Dictionary

All Word

42551 देवायुध ना. २. इन्द्रधनु; इन्द्रेनी।
42552 देवार ना. मसिना त्यान्द्राजस्ता पातका झुप्पा हुने र खोटो निस्कने एक जातको रुख; एक जातको सल्लो; देवदारु।
42553 देवाराधन/देवाराधना ना. देवताहरूलाई प्रसन्न तुल्याउन गरिने पूजा, पाठ, यज्ञ आदि; न्यास, ध्यान आदिद्वारा गरिने देवताहरूको पूजा; देवार्चन; देवार्चना।
42554 देवारि ना. १. देवताको शत्रु।
42555 देवारि ना. २. असुर; दैत्य।
42556 देवार्चन / देवार्चना ना. देवदेवताहरूको पूजा; देवपूजा; देउपूजा; देवाराधन; देवाराधना।
42557 देवार्पण ना. देवदेवताहरूलाई कुनै वस्तु अर्पण गर्ने वा चढाउने काम।
42558 देवालय ना. १. देवदेवताहरूको स्थापना गरिएको घर; मन्दिर;देवल।
42559 देवालय ना. २. स्वर्ग; देवभूमि।
42560 देवाली ना. परम्परादेखि मानिआएको कुलदेवतालाई प्रायः एक वर्षदेखि तीन वर्षसम्ममा गरिने पूजा वा सो अवसरमा चढाइने बलि आदि।
42561 देवी ना. १. स्त्री देवता; देवताकी स्त्री।
42562 देवी ना. २. दुर्गा, लक्ष्मी,सरस्वती आदि स्त्री देवताका नाम।
42563 देवी ना. ३. राज्याभिषेकका दिन राजसिंहासनमा बसेकी रानी; पटरानी; बडामहारानी।
42564 देवी ना. ४. अत्यन्त सुन्दर शीलस्वभाव एवं आचरण भएकी स्त्री।
42565 देवी ना. ५. स्त्री जातिका नामका पछाडि गाँसिने एक उपाधि ( उमादेवी, रमादेवी, विद्यादेवी इ.)।
42566 देवी ना. ६. संसारमा रहेको दैविक शक्ति।
42567 देवीघाट ना. १. देवीको मन्दिरनजिकै रहेको घाट।
42568 देवीघाट ना. २. बाग्मती अञ्चलको पश्चिमी भागमा पर्ने तादी र त्रिशूली नदीको सङ्गमस्थल।
42569 देवीपुराण ना. दुर्गाभगवतीको चरित्रको वर्णन भएको पुराण;देवीभागवत।
42570 देवीभागवत ना. भगवती वा देवीका चरित्रको वर्णन भएको पुराण;देवीका माहात्म्यको चर्चा भएको पुस्तक।
42571 देवीसरो ना. साउने सग्राँतीमा लुतो फ्याँक्ता प्रयोग गरिने एक प्रकारको वनस्पति।
42572 देवेन्द्र ना. देवदेवताका राजा वा मालिक; इन्द्र।
42573 देवेश ना. देवताका स्वामी; देवताका राजा; इन्द्र।
42574 देवोद्यान ना. देवताका बगैँचा (नन्दन, चैत्ररथ, वैभाज र सर्वतोभद्र गरी जम्मा चार बगैँचा)।
42575 देश ना. १. चारैतिर फैलिई अनेकौँ गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक।
42576 देश ना. २. एकै प्रणालीका शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र।
42577 देश ना. ३. कुनै ठाउँ वा स्थान।
42578 देशज वि. १. देशमा जन्मिएको वा उत्पन्न भएको (शब्द, वस्तु आदि)।
42579 देशज वि. २. देशवासीको प्रयोग तथा व्यवहारबाटै उत्पन्न भएको ( शब्द)।
42580 देशदर्शन ना. १. स्वदेशमा प्रचलित धर्म, संस्कृति, लोकव्यवहार आदिको निरीक्षण।
42581 देशदर्शन ना. २. यात्रा वा भ्रमणद्वारा हुने, देशमा भएका त्यस्ता विषय वा वास्तविकताको अध्ययन र चिन्तन।
42582 देशदेशान्तर / देशावर ना. अनेकौँ देशको समुदाय; देशविदेश।
42583 देशद्रोही वि. १. स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशमा हानि पुऱ्याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष मोह राख्ने। ना.
42584 देशद्रोही वि. २. स्वदेशमा झगडा उत्पन्न गराई आफ्नो स्वार्थ सिद्ध गर्ने व्यक्ति।
42585 देशधर्म ना. देशमा परम्परादेखि चल्दै आएको आचारविचार एवम् रीतिरिवाज; देशअनुसारको धर्म।
42586 देशना ना. ठुलाबडाले आफूभन्दा सानालाई शीलस्वभाव,आचारविचार, क्रियाकलाप आदिको सुधार गर्नका निम्ति दिने अर्ती;उपदेश; शिक्षा।
42587 देशनिकाला ना. देशद्रोही एवम् ठुलाठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लनका निम्ति बाध्य गरिने सजाय; निर्वासनदण्ड वा निष्कासनदण्ड।
42588 देशभक्त वि. देशका चालचलन, रीतिरिवाज, नीतिनियम आदिप्रति विश्वास राख्ने; देशप्रति बफादारी रहने; देशको पुजारी; देशप्रेमी; राष्ट्रप्रेमी; राष्ट्रभक्त; राष्ट्रवादी।
42589 देशभक्ति ना. देशको उन्नति-प्रगतिका निम्ति गरिने कार्य तथा स्वदेशमा रहेका रीतिरिवाज, नीतिनियम आदिप्रतिका सद्भावना; राष्ट्रभक्ति।
42590 देशभँडुवा वि. देशमा रहेका नीतिनियम,क्रियाकलाप आदिमा खोट देखाई तिनमा आशक्त रहेका जनताको मन बिथोल्दै देशमा असन्तोष र आक्रोशको वातावरण सिर्जना गर्ने (व्यक्ति)।
42591 देशभाँडा वि. १. देशमा रहेको शान्त एवं सुन्दर वातावरणलाई खलबल्याउँदै असामयिक एवं अवैधानिक आन्दोलन गर्ने (व्यक्ति)। ना.
42592 देशभाँडा वि. २. त्यस्तो काम।
42593 देशभाषा ना. कुनै देशका विभिन्न जातिहरूले मातृभाषाको रूपमा बोलिने भाषा; क्षेत्रीय भाषा (जस्तै- नेवारी, मगराँती, राई, लिम्बू, थारू आदि)।
42594 देशरक्षा ना. १. देशको सार्वभौमिक सत्ताको रक्षा गर्ने काम।
42595 देशरक्षा ना. २. विदेशबाट आफ्नो देशमा आक्रमण हुन नदिई रक्षा गर्ने काम।
42596 देशविदेश ना. देश तथा विदेश; देशदेशावर; देशदेशान्तर;देशावर; देशान्तर।
42597 देशाचार ना. कुनै पनि देशको प्रचलित रीतिरिवाज, नीतिनियम एवं आचारविचार; देशधर्म।
42598 देशाटन ना. देशविदेशको भ्रमण गर्ने काम; देशभ्रमण।
42599 देशान ना. अरू देशबाट सर्दै आएको रोग; सरुवारोग;महामारी; रूढी; देसान।
42600 देशान्तर ना. १. आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश।