Dictionary

All Word

42901 दोषदृष्टि ना. २. अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी।
42902 दोष प्रमाणित/ सिद्ध वि. अदालतमा आफ्नो अपराध प्रमाणित वा सिद्ध भएको; अभिशंसित (व्यक्ति)।
42903 दोषारोप ना. कुनै दोष भएको कुरा वा दोष गर्ने व्यक्तिउपर आरोप लगाउने काम; अभियोग लगाउने कार्य।
42904 दोषारोपण ना. दोष लगाउने काम; दोषारोप।
42905 दोषारोपित वि. दोषको आरोप लगाइएको; दोष लागेको।
42906 दोषी वि. १. दोष गर्ने वा दोष भएको; खराब गुण भएको।
42907 दोषी वि. २. दाग लागेको; दागी; खोटो।
42908 दोषी वि. ३. दुष्ट स्वभाव भएको (व्यक्ति)।
42909 दोषी वि. ४. अदालतबाट दोष प्रमाणित भएको (व्यक्ति)।
42910 दोसल्ला ना. १. किनारामा कार्चाेर्बी बुट्टा भरिएको र बिचबिचमा केही फूलबुट्टा भएको, दुईसरो ऊनीको मूल्यवान् ओढ्ने।
42911 दोसल्ला ना. २. विशेष गरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको ऊनी खास्टो।
42912 दोसल्ला ना. ३. कुनै विशिष्ट व्यक्तिलाई सम्मानस्वरूप ओढाइने राम्रो खास्टो।
42913 दोसाँध ना. १. दुई राज्यका भूभाग छुट्ट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)।
42914 दोसाँध ना. २. दुई थरी जग्गा जोडिने निश्चित ठाउँ; साँध।
42915 दोसाँध ना. ३. द्विविधा; दोधार;दोमन।
42916 दोसाँध ना. ४. दुई भिन्न थरीका अधिकार, व्यवस्था, स्थिति आदिको अन्तर वा बिच।
42917 दोसाँध ना. ५. अन्तिम अवस्था। (उदा.- बिरामी त दोसाँधमा पुगिसकेछ।)।
42918 दोसाँधी ना. दोसाँध।
42919 दोसाँधे वि. १. दुई थरी जग्गाका बिचमा रहेको; दोसाँधमा पर्ने।
42920 दोसाँधे वि. २. द्विविधामा परेको;दोधारमा परेको।
42921 दोसाँधे वि. ३. दोसाँधसम्बन्धी;दोसाँधको।
42922 दोसामिसी ना. एकअर्काको बाटो हेरेर काम गर्नमा ढिलासुस्ती देखाउने काम; परस्परको हानथाप।
42923 दोसामोस ना. परस्परमा हानथाप गर्ने वा दोष लगाउने काम; दोसामिसी।
42924 दोसामोसी ना. दोसामोसको चाल।
42925 दोस्त ना. साथ दिने वा रहने व्यक्ति; साथी; सँगाती; मित्र;प्रेमपात्र; स्नेहभाजन।
42926 दोस्ताना ना. दोस्ती।
42927 दोस्ती ना. १. मित्रता; स्नेहभाव।
42928 दोस्ती ना. २. साथी; सँगाती; मित।
42929 दोस्रा वि. पहिलोभन्दा मुनिको; द्वितीय श्रेणीको।
42930 दोस्रामाल ना. राणाशासनका समयमा धेरै जग्गा हुने राणाहरूले आफ्ना बिर्ताको आम्दानी उठतीपुठती गर्नका निम्ति स्थापना गरेको माल अड्डा; बिर्तामाल।
42931 दोस्रो वि. १. क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय।
42932 दोस्रो वि. २. प्रस्तुत विषयसँग सम्बन्ध नरहेको; अरू; अर्को; अन्य। स्त्री. दोस्री।
42933 दोस्रो कटान ना. एकचोटि फेदमै काटेर ढालिएका रुखहरूलाई आवश्यकताअनुसार दोस्रो पटक काट्ने काम।
42934 दोस्रो दर्जाको वि. १. दोस्रो दर्जा वा तहको; पहिलोभन्दा केही तल्लो कोटिको। २ नम्बरी नभएको; दोस्रो काँट वा नम्बरको (सुन, माल आदि)।
42935 दोस्रो विश्व ना. वैज्ञानिक शक्तिको उपयोगद्वारा परम्परादेखि भिन्न किसिमले विकास हुँदै आएको शक्तिशाली संसार।
42936 दोहटिया वि. दुई भिन्नाभिन्नै ठाउँमा घरबार भएको; दुई देशमा घरगृहस्थी भएको।
42937 दोहद ना. १. गर्भवती आइमाईका मनमा उठ्ने विभिन्न चाहना वा इच्छा।
42938 दोहद ना. २. गर्भवती हुनाको भाव, अवस्था वा लक्षण।
42939 दोहद ना. ३. गर्भ; पेटबोकाइ।
42940 दोहदवती ना. कुनै वस्तुको इच्छा गर्ने गर्भवती स्त्री; दुई जिउकी;गर्भिणी।
42941 दोहन ना. १. दुध दुहुने काम।
42942 दोहन ना. २. दुधेरो; गबुवा; ढुङ्ग्रो।
42943 दोहन ना. ३. बौद्धिक, आर्थिक आदि दृष्टिले कसैको शोषण गर्ने काम; दुहाइ।
42944 दोहनी ना. १. दुध दुहुने काम।
42945 दोहनी ना. २. दुध दुहुने भाँडो; दुधेरो; गबुवा।
42946 दोहरिनु अ.क्रि. दोहोरो हुनु; दोहोरिनु।
42947 दोहरे ना. दोहोरो; दोहोरे।
42948 दोहरो वि. १. दुई चोटि गरिने वा हुने; दोहोरो (दोहरो काम, दोहरो सिलाइ, दोहरो लेखाइ इ.)। ना.
42949 दोहरो वि. २. दुई चोटि हुने काम; दोहरी।
42950 दोहऱ्याइ ना. दोहरिने भाव, क्रिया वा प्रक्रिया।