थोपो।
28434 छिटो ना. २. दुध, मसी, रङ वा त्यस्तै कुनै तरल वस्तुको थोपो।
28435 छिटो ना. ३. शुद्धिका निम्ति सेचन गर्ने जल; चोख्याउन छम्केको पानीको थोप्ला। वि.
28436 छिटो ना. ४. फुर्तिलो; छिटोछरितो; चलाक। क्रि.वि.
28437 छिटो ना. ५. तुरुन्तै; चाँडो; लगत्तै; झट्टै।
28438 छिटोछरितो वि. १. चाँडचाँडै काम गर्ने; कुशलतापूर्वक छिटै काम गर्ने।
28439 छिटोछरितो वि. २. विचार गर्न वा निर्णयमा पुग्न विलम्ब नगर्ने।
28440 छिटोथोपो ना. १. नापिने वा भरिने वस्तुको थोरै परिमाण।
28441 छिटोथोपो ना. २. दुध,घिउ, तेल आदि पदार्थ थोरैथोरै गरेर सञ्चय गर्ने काम; फारोतिनो गरिने वस्तुको भाग (छिटोथोपो गरी जम्मा पारेको घिउतेल इ. )।
28442 छिटो हाल्नु दु. छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध छम्केर चोख्याउनु।
28443 छिट्कनु स.क्रि. १. छम्कनु;छिट्नु; सेचन गर्नु।
28444 छिट्कनु स.क्रि. २. बिउबिजन छर्नु।
28445 छिट्काइ ना. छिट्कने भाव, क्रिया वा प्रक्रिया।
28446 छिट्काइनु क.क्रि. छिट्कन लाइनु।
28447 छिट्काउनु प्रे. क्रि. छिट्कन लाउनु।
28448 छिट्किनु क. क्रि. छम्किनु; छिटिनु; सिञ्चित हुनु।
28449 छिट्ट्याइ ना. पानी छिट्ट्याउने क्रिया वा प्रक्रिया।
28450 छिट्ट्याइनु अ.क्रि. छिटा - छिटा भएर झरिनु।