Dictionary

All Word

28301 छायाङ्कन ना. वस्तुको स्वरूप वा आकार उतार्ने काम; फोटो खिच्ने काम।
28302 छायाङ्कित वि. छायाङ्कन गरिएको।
28303 छायाचित्र ना. १. विशेष प्रकारका काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा दुरुस्त स्वरूप देखिई चित्राङ्कित भएको वस्तु।
28304 छायाचित्र ना. २. त्यस्ता फलकबाट उतारिएको चित्र।
28305 छायाचित्र ना. ३. छायाका सहायताले अभिनय गरिएको विषय।
28306 छायाचित्र ना. ४. वर्णनद्वारा विषयवस्तुका बाह्य वा आन्तरिक स्वरूपहरू उतारिएको रचना।
28307 छायाचित्र ना. ५. बाइस्कोप आदिबाट देखिने चित्र।
28308 छायाचित्रण ना. छायाचित्र निकाल्ने शिल्प वा कार्य।
28309 छायाद्रुम ना. छाया दिने रुख; छायाकार वृक्ष; सियाँल ताप्ने रुख।
28310 छायानुवाद ना. एक भाषामा लेखिएका रचनामा पाइने वास्तविक तथ्यलाई अर्को भाषामा जस्ताका तस्तै उतार्ने काम; उल्था।
28311 छायापथ ना. आकाशगङ्गा; नीहारिका; घाङबादल; स्वर्गङ्गा।
28312 छायापुरुष ना. १. घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति।
28313 छायापुरुष ना. २. अदृश्य वा अपरिचित रूपमा रहेर अर्काको रहस्य पत्तो लगाउन पछि लागेको व्यक्ति।
28314 छायामय वि. छाया भएको; छायायुक्त।
28315 छायायन्त्र ना. छायाद्वारा समय थाहा पाइने यन्त्रविशेष; धूपघडी।
28316 छायालोक ना. भौतिक आँखाले नदेखिने जगत्; कल्पना गरेर उभ्याइएको संसार; मनोजगत्।
28317 छायावाद ना. भौतिक वस्तु वा मूर्त पदार्थलाई आलम्बन बनाएर अमूर्त रूपमा महत् सत्ताका अस्तित्वको अनुभव गराउने काव्यपद्धति; इन्द्रियजन्य वस्तुलाई आधार बनाएर अमूर्तरूपमा र महत् सत्ताका रूपमा रहेका अस्तित्वको अनुभवलाई अभिव्यक्त गर्ने एक चिन्तन-प्रक्रिया।
28318 छायावादी वि. छायावादसँग सम्बन्धित; छायावादको अनुसरण गर्ने; छायावादलाई अँगाल्ने।
28319 छायासुत ना. नवग्रहमध्येको एउटा ग्रह; शनैश्चर; शनिश्चर।
28320 छार ना. १. खरानी।
28321 छार ना. २. छारो।
28322 छारकाप्रो ना. १. बोक्सी, डाइनी आदि लागेका रोगीलाई रोगबाट मुक्त गराउनका लागि धपधप बलिरहेको अगुल्टामा धामी - झाँक्रीले सालधूपको धुलो हाली झ्वार्र ज्वाला निकाल्दै उसको शरीर सेकेर गर्ने उपचार।
28323 छारकाप्रो ना. २. गोडा आदिमा दम्को परेर वा अन्य कारणबाट भएको पीडा निको पार्नका निम्ति तताएका लोहोरा, खरानी, बालुवा आदिलाई कपडाले बेरेर सेक्न बनाइएको वस्तु।
28324 छारकाप्रो ना. ३. त्यसैले सेक्ने काम।
28325 छारकाप्रो ना. ४. झारा टार्ने काम।
28326 छारतोस ना. वेगसँग दौडने वा भाग्ने काम; सुइँकुच्चा।
28327 छारपन ना. हात्तीका एकापट्टिका पाखामा कडी लगाई हौदा कस्ने डोरी।
28328 छारस्ट वि. १. बिग्रिएको; भताभुङ्ग भएको; क्षतिग्रस्त; नष्ट; स्वाहा; छुट्टी। ना.
28329 छारस्ट वि. २. विनाश, सत्यानाश।
28330 छारे ना. मानसिक विकृतिका कारणले गर्दा आकस्मिक रूपमा मूर्च्छा पर्ने रोग; मृगी; चम्की।
28331 छारे रोग ना. एकाएक मूर्च्छा पर्ने रोग; अपस्मार।
28332 छारो ना. १. माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर।
28333 छारो ना. २. खरानी।
28334 छाल्नु स.क्रि. १. रुख, लहरा, पाट आदिबाट बोक्रा उक्काउनु; लोक्ता झक्नु।
28335 छाल्नु स.क्रि. २. छाला काढ्नु।
28336 छाल ना. १. वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरड्ग; लहरी।
28337 छाल ना. २. रुख आदिको बोक्रो; लोकतो।
28338 छाल ना. ३. सनपाट; पटुवा।
28339 छाला ना. १. शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला।
28340 छाला ना. २. रुख आदिको बोक्रो; लोकतो।
28341 छाला ना. ३. जग्गा-जमिन; खेतीपाती; पुँजी( बाबुबाजेको छाला, पुर्खाको छाला इ.)।
28342 छाला कमोट ना. विशेष प्रकारका घोलमा डुबाएर वा अरू कुनै प्रक्रियाद्वारा जुत्ता, ब्याग, बाकस आदि बनाउने छालालाई नरम पार्ने वा कमाउने काम।
28343 छालाजुत्ता कारखाना ना. छालाका जुत्ताहरू बनाउने कारखाना (बाँसवारी छालाजुत्ता कारखाना आदि)।
28344 छालिनु अ.क्रि. छाला उक्काइनु; छाला काढ्ने काम गरिनु।
28345 छाली ना. दुध, दही आदिमा मास्तिर लागेको बाक्लो तर।
28346 छाले वि. १. आफैँ अजमाएर साररहित वा तथ्यहीन कुरा गर्ने; मनगढन्त र नभएका कुरा गर्ने।
28347 छाले वि. २. उत्ताउलो स्वभावको; नखरमाउलो।
28348 छाले वि. ३. उत्ताउली; नखरमाउली।
28349 छाल्टिन ना. सनपाट आदिबाट तयार गरिएको धागाले बुनेको चिप्लो कपडा।
28350 छाल्याइँ ना. छाले हुनाको भाव; उत्ताउलोपना; चञ्चलता।