Dictionary

All Word

42151 दुहाई वि.बो. ३. दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना।
42152 दुहाउनु प्रे. क्रि. दुहुन लाउनु; दुहुने पार्नु।
42153 दुहिता ना. १. छोरी।
42154 दुहिता ना. २. विवाह मण्डपमा बेहुलाबेहुलीले पासा खेल्दा उनीहरूको शिरमाथि ढाकी लावा, फूल, अक्षता आदि हालेर चलाइने कपडा।
42155 दुहिनु क.क्रि. दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु।
42156 दुहुनी वि. १. दुध दिइरहेको; नथाकेको; बियाएको;लैनो (गाईभैँसी)। ना.
42157 दुहुनी वि. २. दुध; ओलन।
42158 दुहुनु स.क्रि. १. गाईभैँसी आदिको थुन निचोरी दुध निकाल्नु; बस्तुभाउबाट दुध झिक्नु।
42159 दुहुनु स.क्रि. २. कुरो धुत्नु; मन चोर्नु।
42160 दुहुनु स.क्रि. ३. बाटिएको धागो वा डोरी आदिका पोया छुट्ट्याउन हातले सेप्नु; खिप्नु।
42161 दुहुनु स.क्रि. ४. कुनै वस्तु सित्तै फुत्काएर लिनु।
42162 दुहुनो वि. दुध दिने; लैनो (गाई, भैँसी आदि); दुहुनी।
42163 दुहुवा वि. १. मनका कुरा धुत्न सक्ने।
42164 दुहुवा वि. २. दुहेर लिने; दुहुने खालको।
42165 दूत ना. १. खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमष्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।
42166 दूत ना. २. राजनीतिक कार्यका निम्ति एक देशबाट अर्का देशमा गएर बसी कुटनैतिक काम गर्ने प्रतिनिधि; राजनीतिक प्रतिनिधि; राजदूत।
42167 दूत ना. ३. प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लाने पात्र।
42168 दूत ना. ४. यताको कुरा उता र उताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा।
42169 दूत ना. ५. कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर।
42170 दूत ना. ६. नाटकका नायकको सन्देशवाहक; नाटकका नायकको एक किसिमको सहायक।
42171 दूतक ना. १. प्राचीन कालमा राजामहाराजाका आज्ञा तथा सन्देशहरू जनतामा प्रचार गर्ने व्यक्ति (कर्मचारी)।
42172 दूतक ना. २. दूत।
42173 दूतत्व ना. दूतले गर्नुपर्ने काम; दूत हुनाको काम, भाव वा अवस्था।
42174 दूतावास ना. कुनै देशमा अन्य देशका राजदूत, वाणिज्यदूत आदि अधिकारीहरू रहने ठाउँ; राजदूतको आवास वा कार्यालय।
42175 दूतिका / दूती ना. १. दूतको काम गर्ने नारी; दूती।
42176 दूतिका / दूती ना. २. साहित्यमा, प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी।
42177 दूध ना. हे. दुध।
42178 दून ना. हे. दुन।
42179 दूबो ना. हे. दुबो।
42180 दूर वि. १. देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले कुनै निश्चित वस्तु, बिन्दु, व्यक्ति आदिभन्दा धेरै अन्तर भएको; निकै परको; टाढाको। क्रि.वि.
42181 दूर वि. २. त्यस्तो अन्तर वा फरकमा; निकै पर वा टाढा हुने गरी टाढा; पर।
42182 दूरगामी वि. टाढासम्म जाने; धेरै पर पुग्ने।
42183 दूरङ्गमा ना. बौद्ध धर्मका अनुसार दशभूमि र त्रयोदशभूमिको सातौँ भूमि।
42184 दूरचित्र ना. विद्युत्का सहायताले दुरीमा प्रस्तुत गरिने चित्र वा प्रतिकृति (टेलिफोटोग्राफ)।
42185 दूरता/त्व ना. दूर हुनाको भाव वा अवस्था; दुरी।
42186 दूरदर्शक ना. १. विद्वान्; पण्डित। वि.
42187 दूरदर्शक ना. २. दूरदृष्टि भएको; दूरदर्शी।
42188 दूरदर्शक ना. ३. पछि आउने परिणामको विचार पुऱ्याउने।
42189 दूरदर्शक ना. ४. बुद्धिमान्।
42190 दूरदर्शक यन्त्र ना. टाढासम्मको वस्तुलाई देखाउने यन्त्र; दूरबीन; दूरवीक्षक।
42191 दूरदर्शन ना. १. टाढासम्म दृष्टि पुऱ्याउने वा त्यहाँका दृश्यहरू अवलोकन गर्ने काम।
42192 दूरदर्शन ना. २. पछिसम्मका कुराको सोचाइ वा सम्झाइ।
42193 दूरदर्शन ना. ३. बिजुलीको यन्त्रद्वारा टाढाको वस्तु, दृश्य, कार्यक्रम आदिलाई प्रदर्शित गर्ने काम।
42194 दूरदर्शन ना. ४. त्यस्तो कार्यक्रमको प्रदर्शन गर्ने यन्त्र; बोल्ने, गाउने व्यक्तिहरूको स्वर सुन्नुका साथसाथै उनीहरूको अनुहार तथा हाउभाउ पनि देखिने रेडियोका ढाँचाको एक वैज्ञानिक उपकरण; टेलिभिजन।
42195 दूरदर्शिता ना. १. दूरदर्शी हुनाको भाव वा अवस्था।
42196 दूरदर्शिता ना. २. धेरै पछि हुने कुराको विचार गर्ने गुण वा शक्ति।
42197 दूरदर्शी वि. १. धेरै पछिसम्म हुने कुराको विचार पुऱ्याउने; भविष्यचिन्तक। ना.
42198 दूरदर्शी वि. २. पण्डित; विद्वान्।
42199 दूरदुहाइ ना. १. कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था।
42200 दूरदुहाइ ना. २. धोका पाएर वा अन्य कुनै कारणवश त्यस्तो काम फेरि नगर्ने हिसाबले गरिने प्रतिज्ञा; चेतेर होस पुऱ्याउने काम;कायल; चेतबाबा काशी। वि.