Dictionary

All Word

42751 दोकडा ना. २. एकैसाथ रहेका दुई वस्तु; जोडा; युगल।
42752 दोकडा ना. ३. एक पैसाको चार भागको एक भाग; दाम।
42753 दोकला वि. १. जना मात्र; एकलाको पूरक; (जस्तो एकलादोकला)। ना.
42754 दोकला वि. २. जोडी; जोईपोइ। स्त्री. दोकली।
42755 दोकलै वि. दुई जना मात्रै; एकलैको पूरक, (जस्तो- एकलैदोकलै। (उदा.- साँझ परेपछि बाटामा एकलैदोकलै नहिँड्नू, डर हुन्छ।)
42756 दोकान ना. १. दुई कान।
42757 दोकान ना. २. अर्को कान; दोस्रो कान।
42758 दोकान ना. सरसामान किनबेच गर्ने ठाउँ वा घर;पसल; दुकान।
42759 दोकानदार ना. सरसामान बेच्न पसलमा बसेको व्यक्ति; व्यापारी;दुकानदार।
42760 दोकानी वि. १. दुई कान हुने वा दोस्रो व्यक्तिको कानमा पर्ने अवस्था; एकानीको पूरक, जस्तो- एकानीदोकानी। (उदा. एकानीदोकानी हुँदैमा कुरो फैलिहाल्यो नि।) ना.
42761 दोकानी वि. २. दोषादोष; भनावैरी; बझौटी।
42762 दोकानी वि. ३. पसले।
42763 दोकाने ना. बेचबिखन गर्ने व्यक्ति; दोकानदार; पसले।
42764 दोक्चिनु अ.क्रि. १. दुर्गतिमा पर्नु।२. कुटाइ खाइनु।
42765 दोक्चिनु अ.क्रि. ३. उम्कन नपाउनु।
42766 दोक्च्याइ ना. दोक्चिने क्रिया वा प्रक्रिया।
42767 दोक्च्याइनु क.क्रि. दोक्चिने पारिनु; दोक्चिन लाइनु।
42768 दोक्च्याउनु स.क्रि. / प्रे. क्रि. १. दोक्चिने पार्नु।
42769 दोक्च्याउनु स.क्रि. / प्रे. क्रि. २. दलेर, थिचेर कुट्नु।
42770 दोक्च्याउनु स.क्रि. / प्रे. क्रि. ३. कतै जान, उम्कन नदिनु।
42771 दोख ना. १. जरो बिग्रिएर हुने एक प्रकारको रोग; एक किसिमको सन्निपात।
42772 दोख ना. २. दुःख दिने मान्छे।
42773 दोख ना. ३. हानि गर्ने कुनै कुरा वा वस्तु।
42774 दोखी वि. दोख भएको; दोखले धडेको।
42775 दोख्याहा वि. दोख लागिरहने (ठाउँ वा व्यक्ति)। स्त्री. दोख्याही।
42776 दोगला ना. १. विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति;जारपुत्र।
42777 दोगला ना. २. भिन्नाभिन्नै जातका आमाबाबुबाट जन्मिएको व्यक्ति।
42778 दोगला ना. ३. वर्णसङ्कर; ठिमाहा; ठिम्मर।
42779 दोगला ना. ४. कुनै पनि देशको सिमानामा बसी आफूलाई अनुकूल मिल्ने गरी कहिले यताको र कहिले उताको कुरा भन्ने व्यक्ति।
42780 दोचन्दा वि. दोहोरो; डबल; दुगुना (तिरो, जरिवाना आदि)।
42781 दोचा ना. भोटेजातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउने एक प्रकारको जुत्ता।
42782 दोचारे वि . यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद।
42783 दोछायाँ / दोछाया ना. प्रकाश छेकिनाले ओझेल परेको वा दुईतिरका प्रकाशले गर्दा स्पष्टसँग नदेखिने गरी परेको छायाँ; अस्पष्ट देखाइ।
42784 दोजाई वि . दोजिया; दुई जिउकी।
42785 दोजिया वि. दुई जिउ भएकी; दुई जिउकी; गर्भिणी;गर्भवती।
42786 दोज्याडा ना. घुँडादेखि मुनि वा माथि दोचा बाँध्ने डोरी।
42787 दोटा वि. दुईवटा; दुइटा।
42788 दोठ्याङ ना. १. यता कि उता हुने स्थिति; असजिलो परेको वा बिग्रेको अवस्था।
42789 दोठ्याङ ना. २. दोधारमा पर्ने स्थिति; अरे कि मरेको अवस्था।
42790 दोतला वि. एक तलामाथि अर्को तला छापिएको; दुईतले।
42791 दोदन्त ना. जुवाका खेलमा सोह्र कौडीमध्ये दुई कौडी मात्र उत्ताना पर्दा हुने एक दाउ; दुई चित र दुई ठाडा; छक्का दाउ।
42792 दोदन्ते वि. दुई दाँत मात्र देखिने अवस्थाको; दुई दाँत मात्र भएको।
42793 दोदरा ना. नेपालका धिमाल, राजवंशी आदि जातिमा प्रचलित नक्खीले बजाइने एक खालको बाजा।
42794 दोधक ना. प्रत्येक पाउमा तीन भगण र दुई गुरु हुने एक वार्णिक छन्द।
42795 दोधार ना. १. यो धार कि ऊ धार हुने अवस्था; यसो गरूँ कि उसो गरुँको स्थिति; दोमन; दुविधा; धरमर।
42796 दोधार ना. २. सन्देह; संशय;शङ्का।
42797 दोधार ना. ३. दुई धारको बिच वा माझ (नदीको, कुराको, हतियारको आदि)।
42798 दोधारे वि. १. दोधारमा परेको; अनिश्चित।
42799 दोधारे वि. २. दुवैतिर ढल्केको; जता पनि लाग्न सक्ने।
42800 दोधारे वि. ३. कुनै खास निर्णयमा पुग्न नसकी त्यसै अलमलिने; बिचको।