Dictionary

All Word

42601 देशान्तर ना. २. पृथ्वीको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको सर्वमान्य मध्यरेखादेखि पूर्व वा पश्चिमको दुरी वा अन्तर।
42602 देशान्तरी वि. अर्का देशको; देशान्तरको; परदेशी;विदेशी।
42603 देशावर ना. स्वदेशदेखि बाहेकको अर्को देश;देशान्तर;विदेश; परदेश।
42604 देशी वि. १. देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको।
42605 देशी वि. २. स्वदेशमा उत्पादित वा निर्मित। ३ अरू देशको; विदेशी।
42606 देशी वि. ४. विदेशमा उत्पादित वा निर्मित। ना
42607 देशी वि. ५. विदेशमा बसेर वा काम गरेर फर्केको व्यक्ति; लाहुरे।
42608 देशी कपडा ना. १. स्वदेशमा उत्पादित कपडा।
42609 देशी कपडा ना. २. विदेशमा उत्पादित कपडा।
42610 देशी काग ना. सम्पूर्ण शरीर कालो भएको ठुलो काग।
42611 देशी केरा ना. लामालामा केही पातला कोसा हुने र भित्र पाक्ता पनि बाहिर हरियै देखने केराको एक जात।
42612 देशी गुँद ना. डाँठको गुन्द्री बुनिने कालोकालो खालको रङ हुने एक जातको गुँद।
42613 देशीय वि. १. देशको; स्वदेशसँग सम्बन्धित।
42614 देशीय वि. २. देशमा हुने तथा त्यसका आन्तरिक कुरासँग सम्बन्ध राख्ने।
42615 देसलाई ना. टुप्पामा बारुद लगाइएको आगो पार्ने छेस्का।
42616 देसाँद ना. विदेशबाट सर्दै आएको महामारी; एक प्रकारको सरुवा रोग; देशान; देसान।
42617 देसान ना. हे. देशान।
42618 देसिल्ला ना. ठुलठुला पात हुने एक जातको पान।
42619 देह ना. १. मानिस वा अन्य प्राणीको जिउ; आङ; शरीर।
42620 देह ना. २. जीवन; जिन्दगी।
42621 देहज ना. १. आफूबाट जन्मिएको व्यक्ति; छोरो।
42622 देहज ना. २. कामदेव।
42623 देहत्याग ना. भौतिक शरीर त्याग गर्ने काम; मरण; मृत्यु।
42624 देहधारी वि. १. शरीर धारण गर्ने; शरीरी।
42625 देहधारी वि. २. जीवधारी जन्तु वा मानिस; शरीर हुने जीव।
42626 देहपात ना. देहको नाश; देहको अन्त; मरण; मृत्यु।
42627 देहयात्रा ना. १. खानपानको व्यवस्था; जीवननिर्वाह; जीविका।
42628 देहयात्रा ना. २. देहले यात्रा गर्ने काम; मरण; मृत्यु।
42629 देहवान् वि. १. शरीरधारी; देहधारी। ना.
42630 देहवान् वि. २. जीव; प्राणी।
42631 देहली ना. १. ढोकाका चौखटको तल्लो भाग; ठेलो; सँघार।
42632 देहली ना. २. चौखटका प्वालमा लगाइने काठ आदिका फग्लेँटा; ढोका; दैलो।
42633 देहली ना. ३. भारतको राजधानी दिल्ली।
42634 देहलीदीपक ना. १. भित्र तथा बाहिर दुवैतिर उज्यालो होस् भनी ढोकामा राखिएको बत्ती।
42635 देहलीदीपक ना. २. एउटै शब्दको दुईतिर अन्वय भई दुवैतिर अर्थ लाग्दा हुने एक प्रकारको अर्थालङ्कार।
42636 देहलीदीपकन्यास ना. ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क।
42637 देहा ना. हे. देहाय।
42638 देहाग्निग्रन्थि ना. पाकस्थलीमा पाचनरस प्रदान गर्ने ग्रन्थिविशेष।
42639 देहाणु ना. शरीरको निर्माणका निम्ति आवश्यक कण र कोष।
42640 देहात ना. १. धेरै गाउँ भएको, खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने मानिसहरूको बस्ती; ग्राम; गाउँ। २ तराई;कछार।
42641 देहात ना. ३. काँठ।
42642 देहाती वि. १. देहातमा बसोबास गर्ने; गाउँले; ग्रामीण।
42643 देहाती वि. २. काँठे;कछारे, कोर्काली।
42644 देहाती वि. ३. देहातसम्बन्धी; देहातमा भएको, चलेको वा पाइने।
42645 देहात्मवाद ना. शरीरलाई नै आत्मा वा ईश्वरको स्वरूप मान्ने एक प्रकारको दार्शनिक विचार वा सिद्धान्त; भौतिकवाद।
42646 देहात्मवादी वि. देहात्मवादको समर्थक तथा अनुयायी।
42647 देहान्त ना. देहको अन्त; देहावसान; मरण; मृत्यु।
42648 देहान्तर ना. धार्मिक विश्वासअनुसार मरेपछि प्राप्त हुने अर्को शरीर; जन्मान्तर।
42649 देहान्तरण ना. नयाँ देह वा शरीर धारण गर्ने काम।
42650 देहान्तरित वि. देहान्तर भएको; नयाँ जन्म लिएको।