Dictionary

All Word

43001 दौडादौड ना. १. कामविशेषले यताउति दगुर्ने काम;दगुरादगुर; कुदाकुद; दौडधुप।
43002 दौडादौड ना. २. हतारपतार; हतपत; हडबड।
43003 दौडादौडी ना. दगुरादगुर; कुदाकुद; दौडादौड।
43004 दौडान ना. १. दौडने काम; दौडाइ।
43005 दौडान ना. २. कुनै काम सुरु भएपछि नसकिउन्जेलको समय।
43006 दौडान ना. ३. कुनै कामका गतिको तीव्रता वा वेग।
43007 दौडान ना. ४. क्रम; सिलसिला।
43008 दौडाहट ना. दौडने भाव, क्रिया वा प्रक्रिया; दौडाइ;दौड।
43009 दौडाहा वि. धेरै दगुर्ने स्वभावको; धेरै कुद्ने।
43010 दौडाहा ना. १. बराबर यताउति वा चारैतिर घुमफिर गर्ने काम वा अवस्था; भ्रमण; चक्कर।
43011 दौडाहा ना. २. आफ्ना मातहतका इलाकाहरूको जाँचबुझ वा रेखदेख गर्नाका निम्ति सम्बन्धित उच्च अधिकारीहरू घुम्न जाने काम।
43012 दौडाहा ना. ३. जिल्लाको स्थिति वा समस्या बुझी ठाडो कारबाई गर्न विशेष अधिकारसम्पन्न व्यक्ति वा समुदायलाई खटाउने काम।
43013 दौडाहा ना. ४. त्यस्तो कारबाई गर्न खटिई गएको व्यक्ति वा समुदाय।
43014 दौडाहा ना. ५. पहिलेपहिले मोफसलका मुद्दामामिला वा उजुबाजुर सुनी छिटो कारबाई गर्न केन्द्रबाट खटिएको अधिकारी वा अधिकारीवर्ग।
43015 दौडाहा ना. ६. बिचबिचमा कडा आक्रमण गर्ने रोग (हैजा, महामारी इ.)।
43016 दौडाहा इजलास ना. अधिकारप्राप्त व्यक्तिबाट सम्बन्धित इलाकाहरूमा घुमी मुद्दामामिला किनारा लगाउने अदालत; घुम्ती अदालत।
43017 दौडाहा दल ना. १. राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३ ले आफ्ना भाइ वा छोराको मातहतमा जुटाएको दल।
43018 दौडाहा दल ना. २. जिल्लाजिल्लाको समस्या बुझी त्यहाँको उजुरबाजुरसमेत सुनेर न्याय दिन केन्द्रीय स्तरबाट खटिएका अधिकारीवर्ग।
43019 दौडिनु अ.क्रि. दौडने काम गरिनु; वेगसाथ हिँड्नु; कुद्नु।
43020 दौडी वि. दौडन सक्ने; दौडने।
43021 दौडी दत्त वि. साह्रै छिटो वा पत्त्याउनै नसकिने किसिमले हिँड्ने (व्यक्ति); अह्राउपह्राउ वा अन्य कारणले आवतजावत गरिरहने; साह्रै व्यस्त (व्यक्ति)।
43022 दौतिक वि. दूतसम्बन्धी; दूतसँग सम्बन्ध रहेको; दूतको।
43023 दौत्य ना. १. दूतले गर्ने काम वा कर्तव्य; दूतको काम वा स्वभाव।
43024 दौत्य ना. २. सन्देश; खबर।
43025 दौत्य सम्बन्ध ना. भिन्नभिन्न देशका बिचमा भएको मित्रता तथा सो आधारमा परस्परको सहमतिबाट राजदूत राख्ने गरी भएको राजनीतिक वा कुटनीतिक सम्बन्ध।
43026 दौरा ना. दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर सिइएको, नेपालको राष्ट्रिय पोसाकमध्ये एक; लबेदा ; मयलपोस।
43027 दौरात्म्य ना. दुरात्मा हुनाको भाव वा अवस्था; दुष्टता।
43028 दौर्गत्य ना. दुर्गति भएको अवस्था वा भाव; दुर्दशा।
43029 दौर्बल्य ना. दुर्बल हुनाको भाव वा अवस्था; शारीरिक वा मानसिक कमजोरी; दुर्बलता।
43030 दौर्हृद / दौर्हृदय ना. १. दुष्ट हृदय हुनाको भाव वा अवस्था; मनको खराब भावना।
43031 दौर्हृद / दौर्हृदय ना. २. दुस्मनी; शत्रुता।
43032 दौर्हृद / दौर्हृदय ना. ३. गर्भवती स्त्रीलाई लाग्ने तलतल; दोहद।
43033 दौलत ना. १. आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्ट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य।
43034 दौलत ना. २. सानो भए पनि कुनै अमूल्य वा महत्त्वपूर्ण ठानिएको चिज ( लाक्षणिक अर्थमा)।
43035 दौलतवान् वि. प्रशस्त धनसम्पत्ति भएको; धनाढ्य; धनवान्।
43036 दौलथ ना. १. बल तथा बुद्धिको आर्जन।
43037 दौलथ ना. २. पुरुषार्थको सामर्थ्य; हबिगत।
43038 दौलथ ना. ३. दौलत।
43039 दौहित्र ना. छोरीको छोरो; दुहितापुत्र; नाति।
43040 दौहित्री ना. छोरीको छोरी; दुहिता पुत्री ; नातिनी।
43041 द्यावापृथ्वी ना. १. स्वर्ग र पृथ्वी।
43042 द्यावापृथ्वी ना. २. आकाश।
43043 द्यु ना. १. दिन; दिवस; दिउँसो।
43044 द्यु ना. २. स्वर्ग।
43045 द्यु ना. ३. आकाश।
43046 द्यु ना. ४. अग्नि; आगो।
43047 द्यु ना. ५. सूर्यलोक।
43048 द्युचर वि. १. आकाशमा विचरण गर्ने। ना.
43049 द्युचर वि. २. चरा।
43050 द्युचर वि. ३. ग्रह, नक्षत्र आदि।