Dictionary

All Word

42301 दृष्टिकोण ना. २. कुनै विषयका सम्बन्धमा प्रतिपादित कसैको मत; आफ्नै मनन तथा आत्मनिश्चयका साथ गरिएको राय। ३ हेर्ने अर्थात् ठम्याउने ढङ्ग; हेराइ।
42302 दृष्टिगत ना. १. दृष्टिमा आएको; देखा परेको; देखिएको।२. आँखाकै अघिल्तिरको; आँखाकै सामुको।
42303 दृष्टिगोचर वि. १. आँखाले नै देखेको; दृष्टिगत।
42304 दृष्टिगोचर वि. २. सामुन्नेको; साक्षात्कार भएको; प्रत्यक्ष।
42305 दृष्टिदोष ना. १. दोषपूर्ण हेराइ; दृष्टिको भुल।
42306 दृष्टिदोष ना. २. असावधानी वा हतारका कारणले लेख्ने-पढ्ने वा कुनै काम गर्ने कुरामा हुने बिराम।
42307 दृष्टिपथ ना. १. आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र।२. दृष्टिको फैलावट।
42308 दृष्टिपात ना. नजर लगाउने काम; आँखाले ठम्याउने काम; हेर्ने काम।
42309 दृष्टिबन्धक / बन्धकी ना. कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि। (यसमा धनीका नाममा जग्गाजमिन धितो राखे पनि सो धितो रिनीले नै चलनचल्ती गरेको हुन्छ।)
42310 दृष्टिभ्रम ना. हेर्दा भएको भुल; हेराइमा हुन गएको भ्रम; दृष्टिदोष।
42311 दृष्टिविक्षेप ना. १. कर्के आँखाले हेर्ने काम; कटाक्षपूर्ण दृष्टि,छड्के हेराइ।
42312 दृष्टिविक्षेप ना. २. दृष्टिपात।
42313 दृष्टिविन्दु ना. कुनै कृतिमा समाख्याताको स्थितिलाई जनाउने मुख्यतः चरित्र, कार्यव्यापार, परिवेश आदिको उपस्थापन पद्धति र कथनभूमिका।
42314 देउकी ना. आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउलीका रूपमा आजीवन अविवाहित रहने नारी।
42315 देउघाट ना. चितौन जिल्लामा त्रिशूली र कालीगण्डकी नदीको सङ्गममा रहेको प्राकृतिक एवं धार्मिक स्थल।
42316 देउचेली ना. देउकी; देवकी।
42317 देउडा ना. १. पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक ताल; देउरा; देउदुरा / द्यौडा।
42318 देउडा ना. २. सङ्गीतको प्रकारको ताल; सङ्गीतको तालभेद।
42319 देउता ना. १. देवता; द्यौता।
42320 देउता ना. २. सम्मान जनाउने शब्द; (जस्तो - बाहुनदेउता, राजादेउता इ.)।
42321 देउता ना. ३. धामीका आङमा चढेर कमाउने कुलाइन; बनझाँक्री आदि।
42322 देउतिनी ना. स्वास्नीमान्छेलाई खिस्याएर प्रयोग गरिने शब्द;द्यौतिनी।
42323 देउती ना. १. देउताको स्त्रीलिङ्गी रूप; देवी; द्यौती।
42324 देउती ना. २. देवता ( बालबोलीमा),द्यौती।
42325 देउतीमाता ना. १. देवी।
42326 देउतीमाता ना. २. जून ( बालबोलीमा )।
42327 देउतीर्थ ना. देवताको मन्दिर भएको ठाउँ वा तीर्थ; पुण्यस्थान; धार्मिक स्थल; धाम; द्यौतीर्थ।
42328 देउते वि. देउतालाई चढाउन भाकल गरिएको; देउतालाई चढाएको वा छुट्ट्याएको।
42329 देउते जात्रा ना. देउदेउताको जात्रा।
42330 देउते बोको ना. देवतालाई चढाउन भाकल गरिएको बोको।
42331 देउदुरा ना. हे. देउडा।
42332 देउदेउता ना. विभिन्न किसिमका देवताको समूह।
42333 देउनिगालो ना. निगालाका विभिन्न भेदमध्ये लेकमा हुने ठुलो खालको निगालो; द्यौनिगालो।
42334 देउनियाँ ना. झापा जिल्ला र यसका छेउछाउका गनगाईं; ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द। स्त्री. देउनियाँनी।
42335 देउमा ना. हाँसखेल गर्ने तरुणी; रसिक युवती;रमाइली ठिटी।
42336 देउरानी ना. देवरकी पत्नी; देवरानी; द्यौरानी।
42337 देउरानी जेठानी ना. देवर र जेठाजुका पत्नीहरू; देउरानी र जेठानी।
42338 देउराली ना. १. पहाडको उकालो सिद्धिने ठाउँ; भन्ज्याङ परेका ठाउँमा बटुवाहरूले देवदेवीलाई सम्झन एकएक ढुङ्गा चढाउँदै जाँदा देवलजस्तो भएको थुप्रो; वनदेवी; द्यौराली।
42339 देउराली ना. २. थुम्की वा भन्ज्याङ परेको ठाउँ वा डाँडो।
42340 देउराली डाँडो ना. १. देउरालीजस्तो गरी उठेको डाँडो।
42341 देउराली डाँडो ना. २. देउराली भएको डाँडो।
42342 देउराली पाखो ना. देउरालीका वरपरको पाखो; द्यौरालीको पाखो।
42343 देउराहार ना. १. थारू जातिको कुलदेवता।
42344 देउराहार ना. २. देवताको स्थान; देवालय।
42345 देउराहार ना. ३. देवता पुज्ने कोठा; पूजाकोठा।
42346 देउरिसी ना. १. देवर्षि।
42347 देउरिसी ना. २. नेपालको सुदूर पश्चिमको पहाडी भेकतिर बस्ने नेपालीको एक जाति।
42348 देउला ना. लोग्नेको भाइ; देवर।
42349 देउला ना. पोडे जातिलाई 'पुजारी' भनी सम्मान गर्दा प्रयोग गरिने शब्द।
42350 देउले वि. देउलसँग सम्बन्धित; देवलको जस्तो।