Dictionary

All Word

42851 दोमट ना. अलिअलि बालुवा मिसिएको माटो; बलौटे जमिन।
42852 दोमन ना. १. यसो गरूँ कि उसो गरूँको स्थिति; दोधार।
42853 दोमन ना. २. सन्देह; धुकचुक।
42854 दोमने वि. दुई मन हुने; कुनै कुराको निधो गर्न नसक्ने।
42855 दोमासे वि. १. दुई भिन्नाभिन्नै पदार्थ मिसाउँदा तयार भएको।
42856 दोमासे वि. २. दुवैतिर लाग्ने, मिल्ने वा हुने।
42857 दोमासे वि. ३. दोभासे।
42858 दोमासे वि. १. दुईदुई महिनामा निस्कने वा हुने (पत्रिका, उब्जाउ आदि )।
42859 दोमासे वि. २. दुवै महिनामा पर्ने।
42860 दोयम वि. दोस्रो कोटिको; मझौला खालको; अब्बलभन्दा मुनिको र सिमभन्दा माथिको (जग्गा-जमिन)।
42861 दोरङ्गा / दोरङ्गी वि. दुई रङ भएक; दुई रङ मिलेको; दुईरङ्गी।
42862 दोरानाच ना. तामाङ जातिको मृत्युसंस्कारका समयमा नाचिने नाच।
42863 दोलक ना. तुन्द्रुङ्ङ झुन्डिएर हल्लिरहने वस्तु; घडीको लङ्गुर।
42864 दोलख ना. वर्णका शिरमाथि लगाइने दुई लख वा मात्रा ( ै); ऐकार।
42865 दोलखकन्ना वि. वर्णका मास्तिर दुई लख र पछाडि कान्दानी भएको मात्रा (ाै ); औकार।
42866 दोलखा ना. १. नेपालको मध्यमाञ्चल विकासक्षेत्रमा पर्ने जनकपुर अञ्चलको उत्तरी भागमा रहेको एक जिल्ला। वि.
42867 दोलखा ना. २. दुई लाख सङ्ख्या भएको।
42868 दोलन ना. १. तुन्द्रुङ्ङ झुन्डिएको वस्तु हल्लने क्रिया; दोलकको हल्लाइ।
42869 दोलन ना. २. एक निर्दिष्ट बिन्दुबाट अर्को निर्दिष्ट बिन्दुमा पुगेर फेरि पहिलेकै स्थानमा आइपुग्दाको दुरी।
42870 दोला ना. १. डोली वा पाल्की।
42871 दोला ना. २. पिङ।
42872 दोला ना. ३. झोलुङ्गो।
42873 दोला ना. ४. घटबढ भइरहने स्थिति।
42874 दोलाईं ना. दुईसरो कपडाका बिचमा रुवा हाली तगेर बनाइएको सिरकभन्दा पातलो ओढ्ने वस्तु।
42875 दोलाजी ना. हे. डोलाजी।
42876 दोलायन्त्र ना. हीराभस्म बनाउँदा विशेष प्रक्रियाका साथ कोदाको रस राखिएको भाँडामा हीरालाई अग्निपाक गर्न प्रयोग गरिने एक यन्त्र।
42877 दोलायमान वि. १. हल्लिरहेको ; झुलेको।
42878 दोलायमान वि. २. अस्थिर; चञ्चल।
42879 दोलायमान वि. ३. दोमने; दोधारे।
42880 दोलायित वि. हल्लाइएको; झुलाइएको (वस्तु)।
42881 दोलिका ना. १. डोली।
42882 दोलिका ना. २. पिङ।
42883 दोलित वि. हल्लिएको वा हल्लाइएको; झुलेको।
42884 दोली ना. डोली।
42885 दोष ना. १. कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी, दुर्गुण।
42886 दोष ना. २. नैतिक वा कानुनी दृष्टिले अपराध मानिने कुनै अभियोग, कलङ्क वा लाञ्छना।
42887 दोष ना. ३. अपराध; कसुर।
42888 दोष ना. ४. फत्तुर; खोट; अत्तो।
42889 दोष ना. ५. कलङ्क; दाग।
42890 दोष ना. ६. भुल; अशुद्धि।
42891 दोष ना. ७. मिसावट; कसर।
42892 दोष ना. ८. आयुर्वेदका अनुसार शरीरमा वात, पित्त र कफबाट हुने प्रकोप।
42893 दोष ना. ५. सोझै वा अर्थलाई दूषित गराएर काव्यको गुण वा रसको आस्वादनमा हानि गराउने कुरा; रसको अपकर्षक तत्त्व (काव्यदोष; अर्थदोष, रसदोष आदि)।
42894 दोषग्राही वि. १. अर्काको दोषमा ध्यान दिने।
42895 दोषग्राही वि. २. दुर्जन; दुष्ट।
42896 दोषज्ञ वि. १. वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्; मनीषी। ना.
42897 दोषज्ञ वि. २. त्यस्तो कुशल व्यक्ति; पण्डित।
42898 दोषत्रय ना. वात, पित्त र कफबाट उत्पन्न हुने तीन प्रकारको दोष वा खराबी।
42899 दोषदर्शी वि. अरूमा रहेका दोषहरू मात्रै खोज्ने; छिद्रान्वेषी।
42900 दोषदृष्टि ना. १. अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण। वि.