Dictionary

All Word

42251 दृढ वि. ४. हेरफेर नहुने; फरक नपर्ने; पक्का।
42252 दृढ वि. ५. आफ्नो विचारमा अडिग रहने; सिद्धान्त स्थिर भएको।
42253 दृढकर्मा वि. पूर्ण विश्वास तथा स्थिरताका साथ आफ्नो काममा लाग्ने; लक्ष्यबाट विचलित नहुने।
42254 दृढता /त्व ना. १. दृढ हुनाको भाव, गुण वा अवस्था।
42255 दृढता /त्व ना. २. दह्रिलोपन; मजबुती।
42256 दृढनिश्चय ना. आफ्नो विचार वा सिद्धान्तमा अडिरहने; आफ्नो निश्चयबाट पर नहट्ने।
42257 दृढप्रतिज्ञ वि. आफूले बोलेका कुरा पुऱ्याउने; आफ्नो प्रतिज्ञा वा वचनको पालना गर्ने।
42258 दृढव्रत/व्रती वि. आफ्नो सङ्कल्प वा मनले आँटेका कुरामा दृढ रहने; दृढप्रतिज्ञ।
42259 दृढसन्धि वि. फेरि नछुट्ने; नफुक्लने गरी जोडिएको वा मिलेको;बलियो जोर्नी भएको।
42260 दृति ना. १. शरीरका बाहिरपट्टि आवरणको रूपमा रहने वस्तु; चर्म; छाला।
42261 दृति ना. २. छालाबाट बनेको थैलो वा भाँडो; चर्मपात्र।
42262 दृति ना. ३. गाईगोरुका गलामा झुन्डिएको छालाको पातलो लुर्कन; माल।
42263 दृश्य वि. १. हेर्न वा देख्न सकिने; देखिने; चाक्षुस (दृश्य जगत् वा दृश्य वस्तु)।
42264 दृश्य वि. २. ठिकसँग जान्न वा बुझ्न सकिने; ज्ञेय र स्पष्ट।
42265 दृश्य वि. ३. हेर्न लायक; दर्शनीय; मनोहर; सुन्दर। ना.
42266 दृश्य वि. ४. देखिने वा हेर्न योग्य प्राकृतिक वा निर्मित स्थल, घटना, पदार्थ, वस्तु आदि।
42267 दृश्य वि. ५. दर्शनीय स्थान।
42268 दृश्य वि. ६. साहित्यमा, अभिनय हुन सक्ने वा हुने रचना; अभिनय काव्य; नाटक।
42269 दृश्य वि. ७. नाटकको मञ्चनमा एक अङ्कभित्र अघिल्लो पर्दा खुलेर फेरि त्यही पर्दा बन्द नभएसम्मको एक अंश वा भाग; नाटकमा प्रस्तुतीकरणको सुविधाका दृष्टिले छुट्ट्याइएका कुनै एक घटनाको विभाग।
42270 दृश्य वि. ८. आँखाकै अगाडि भएको कुनै तमासा वा मनोरञ्जक व्यापार।
42271 दृश्य वि. ९. गणितमा अङ्कको रूपमा दिइएको ज्ञात सङ्ख्या। १०. शिक्षणकार्यमा प्रयोग गरिने स्लाइड, पोस्टर आदि सामग्री।
42272 दृश्य काव्य ना. काव्यका श्रव्य र दृश्य दुई भेदमध्ये अभिनयद्वारा प्रस्तुत गर्न सकिने एक भेद; अभिनेय काव्य; नाटक; रूपक।
42273 दृश्यमान वि. १. देखिने; देखिएको; दृष्टिगोचर भएको; आँखामा परेको।
42274 दृश्यमान वि. २. प्रकाशमान; चहकिलो।
42275 दृश्यात्मक वि. १. देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने।
42276 दृश्यात्मक वि. २. देखाइने उद्देश्य राखिएको; प्रदर्शनात्मक (नाटक आदि)।
42277 दृश्यात्मकता ना. दृश्यात्मक हुनाको क्रिया, भाव वा स्थिति।
42278 दृश्यावली ना. दृश्यहरूको पङ्क्ति; पङ्क्तिबद्ध रूपमा देखिने दृश्यसमूह।
42279 दृश्यांश ना. चलचित्र आदिमा प्रासङ्गिक देखिने तर छोटो अंश; अभिनेय वस्तुको सानो टुक्रो।
42280 दृष्ट वि. १. आँखा अगाडि परेको; देखिएको।
42281 दृष्ट वि. २. जानिएको; ज्ञान गरिएको।
42282 दृष्ट वि. ३. छर्लङ्ग भएको; प्रत्यक्ष ना.
42283 दृष्ट वि. ४. अनुभव; ज्ञान।
42284 दृष्ट वि. ५. दर्शन; अवलोकन।
42285 दृष्ट वि. ६. साक्षात्कार; प्रत्यक्षीकरण।
42286 दृष्टजा ना. नछुने भएकी केटी;रजस्वला भएकी कन्या।
42287 दृष्टवत् वि. १. देखिए बराबरको; प्रत्यक्ष भए झैँ ।
42288 दृष्टवत् वि. २. लौकिक; सांसारिक।
42289 दृष्टान्त ना. १. प्रसङ्गमा आएका विषयवस्तुलाई छर्लङ्ग्याउने विषय वा वाक्य; प्रस्तुत गरिने उदाहरण।
42290 दृष्टान्त ना. २. उपमान र उपमेयका धर्महरूमा सादृश्य भएका खण्डमा पर्ने एक अलङ्कार।
42291 दृष्टार्थ वि. १. सबैले सम्झने, बुझ्ने गरी अर्थ स्पष्ट भएको; सजिलैसित माने लाग्ने।
42292 दृष्टार्थ वि. २. व्यावहारिक; चलनमा आएको।
42293 दृष्टि ना. १. हेरेर ज्ञान प्राप्त गरिने वा जानिने-बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन।
42294 दृष्टि ना. २. हेर्ने इन्द्रिय;आँखा; नयन; नेत्र।
42295 दृष्टि ना. ३. कुनै काम वा व्यवहारप्रतिको सोद्देश्य विचार वा राय।
42296 दृष्टि ना. ४. कुनै कुरा पाउने लालसाले हेर्ने काम; लोलुप हेराइ।
42297 दृष्टि ना. ५. लोकधारणाअनुसार बोक्सीविद्या जानेका आइमाईको र डाइनी आदिको हेराइ; कुदृष्टि।
42298 दृष्टि ना. ६. दृष्टिबन्धक; दृष्टिबन्धकी ( तमसुक )।
42299 दृष्टि ना. ७. वास्तु वा मूर्तिकलाका अनुसार सात मात्रा बराबरको नाप; सात अङ्गुल बराबरको नाप।
42300 दृष्टिकोण ना. १. कुनै पनि विषयवस्तुका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी; विचार वा विवेचना गर्ने ढङ्ग।