Dictionary

All Word

43101 द्रवण ना. ३. चुहुने क्रिया; चुहाइ।
43102 द्रवण ना. ४. दयाले पग्लने काम; दयार्द्रता।
43103 द्रवता/त्व ना. कुनै वस्तु द्रव हुनाको वा पग्लनाको भाव, गुण वा अवस्था; पन्यालोपन।
43104 द्रवशील वि. १. पग्लने गुण भएको।
43105 द्रवशील वि. २. बग्ने स्वभावको।
43106 द्रविड ना. १. दक्षिण भारतको पूर्वी तटमा अवस्थित एक विस्तृत प्रदेशको पुरानो नाम; आधुनिक आन्ध्र र मद्रास प्रदेश; द्राविड। वि.
43107 द्रविड ना. २. उक्त प्रदेशका निवासी।
43108 द्रविड ना. ३. आन्ध्र, कर्णाटक; गुर्जर, द्रविड र महाराष्ट्र- यी पाँच ब्राह्मणवर्ग।
43109 द्रविड ना. ४. दक्षिण भारतमा बसोबास गर्ने एक प्राचीन जातिको भाषा। वि.
43110 द्रविड ना. ५. द्रविड प्रदेशका बासिन्दा; द्रविडसँग सम्बन्धित।
43111 द्रविड परिवार ना. युरेसिया खण्डका विभिन्न भाषिक परिवारमध्ये दक्षिण भारतमा बसोबास गर्ने तामिल, तेलगु, मलयालम, कन्नड आदि जातिहरूले बोल्ने भाषाहरूको परिवार।
43112 द्रविड प्राणायाम ना. कुनै काम सजिलो र सोझो ढाँचाले नगरी गाह्रो र घुमाउरो किसिमले गर्ने स्थिति; त्यसरी गरिने काम।
43113 द्रविण ना. १. धन; द्रव्य।
43114 द्रविण ना. २. सुन; सुवर्ण।
43115 द्रविण ना. ३. पौरुष; पराक्रम।
43116 द्रविण ना. ४. राजा पृथुका एक पुत्र।
43117 द्रवित वि. १. पग्लेको; गलेको।
43118 द्रवित वि. २. करुणार्द्र वा दयार्द्र बनेको।
43119 द्रवित वि. ३. द्रवीभूत।
43120 द्रवीकरण ना. पानीको बाफ तरल रूपमा परिणत गर्ने वा हुने काम।
43121 द्रवीभवन ना. बाफ वा बादल पुनः तरल पदार्थमा परिणत हुने प्रक्रिया वा कार्य।
43122 द्रवीभूत वि. १. पग्लने गुण भएको; पग्लिएको; पन्यालो बनेको।
43123 द्रवीभूत वि. २. दयाले विह्वल, दयावान्; दयार्द्र; दयालु।
43124 द्रव्य ना. १. वस्तु; पदार्थ; चिज।
43125 द्रव्य ना. २. अरू मालसामान तयार पार्ने सामग्री; उपकरण; साधन (तामा, चाँदी, माटो, कपास इ.)।
43126 द्रव्य ना. ३. क्रिया र गुण अथवा गुण मात्रको आश्रय भएको तत्त्व वा पदार्थ। ( वैशेषिक दर्शनअनुसार पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन - यी नौ पदार्थ।
43127 द्रव्य ना. ४. धनसम्पत्ति; दौलत।
43128 द्रव्य ना. ५. जरीबुटी वा औषधी।
43129 द्रव्य ना. ६. धातु।
43130 द्रव्यता/त्व ना. १. द्रव्यमा पाइने गुण।
43131 द्रव्यता/त्व ना. २. द्रव्य हुनाको भाव वा अवस्था।
43132 द्रव्यपिचास / पिशाच वि. प्रशस्त रुपियाँ - पैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने;पैसा भनेपछि हिरिक्कै हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस।
43133 द्रव्यवान् वि. धनवान्; धनी; सम्पत्तिवाल।
43134 द्रव्य शाह ना. गोरखा राज्यको स्थापना गरी वि. सं. १६१६ देखि १६२७ सम्म राज्य गर्ने एक राजा।
43135 द्रव्यार्जन ना. द्रव्य आर्जन गर्ने काम; धनोपार्जन।
43136 द्रष्टव्य वि. १. देखिने वा देखा पर्ने; दृष्टिगोचर।
43137 द्रष्टव्य वि. २. देख्न वा हेर्न योग्य; हेरिरहूँ लाग्ने; दर्शनीय।
43138 द्रष्टव्य वि. ३. देख्न, जान्न र निरीक्षण गर्न उचित।
43139 द्रष्टव्य वि. ४. देखाउन, बताउन र सम्झाउन सकिने।
43140 द्रष्टव्य वि. ५. निश्चित र प्रत्यक्ष रूपमा गरिने।
43141 द्रष्टा वि. १. देख्न सक्ने; हेर्ने; दर्शक।
43142 द्रष्टा वि. २. देखाउने वा बताउने। ना.
43143 द्रष्टा वि. ३. साक्षी।
43144 द्रष्टा वि. ४. आलोचक।
43145 द्रह ना. निकै गहिरो प्राकृतिक पोखरी; दह।
43146 द्राक्षा ना. अङ्गुर; दाख।
43147 द्राक्षादि ना. १. दाख वा अङ्गुर आदिका विशिष्ट गुण भएका उपयोगी फलहरूको समूह।
43148 द्राक्षादि ना. २. त्यस्तो फलबाट बनेको औषधी।
43149 द्राव ना. १. पन्यालोपन।
43150 द्राव ना. २. बग्ने अवस्था।