Dictionary

All Word

42101 दुष्ट वि. ३. छुच्चो; दुच्छर।
42102 दुष्ट वि. ४. दोष भएको; दूषित;बिटुलो।
42103 दुष्टचेता वि. दुष्ट स्वभावको; अशुभचिन्तक; दुर्जन।
42104 दुष्टता ना. १. दुष्ट हुनाको भाव वा अवस्था; दुष्ट्याइँ।२. छोटोपन; क्षुद्रता।
42105 दुष्टपन ना. दुष्टता।
42106 दुष्टबुद्धि वि. अर्काको कुभलो चिताउने बुद्धि भएको; खराब स्वभावको।
42107 दुष्टा वि. १. (दुष्टको स्त्रीरूप) दुष्ट स्वभाव भएकी।
42108 दुष्टा वि. २. वेश्या;कुलटा;असती।
42109 दुष्टाचार ना. खराब आचरण; नराम्रो बानीबेहोरा।
42110 दुष्टाचारी वि. दुष्टाचार भएको; दुराचारी।
42111 दुष्टात्मा वि. दुष्ट आत्मा भएको; खराब स्वभावको; दुरात्मा।
42112 दुष्ट्याइँ ना. दुष्ट हुनाको भाव, स्वभाव वा अवस्था; दुष्टता।
42113 दुष्पर्श वि. १. छुन मुस्किल पर्ने; छोइनसकिने।
42114 दुष्पर्श वि. २. छिटै नपाइने; दुष्प्राप्य।
42115 दुष्पर्शा ना. १. छँदा घोच्ने वा पोल्ने झार; सिस्नो।
42116 दुष्पर्शा ना. २. काउछो; बिहीँ।
42117 दुष्प्रकृति ना. १. खराब प्रकृति वा स्वभाव; दुष्प्रवृत्ति; दुष्ट स्वभाव।
42118 दुष्प्रकृति ना. २. दुश्चरित्र; नराम्रो आचरण। वि.
42119 दुष्प्रकृति ना. ३. नराम्रो आनीबानी भएको; खराब प्रकृतिको।
42120 दुष्प्रभाव ना. नराम्रो प्रभाव।
42121 दुष्प्रयास ना. खराब प्रयास; नराम्रो साहस; दुस्साहस।
42122 दुष्प्रवृत्ति ना. १. नराम्रो वा खराब स्वभाव; दुष्प्रकृति। वि.
42123 दुष्प्रवृत्ति ना. २. खराब स्वभाव भएको; नराम्रो बेहोरा भएको; नीच प्रवृत्तिको।
42124 दुष्प्राप्य वि. १. सजिलै पाउन नसकिने।
42125 दुष्प्राप्य वि. २. मुस्किलले मात्र पाइने; दुर्लभ।
42126 दुष्प्रेक्ष्य वि. १. सजिलैसित हेर्न वा देख्न नसकिने; अदर्शनीय।
42127 दुष्प्रेक्ष्य वि. २. हेर्नै नसकिने; हेर्न गाह्रो पर्ने।
42128 दुष्प्रेक्ष्य वि. ३. एक टकले हेर्न नसकिने; स्थिर दृष्टि नभएको।
42129 दुष्प्रेक्ष्य वि. ४. हेर्दैमा डर लाग्ने; भीषण; भयङ्कर।
42130 दुष्यन्त ना. पुरुवंशका पुराणप्रसिद्ध एक राजा; 'अभिज्ञान शाकुन्तलम्' नाटकका नायक; शकुन्तलाका पति।
42131 दुसाध ना. १. खराब स्वभाव भएको; दुर्जन; दुष्ट।
42132 दुसाध ना. २. भूतप्रेत; पिशाच।
42133 दुसाध ना. ३. नेपालको तराई क्षेत्रमा रहने एक जाति।
42134 दुस्तर वि . १. मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने।
42135 दुस्तर वि . २. तर्न नसकिने; पार पाउन कठिन।
42136 दुस्त्याज्य वि. त्याग गर्न नसकिने; छाड्न नहुने।
42137 दुस्थिति ना. लथालिङ्ग भएर बिग्रेको हालत; खराब अवस्था।
42138 दुस्मन ना. शत्रु; अमित्र; अरि; वैरी।
42139 दुस्मनी ना. दुस्मन हुनाको भाव वा अवस्था; शत्रुता; वैरभाव।
42140 दुस्सह वि. १. कठिनसँग सहन सकिने।
42141 दुस्सह वि. २. सहन नसकिने; असह्य।
42142 दुस्साहस ना. १. खराब काममा प्रवृत्त हुने आँट; दुष्प्रयास। वि.
42143 दुस्साहस ना. २. नराम्रो आँट भएको।
42144 दुस्साहसवाद ना. शत्रुपक्षको ठुलो शक्तिलाई आँक्तै नआँकी आफ्नो सानो शक्ति र सामान्य तयारीले नै जित्न खोज्ने आँट वा विचार।
42145 दुस्साहसवादी वि. दुस्साहसवादको अनुयायी; दुस्साहसी।
42146 दुस्साहसी वि. दुस्साहस गर्ने।
42147 दुहाइ ना. दुहुने भाव, क्रिया वा प्रक्रिया।
42148 दुहाइनु क.क्रि. दुहुन लाइनु।
42149 दुहाई वि.बो. १. कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो।
42150 दुहाई वि.बो. २. सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार।