Dictionary

All Word

42801 दोधारे वि. ४. दुईतिर धार भएको ( हतियार)।
42802 दोपट ना. खोट लागेको विषय; कृत्रिम रूपले सिद्ध गरिएको विषय; किर्ते।
42803 दोपटले वि. दुई पटल (आँखाको ढकनी) भएको।
42804 दोपटले छ ना. आँखाका दुई ढकनीजस्तो बान्कीको 'छ' अक्षर।
42805 दोपट्टा ना. हे. दुपट्टा।
42806 दोपहर ना. दोस्रो पहर; दिनको मध्य भाग; मध्याह्न।
42807 दोपहरिया ना. १. दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल। वि.
42808 दोपहरिया ना. २. दोपहरसम्बन्धी; दोपहरको।
42809 दोपहरे ना. १. बकाइनाका जस्ता पात हुने तथा रातो, पहेँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
42810 दोपहरे ना. २. रोपाइँ गर्दा दुई पहर समय गएपछि हली, बाउसे, रोपार आदिलाई दिइने विशेष खाजा।
42811 दोपहरे ना. ३. दिनमा खाइने खाजा; अर्नी।
42812 दोपाया वि. दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने (मानिस, हाँस, परेवा आदि प्राणी )।
42813 दोफर ना. दोचाभित्र लगाउने मोजा।
42814 दोबर वि. १. दुई पत्र भएको; दुईसरो।
42815 दोबर वि. २. दुईगुना; डबल; दोहोरो।
42816 दोबर दाबर ना. पटकपटक दोब्य्राउने काम; दोब्य्राइतेब्य्राइ गर्ने काम।
42817 दोबरिनु अ.क्रि. १. दोबर हुनु; दुईगुना हुनु; डब्लिनु।
42818 दोबरिनु अ.क्रि. २. दोबरी हुनु।
42819 दोबरी वि. दोबर पारेको; भित्री र बाहिरी दुवै भएको; दुई पाटा वा तह भएको; दुईसरो।
42820 दोबऱ्याइ ना. दोबरिने तथा दोब्य्राउने क्रिया वा प्रक्रिया।
42821 दोबऱ्याइनु क.क्रि. दोबर पारिनु; डब्ल्याइनु।
42822 दोबऱ्याउनु स.क्रि. दोबर पार्नु; डब्ल्याउनु।
42823 दोबऱ्याहा वि. दोब्रिने खालको; पातलो धार भएको (कोदालो, फरुवा आदि हतियार)।
42824 दोबाच ना. डन्डीबियोका खेलको एक दाउ।
42825 दोबाटा दोबाटी ना. सानाठुला दोबाटाहरूको समूह।
42826 दोबाटे वि. १. दोबाटाको।
42827 दोबाटे वि. २. दोबाटामा बस्ने।
42828 दोबाटे वि. ३. दोबाटाका छेउछाउमा घर भएको।
42829 दोबाटे वि. ४. बाटाघाटा, हाटबजार आदिमा पसल थाप्ने।
42830 दोबाटो ना. दुइटा बाटा जोडिएको ठाउँ; दुई वा दुईभन्दा बढी बाटाको सङ्गम भएको ठाउँ।
42831 दोबार्नु स.क्रि. धागो, डोरी, कडा वा धातुका पाता आदि दोब्रिने पार्नु; दुईसरो बनाउनु।
42832 दोबारा ना. दुईखेप; दुईपल्ट;दुईचोटि; दोबारो।
42833 दोबारिनु क.क्रि. दोबार्ने काम गरिनु।
42834 दोब्रिनु अ.क्रि. १. दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु।
42835 दोब्रिनु अ.क्रि. २. खुम्चिँदैखप्टिँदै पत्रपत्र पर्नु; पट्टिनु।
42836 दोब्रिनु अ.क्रि. ३. हँसिया, कोदालो आदिको धार फर्कनु।
42837 दोब्रिनु अ.क्रि. ४. भोकले गर्दा पेट ख्याप्प भएर भित्र पस्नु।
42838 दोब्रिनु अ.क्रि. ५. लाजले शिर निहुरनु।
42839 दोब्य्राइ ना. दोब्य्राउने क्रिया वा प्रक्रिया।
42840 दोब्य्राइनु क.क्रि. दोब्रने पारिनु।
42841 दोब्य्राउनु स.क्रि. १. दोबर पार्नु; दोब्रने पार्नु। स.क्रि.
42842 दोब्य्राउनु स.क्रि. २. खान नदिएर दुःख दिनु; सताउनु।
42843 दोब्य्राहा वि. दोब्रिने खालको।
42844 दोबारो ना. हे. दोबारा।
42845 दोभरा ना. दोस्रो खेप भर्दाको घटी; खापा खाने काम।
42846 दोभान ना. दुईतिरबाट बगेर आएका नदीहरु मिसिएको ठाउँ; दुई नदीको सङ्गम।
42847 दोभाने वि. दोभानको; दोभानमा बस्ने; दोभानहुँदो रहेको। स्त्री. दोभान्नी।
42848 दोभासे वि. १. दुई भाषा जान्ने; द्विभाषी।
42849 दोभासे वि. २. दुई भिन्नाभिन्नै भाषाभाषीका बिचमा एउटाले बोलेको कुरालाई अर्काको भाषामा उल्था गर्ने। ना
42850 दोभासे वि. ३. त्यस्तो दुई भाषा जान्ने वा एक भाषाबाट अर्को भाषामा उल्था गर्ने व्यक्ति।