Dictionary

All Word

42201 दूरदुहाइ ना. ३. डराएको; भयभीत।
42202 दूरदुहाइ ना. ४. कायल भएको।
42203 दूरदृष्टि ना. भविष्यका कुराको विचार गर्ने गुण वा शक्ति; दूरदर्शिता।
42204 दूर निरीक्षक ना. दूरबिन।
42205 दूरबिन ना. टाढा रहेका वस्तुलाई नजिकै भए जस्तै गरी स्पष्ट र ठुलो पारेर देखाउने यन्त्र; दूरवीक्षण; दूरनिरीक्षक।
42206 दूरभाष ना. टाढा बोलेको कुरालाई सुनाउने यन्त्र; आकाशवाणी;वायरलेस; बेतारको तार।
42207 दूरमुद्रण ना. कुनै ठाउँबाट टाइप गर्दा विद्युत्शक्तिको सहायताले टाढाको अर्को ठाउँमा आफै टाइप हुने प्रक्रिया; टेलिप्रिन्टिङ।
42208 दूरमुद्रण यन्त्र ना. त्यस्तो आफैँ टाइप हुने यन्त्र; टेलिप्रिन्टर।
42209 दूरवर्ती वि. धेरै टाढा पर्ने; टाढा रहेको; दूरस्थ।
42210 दूरवाणी ना. दूरभाष; टेलिफोन।
42211 दूरवीक्षण ना. १. टाढाको वस्तुलाई हेर्ने यन्त्र; दूरबीन।
42212 दूरवीक्षण ना. २. टाढासम्म देख्ने काम।
42213 दूरव्यापी वि. १. दूर ठाउँसम्म प्रभावित रहने।
42214 दूरव्यापी वि. २. धेरै पछिसम्म असर रहिरहने।
42215 दूरसञ्चार वि. धेरै टाढाटाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने, एक ठाउँदेखि अर्का ठाउँमा खबरसमाचार आदि पुऱ्याउने (क्रिया-प्रक्रिया आदि)।
42216 दूरसञ्चार सेवा ना. टाढाटाढासम्मका लागि समाचार, आदिको आदानप्रदानको कार्य गरिने सेवा।
42217 दूरस्थ / स्थित वि. टाढा रहेको; परै रहेको; दूरवर्ती।
42218 दूरागत वि. धेरै टाढाबाट आएको; दूर देशबाट आएको।
42219 दूरान्वय ना. १. विशेषण र विशेष्य, कर्ता र कर्म आदि उपयुक्त ठाउँमा नरही वरपर रहनाले अन्वय गर्न अप्ठ्यारो हुने स्थिति।
42220 दूरान्वय ना. २. साहित्यिक रचनामा त्यस्तो क्लिष्टता उत्पन्न हुने एक दोष।
42221 दूरी ना. हे. दुरी।
42222 दूर्वा ना. दुबो।
42223 दूर्वाष्टमी ना. हिन्दूहरूले व्रत बस्ने भाद्र शुक्ल अष्टमीको दिन।
42224 दूषक वि. १. अरूलाई दोष लगाउने; अरूमाथि दोष थोपर्ने।
42225 दूषक वि. २. अर्काको निन्दा गर्ने; निन्दक। ना.
42226 दूषक वि. ३. अरूमाथि दोषारोपण गर्ने व्यक्ति; दोष लाउने मानिस।
42227 दूषक वि. ४. दुष्ट स्वभावको व्यक्ति।
42228 दूषक वि. ५. घाउ लागेको ठाउँमा पकाउने वा दूषित पार्ने एक प्रकारको औषधी।
42229 दूषण ना. १. दोष लाउने क्रिया वा भाव; दोषारोपण।
42230 दूषण ना. २. दोषयुक्त स्वभाव; दोष।
42231 दूषण ना. ३. अवगुण; बैगुन; नजातीपन।
42232 दूषण ना. ४. रावणका भाइहरूमध्ये रामद्वारा पञ्चवटीमा मारिएको एक भाइ।
42233 दूषणीय वि. १. दोष लगाउन सकिने।
42234 दूषणीय वि. २. दोष निकाल्न सकिने।
42235 दूषिका ना. १. आँखाका कोसमा जम्ने मल; कचेरा; चिप्रा।
42236 दूषिका ना. २. चित्र बनाउने कुची।
42237 दूषित वि . १. दोष भएको; दोषयुक्त; दोषी।
42238 दूषित वि . २. खराब; नजाती; निन्दित।
42239 दूषित धुवाँ ना. प्राणीका स्वास्थ्यलाई असर गर्ने विषाक्त धुवाँ।
42240 दूषित बाफ ना. प्राणीहरूका स्वास्थ्यलाई हानि गर्ने खालको विषाक्त बाफ।
42241 दूषित विश्वास ना. नृतत्त्वशास्त्रका अनुसार अभिचारको भावनाले प्रेरित भएर गरिएको विश्वास वा आस्था।
42242 दूषित हावा ना. प्राणीहरूका स्वास्थ्यलाई हानि गर्ने दूषित वायु; विषाक्त हावा।
42243 दृक् ना. १. आँखा; नजर।
42244 दृक् ना. २. हेर्ने काम; हेराइ।
42245 दृक् ना. ३. ज्ञान।
42246 दृक्पथ ना. दृष्टिपथ।
42247 दृग्गोचर वि. आँखाअगाडि परेको वा सामुन्नेको; दृष्टि पुगेको;नजिकैको।
42248 दृढ वि. १. भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल;अडिग।
42249 दृढ वि. २. बलियो; दह्रो; दह्रिलो; हट्ठाकट्ठा।
42250 दृढ वि. ३. धेरै दिनसम्म अड्ने; टिकाउ; खपाउ।