Dictionary

All Word

42651 देहाय ना. स्रेस्तामा सिलसिला वा क्रम मिलाएर विभिन्न रकमकलम लेखिने ठाउँ; तपसिल; निम्नाङ्कन; देहा।
42652 देहावरण ना. १. शरीर रक्षा गर्ने वस्तु; कवच।
42653 देहावरण ना. २. शरीर ढाक्ने वस्तु लुगा; कपडा; वस्त्र।
42654 देहावसान ना. देह वा शरीरको अवसान वा अन्त; मरण; मृत्यु
42655 देही वि. १. देह वा शरीर भएको; शरीरधारी। ना.
42656 देही वि. २. जीव; प्राणी।
42657 देही वि. ३. आत्मा; भित्री मन।
42658 दैत्य ना. १. कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर; राक्षस।
42659 दैत्य ना. २. ठुलो भद्दा शरीर भएको तथा डरलाग्दो व्यक्ति।
42660 दैत्य ना. ३. दुराचारी व्यक्ति।
42661 दैत्य ना. ४. ज्यादै खाने व्यक्ति।
42662 दैत्यगुरु ना. दैत्यका गुरु; शुक्राचार्य।
42663 दैत्यपति ना. दैत्यहरूका अधिपति; हिरण्यकशिपु।
42664 दैत्यारि ना. १. दैत्यका शत्रु।
42665 दैत्यारि ना. २. विष्णु; देवता।
42666 दैत्यारि ना. ३. इन्द्र।
42667 दैदस्तुर ना. १. पहिलेदेखि चलिआएको रीतिरिवाज वा लिनेदिने कामकुरा।
42668 दैदस्तुर ना. २. त्यसअनुसार लिनेदिने गरिएको दस्तुर (नगद वा जिन्सी वस्तु )।
42669 दैनन्दिन वि. १. प्रतिदिनको; दिनैपिच्छेको; दिनहुँको। क्रि. यो.
42670 दैनन्दिन वि. २. दिनदिनै; प्रतिदिन; दिनहुँ ; लगातार।
42671 दैनन्दिनी वि. १. दिनदिनैको; दिनैपिच्छेको; दैनिक। ना.
42672 दैनन्दिनी वि. २. प्रत्येक दिनका घटनाहरूको टिपोट वा सो टिपोट लेखिने गरिएको पुस्तिका; दैनिकी डायरी; रोजनामचा।
42673 दैनिक वि. १. प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको (दैनिक उपस्थिति, दैनिक कार्य, दैनिक पारिश्रमिक इ.)।
42674 दैनिक वि. २. प्रतिदिन वा दिनदिनै प्रकाशित हने ( अखबार वा खबरकागत )।
42675 दैनिक तथा भ्रमण भत्ता ना. कर्मचारीलाई कामविशेषले कार्यालय वा संस्थागत क्षेत्रबाट अन्यत्र काजमा खटाउँदा नियमानुसार दिइने दैनिक खर्च तथा यात्राखर्च (टी. ए. डी. ए.)।
42676 दैनिक पत्र ना. प्रतिदिन प्रकाशित हुने समाचारपत्र वा अखबार।
42677 दैनिक पञ्जिका ना. दिनैपिच्छेका घटना वा दिनहुँ क्रय-विक्रय, लेनदेन आदि भएको विवरण लेख्ने बही; रोजनामचा; डायरी।
42678 दैनिक भत्ता ना. सरकारी वा संस्थागत काममा आफूले काम गरिरहेका इलाकादेखि बाहिर खटिएर जाँदा दर्जाअनुसार दैनिक रूपमा प्राप्त हुने तलबबाहेकको विशेष रकम।
42679 दैनिक स्थानान्तरण ना. कुनै वस्तु, सरसामान आदि एक ठाउँबाट अर्को ठाउँमा दिनैपिच्छे ल्याउने वा लैजाने काम; दिनहुँ सरसामग्री ओसारपसार गर्ने काम।
42680 दैनिकी ना. दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएको तथ्य लेख्ने पुस्तिका; दैनन्दिनी; रोजनामचा; डायरी।
42681 दैन्य ना. १. दीन हुनाको भाव वा अवस्था; दीनता; दरिद्रता;गरिबी।
42682 दैन्य ना. २. विनीत भाव; नम्रता; मलिनता।
42683 दैन्य ना. ३. कायरता; कमजोरी;निर्धोपन।
42684 दैन्य ना. ४. साहित्यमा दुःखकष्ट आदिका कारणले मनमा खिन्नता, मलिनता र नम्रता उब्जने एक प्रकारको सञ्चारी भाव।
42685 दैया ना. पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार; दाबी।
42686 दैयादार वि. पैतृक सम्पत्तिको हकदार; अंशियार; हक, भाग आदिको दाबी गर्ने।
42687 दैर्घ्य ना. वस्तुका आकृतिको लम्बाइ; दीर्घता; लामोपन;लमाइ।
42688 दैला ना. धेरैवटा दैलो; ढोका।
42689 दैलाको गाँड ना. दैलाका पछाडि आग्लो छिराउन दुलो पारेर ठोकिएको वा दैलो ताछ्ताखेरि नै निकालिएको काठको डल्लो परेको भाग।
42690 दैलाको पघरी ना. पुरानो शिल्पकलाले सजिएका घरमा दैलामा राखिने चौकोसभन्दा माथितिरको बुट्टादार काठ।
42691 दैलादैली ना. सानाठुला धेरै दैलाको समूह।
42692 दैलेख ना. नेपालको मध्यपश्चिमाञ्चलस्थित भेरी अञ्चलको एक जिल्ला।
42693 दैलेठेलो ना. दैलाको तलतिर लगाइएको वा जडिएको ठेलो; सँघारको तेर्सो काठ।
42694 दैलो ना. १. घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार।
42695 दैलो ना. २. त्यो ठाउँ थुन्ने,खोल्ने फल्याक, चित्रो, तार आदिको साधन।
42696 दैव वि. १. देवतासम्बन्धी।
42697 दैव वि. २. देवता वा ईश्वरबाट भएको।
42698 दैव वि. ३. देवतालाई अर्पित गरिएको। ना.
42699 दैव वि. ४. ईश्वर।
42700 दैव वि. ५. भाग्य; प्रारब्ध;तगदिर।