Dictionary

All Word

28201 छात्र सङ्गठन / सङ्घ ना. छात्रहरूको हक र हितका निम्ति गठित संस्था; छात्रछात्राहरूको सङ्घ; विद्यार्थीसङ्गठन।
28202 छात्रा ना. १. छात्रको स्त्रीलिङ्ग।
28203 छात्रा ना. २. विद्यालयमा भर्ना भई औपचारिक रूपले विद्याध्ययनमा लागेकी स्त्री।
28204 छात्रालय/छात्रावास ना. छात्र वा छात्राहरू सामूहिक रूपमा बस्ने घर।
28205 छाद्नु स.क्रि. १. खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु।
28206 छाद्नु स.क्रि. २. कलमले मसी उकेल्नु।
28207 छाद्नु स.क्रि. ३. भन्न नचाहेको कुरो करकापमा परेर भन्न बाध्य हुनु।
28208 छाद ना. १. खाएर पेटमा पुगिसकेको वस्तु कुनै कारणवश उल्टी भएर निस्कने शारीरिक प्रक्रिया; वमन; बान्ता;वाक।
28209 छाद ना. २. बान्ता गरेको वस्तु; उल्टी।
28210 छादक ना. १. घर छाउने व्यक्ति। वि.
28211 छादक ना. २. ढाक्ने, छोप्ने (वस्तु)।
28212 छादन ना. १. घरको छाउनी; छानो; छत।
28213 छादन ना. २. ढाक्ने वा छोप्ने काम।
28214 छादन ना. ३. पर्दा।
28215 छादित वि . छाइएको; छोपिएको; ढाकिएको।
28216 छादिनु क.क्रि. छाद्ने काम गरिनु।
28217 छान्नु स.क्रि. १. चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु;केलाउनु।
28218 छान्नु स.क्रि. २. मन पराउनु; रोज्नु।
28219 छान्नु स.क्रि. ३. खोज्नु; पत्तो लाउनु।
28220 छान्नु स.क्रि. १. कपडा, जाली, चाल्नी आदिद्वारा चाल्ने काम गरेर खस्रो र मसिनु वस्तु छुट्ट्याउने काम गर्नु।
28221 छान्नु स.क्रि. २. त्यसरी नै तरल पदार्थमा परेका थेगर आदि छुट्ट्याउनु।
28222 छानछिन ना. १. लिएको वा खाएको रिन छिनाफाना हुने काम; फर्स्यौट; छिनाफाना।
28223 छानछिन ना. २. परस्परमा भएको झगडा सिद्धिने क्रिया; फैसला; अन्तिम निर्णय।
28224 छानबिन ना. १. छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम।
28225 छानबिन ना. २. खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम।
28226 छानबिन ना. ३. तलासी लिएर कुनै कुरो बिन्ने अर्थात् केलाउने कार्य।
28227 छाना ना. छानु; छत।
28228 छानिनु क.क्रि. १. छान्ने काम गरिनु; रोजिनु; चुनिनु।
28229 छानिनु क.क्रि. २. केलाइनु।
28230 छानिनु क.क्रि. ३. चालिनु।
28231 छानिनु क.क्रि. ४. खोजिनु।
28232 छानु//छानो ना. घर, कटेरा, गोठ आदिलाई घामपानीबाट सुरक्षित राख्नका निम्ति मास्तिर हालिने खर, टाली वा टायल, टिन आदिको छादन; छाना।
28233 छान्दस वि. छन्दस्नामक उपनिषद्सम्बन्धी; वेदसम्बन्धी; वैदिक।
28234 छान्दोग्य ना. १. सामवेदका ब्राह्मणको एक भाग।२. दश उपनिषद्मध्ये एक।
28235 छान्ना ना. १. दहीमा पानी हालेर मथेको तरल पदार्थ; पखाले।
28236 छान्ना ना. २. राइता।
28237 छान्ना ना. ३. सिकर्नी।
28238 छान्ना ना. ४. लस्सी।
28239 छाप्नु स.क्रि. १. ब्लक, टाइप आदिका सहायताले चित्र वा अक्षर निकाल्नु; पुस्तक, पत्रपत्रिका आदि मुद्रण गर्नु।
28240 छाप्नु स.क्रि. २. छापाद्वारा कपडा आदिमा बुट्टा हाल्नु; छिप्नु।
28241 छाप्नु स.क्रि. १. इँट, ढुङ्गा, फलेक आदि भुइँमा मिलाएर ओछ्‌याउनु; सेलिङ् गर्नु।
28242 छाप्नु स.क्रि. २. रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु।
28243 छाप्नु स.क्रि. ३. छोप्नु; ढाक्नु।
28244 छाप ना. १. रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउनका निम्ति अक्षर काटिएको वा चित्र कुँदिएको साधन।
28245 छाप ना. २. त्यसैबाट छापिएको अक्षर वा चित्र; छापा।
28246 छाप ना. ३. साँचामा ढालेर बनाइएको टिको।
28247 छाप ना. ४. गहिरो प्रभाव; असर।
28248 छाप ना. ५. कुनै काम गरेबापत जुनीभर आयस्ता खान पाउने गरी सरकारबाट दिइएको जमिन; थापाको खान्गी; थपालो (उदा.- दिवानछाप, भोटेछाप, रामेछाप इ.)।
28249 छाप ना. ६. ठाउँ; थलो।
28250 छापाछाप क्रि.वि. प्रत्येक छाप अर्थात् ठाउँ नबिराइने गरी; हरेक ठाउँमा; ठावैँपिच्छे; सर्वत्र।