Dictionary

All Word

42701 दैव वि. ६. आकाश।
42702 दैवगति ना. १. दैवको गति; ईश्वरीय घटना।
42703 दैवगति ना. २. ईश्वरको प्रेरणा वा माया।
42704 दैवगति ना. ३. प्रारब्ध; भाग्य।
42705 दैवगत्या ना. दैवगति।
42706 दैवज्ञ वि. १. दैवसम्बन्धी सबै कुरा जान्ने। ना.
42707 दैवज्ञ वि. २. भविष्यमा हुने कुरा जान्ने र अरूलाई बताउने व्यक्ति; ज्योतिषी।
42708 दैवत ना. १. देवदेवता; देवताहरूको समुदाय।
42709 दैवत ना. २. यास्क मुनिका निरुक्तको तेस्रो काण्ड। वि.
42710 दैवत ना. ३. देवतासम्बन्धी; देउदेउतासँग सम्बन्ध रहेको।
42711 दैव दुर्विपाक ना. देवताबाट भएको ठगाइ; भाग्यहीनता; दुर्भाग्य।
42712 दैवदोष ना. दैवले दिएको दोष; भाग्यहीनता।
42713 दैवपर वि. आफ्ना बलबुद्धिको वास्ता नगरी खालि भाग्यको भरमा रहेको; भाग्यवादी।
42714 दैवयोग ना. १. संयोग; मौका; चानस।
42715 दैवयोग ना. २. भाग्य; प्रारब्ध।
42716 दैववश / वशात् क्रि.वि. एकाएक; अचानक; संयोगले; अकस्मात्; भाग्यवश।
42717 दैववाणी ना. १. ईश्वरको बोली।
42718 दैववाणी ना. २. आकाशवाणी।
42719 दैववाणी ना. ३. संस्कृत भाषा।
42720 दैववादी वि. १. आफ्ना बलबुद्धिद्वारा कुनै पनि उपाय नगर्ने र खालि भाग्यका भरमा रहने।
42721 दैववादी वि. २. अल्छी;निरुद्योगी।
42722 दैवविद् ना. दैव जान्ने व्यक्ति; भविष्यको कुरा बताउने व्यक्ति;ज्योतिषी; दैवज्ञ।
42723 दैव विवाह ना. ज्योतिष्टोम आदि यज्ञमा ऋत्विक आचार्य आदिलाई दिइने कन्यादानका रूपमा हुने विवाह; आठ प्रकारका विवाहमध्ये एक।
42724 दैव श्राद्ध ना. देवप्रीतिका उद्देश्यले गरिने एक प्रकारको श्राद्ध।
42725 दैवहीन वि. भाग्य नभएको; अभागी; दुःखी।
42726 दैवागत / दैवात् क्रि.वि. १. भाग्यले गर्दा; दैवसंयोगले।२. अब्मटसँग; अकस्मात्; अचानक।
42727 दैवाधीन वि. दैवका अधीनमा रहेको; भाग्यको भरमा रहने।
42728 दैविक वि. १. देवतासँग सम्बन्धित; देवताको।
42729 दैविक वि. २. देवताका निम्ति गरिएको (जस्तो- दैविक श्राद्ध)।
42730 दैविक वि. ३. देवताद्वारा गरिएको (जस्तो- दैविक ताप)।
42731 दैविक वि. ४. भाग्य वा संयोगवश घटित हुने।
42732 दैवी वि. १. देवदेवतासँग सम्बन्धित; देवताको।
42733 दैवी वि. २. देवताद्वारा भएको।
42734 दैवी वि. ३. अचानक भएको वा घट्न आएको; आकस्मिक।
42735 दैवी वि. ४. सात्विक।
42736 दैवी वि. ५. भाग्य वा संयोगद्वारा भएको। ना.
42737 दैवी वि. ६. देवविवाह गरिएकी स्त्री।
42738 दैवी वि. ७. ज्योतिषी।
42739 दैवी वि. ८. एक प्रकारको दैविक छन्द।
42740 दैवी गति ना. १. दैव वा ईश्वरद्वारा गरिएको कुरा।
42741 दैवी गति ना. २. भावी सम्भावना।
42742 दैवी गति ना. ३. हुनेहुनामी।
42743 दैवी घटना ना. प्रकृतिका विकृतिबाट आकस्मिक रूपमा घट्न गएको सुखद वा दुःखद परिस्थिति।
42744 दैवी प्रकोप ना. भूकम्प, अतिवृष्टि, अनावृष्टि, आँधीबेरी, महामारी आदिले सिर्जना गरेको आपत्तिजनक स्थिति।
42745 दैवी सङ्कट ना. प्रकृतिका विकारबाट घटेका घटनाहरूबाट हुन जाने आपत्विपत् वा कष्ट।
42746 दैहिक वि. १. देहसँग सम्बन्ध भएको; शारीरिक।
42747 दैहिक वि. २. देहबाट उत्पन्न भएको; देहज।
42748 दो ना. /वि. १. दुई।
42749 दो ना. /वि. २. सामासिक पदमा जोडिने सोही रूप (दोबाटो, दोभान, दोमन इ.)।
42750 दोकडा ना. १. दुईवटा कडा लागेको एक प्रकारको सानो ताउलो। [दुई+जोडा]