Dictionary

All Word

42351 देउले च्याउ ना. धमिराको गुँडबाट उम्रने; लाम्चोलाम्चो आकारको एक थरी च्याउ।
42352 देउसिरे ना. देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी।
42353 देउसे ना. देउसी गाउने वा खेल्ने व्यक्ति; देउसी खेलका मण्डलीको सदस्य।
42354 देउसी ना. १. लक्ष्मीपूजाका भोलिपल्ट र पर्सिपल्ट अर्थात् हलतिहार र भाइतिहारका दिन बेलुकी भट्याइने गाथा; देउसिरे; द्यौसी।
42355 देउसी ना. २. त्यस्तो गाथा वा गीत गाउँदै माग्ने र आसिक दिने काम।
42356 देक्ची ना. हे. डेक्ची।
42357 देख्नु स.क्रि. १. दृष्टिशक्ति वा आँखाद्वारा कुनै वस्तु रूपरङ्ग, आकारप्रकार तथा दृश्य आदिको ज्ञान पाउनु; अवलोकन गर्नु; हेर्नु।
42358 देख्नु स.क्रि. २. कायल हुनु; चेत्नु।
42359 देख्नु स.क्रि. ३. अनुमान गर्नु; अड्कल काट्नु; विचार गर्नु; ठान्नु; मान्नु। (उदा.- उसले पछि हुने कुरा पहिले नै देखेको हुन्छ।)।
42360 देख वि. देखिने; दृष्ट; दृष्टिगोचर।
42361 देखअदेख वि. देखिने र नदेखिने; देखिएको वा नदेखिएको।
42362 देखतभुली ना. १. कुनै वस्तु देख्नासाथ आफैँलाई भुल्ने र हेरेकोहेऱ्यै हुने स्थिति; इन्द्रजाल; चटक; जादुगरी।
42363 देखतभुली ना. २. जालझेल; छलकपट।
42364 देखरेख ना. सुरक्षाका निमित्त हेरविचार गर्ने काम; रेखदेखको व्यवस्था; निगरानी।
42365 देखा क्रि.वि. १. सम्मुखमा; सामुन्ने।
42366 देखा क्रि.वि. २. देखे जस्तै गरी;अनुकरण वा नकल गरेर। ना.
42367 देखा क्रि.वि. ३. आँखाका अगाडिको ठाउँ;आँखाका सामुन्नेको ठाउँ।
42368 देखा क्रि.वि. ४. देखिने काम;हेराइ; दृष्टि।
42369 देखाइ ना. देख्ने क्रिया वा प्रक्रिया।
42370 देखाइनु क.क्रि. देख्न लाइनु।
42371 देखाउनु स.क्रि. / प्रे. क्रि. १. कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पर्नु।
42372 देखाउनु स.क्रि. / प्रे. क्रि. २. कुराकानी गरेर सम्झाउनु;उदाहरण दिएर बुझाउनु।
42373 देखाउनु स.क्रि. / प्रे. क्रि. ३. निर्देश गर्नु; बाटो देखाउनु।
42374 देखाउनु स.क्रि. / प्रे. क्रि. ४. ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनुकेराउनु।
42375 देखादेख ना. १. परस्पर एकले अर्कोलाई देख्ने काम; हेराहेर। क्रि.वि.
42376 देखादेख ना. २. आँखाको अघिल्तिर भए जस्तै गरी;हेर्दाहेर्दै;देखादेखी।
42377 देखादेखी क्रि.वि. आँखाकै अघिल्तिर भए झैँ गरी; देख्दादेख्दै;हेर्दाहेर्दै।
42378 देखान ना. १. अरूलाई आपत् पर्दा खुब खुसी भएर हेर्ने काम; अर्काको कष्टलाई रमिता मानेर हेर्ने काम।
42379 देखान ना. २. कुनै कामकुरो बितिसक्दा पनि पक्क परेर हेरिरहने काम।
42380 देखार ना. १. अगाडि पर्ने काम; सामुमा पर्ने काम।२. दृष्टि।
42381 देखावट ना. भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ।
42382 देखावटी वि. कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको; आडम्बरपूर्ण देखावटको; बनावटी; नक्कली; देखौवा।
42383 देखासिकी ना. अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम; अनुकरण; नकल; सिको; देखासिको। देखासिकी गरी खा, आरिसे मरी जा (उखान )।
42384 देखासिको ना. देखासिकी।
42385 देखि प.स. १. कारकका चिह्नहरूमा अपादान कारकको एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा।
42386 देखि प.स. २. सित;सँग; साथ।
42387 देखिन् प.स. पञ्चमी विभक्तिबोधक एक रूप; बाट; देखि।
42388 देखी क्रि.वि. १. देख्ने काम गरेर; देखेर।
42389 देखी क्रि.वि. २. स्पष्टसँग;प्रत्यक्ष।
42390 देखी जान्ने वि. कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जाने; चस्मदिद (साक्षी इ.)।
42391 देखी नसहने वि. अरू कसैलाई मन नपराउने स्वभाव भएको।
42392 देखीनिम्तो ना. खोजखबर नगरी सामुमा देखा पर्दा मात्रै गरिने निमन्त्रणा; बोक्रे निम्तो।
42393 देखीमाया ना. बाहिरी माया; बोक्रे माया; देखौवा प्रेम।
42394 देखीसुन्ने वि. घटना आदि देख्नेले भनेको कुरा सुन्ने (व्यक्ति)।
42395 देखौवा वि. ढाँचा वा स्वाङमा अडेको; देखाउनका लागि मात्र; देखावटी; आडम्बरपूर्ण; बोक्रे।
42396 देदीप्यमान वि. ज्यादै चहकिलो; निकै चहकदार; जाज्वल्यमान।
42397 देन ना. १. कुनै वस्तु दिनाको क्रिया वा भाव।
42398 देन ना. २. दिइएको त्यस्तो वस्तु।
42399 देन ना. ३. विशेष उपकार वा हित हुने गरी कुनै विशेष व्यक्तित्व वा कृतित्वद्वारा सामूहिक रूपमा प्राप्त भएको महत्त्वपूर्ण वस्तु वा कुरा।
42400 देन ना. ४. कुनै वस्तु दिने वा चुकाउने दायित्व।