Dictionary

All Word

43251 द्वारा विभ. व्याकरणमा तृतीया विभक्तिको चिह्न; तर्फबाट ;मार्फत; बाट; ले।
43252 द्वारिका ना. श्रीकृष्णले बसालेको भारतको काठियावाड क्षेत्रमा पर्ने एक पुरानो नगरी; हिन्दूहरूका चार पुरीमध्ये एक;चार धाममध्ये एक।
43253 द्वारे ना. १. अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी।
43254 द्वारे ना. २. गाउँको मुखियासरहको व्यक्ति।
43255 द्वारे ना. ३. ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल।
43256 द्वि वि. दुई; एक र एकको जोड।
43257 द्विगु ना. सङ्ख्यावाचक शब्द पूर्वपदका रूपमा रही विशेष्यको रूपमा रहेको उत्तरपदको विशेषता जाहेर गरी समुदाय र एकीभाव बुझाउने समास (दोबाटो, तीनमुहानी, चौघेरा इ.)।
43258 द्विगुढक ना. सवाल-जवाफ भएको र रसभावपूर्ण सुन्दर पद गाइएको एक प्रकारको लास्याङ्ग।
43259 द्विगुण वि. दुई गुना; दुगुना; दोबर।
43260 द्विगुणित वि. दुगुना गरिएको; दोहोऱ्याइएको; दोबर गराइएको।
43261 द्विज ना. १. दुई पटक जन्मेको प्राणी।
43262 द्विज ना. २. फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि )।
43263 द्विज ना. ३. यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दूहरूको एक वर्ग (ब्राह्मण, क्षत्री, वैश्य )।
43264 द्विज ना. ४. ब्राह्मण।
43265 द्विज ना. ५. दाँत।
43266 द्विजन्मा वि. दुई पटक जन्म लिने; द्विज।
43267 द्विजपति/ द्विजराज ना. १. ब्राह्मण।
43268 द्विजपति/ द्विजराज ना. २. चन्द्रमा।
43269 द्विजपति/ द्विजराज ना. ३. गरुड।
43270 द्विजपति/ द्विजराज ना. ४. शेषनाग।
43271 द्विजाति ना. द्विज।
43272 द्वितीय अन्तर हिमयुग / अन्तर हिमानी ना. पुरातत्त्वका अनुसार लगभग दुई लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको अन्तर हिमयुग; द्वितीय हिमानीपछि र तृतीय हिमानीभन्दा पूर्वको दुई हिमयुगका बिचको समय।
43273 द्वितीय खण्ड ना. भूगर्भशास्त्रका अनुसार जीवकल्पको विभाजनमा दोस्रो खण्ड; मध्यजीवक।
43274 द्वितीय वि. १. दोस्रो।
43275 द्वितीय वि. २. दोस्रा तहको; दोस्रो दर्जाको।
43276 द्वितीय वि. ३. अर्को; अन्य।
43277 द्वितीय श्रेणी ना. दोस्रो तह; तृतीयभन्दा माथिल्लो दर्जा; प्रथम श्रेणीभन्दा तल्लो श्रेणी।
43278 द्वितीय हिमानी ना. पुरातत्त्वशास्त्रका अनुसार लगभग पाँच लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; प्रथम अन्तर; हिमानीभन्दा पछि प्रारम्भ भएको हिमयुग।
43279 द्वितीया ना. १. कृष्ण वा शुक्ल पक्षको दोस्रो तिथि; प्रतिपदाको भोलिपल्ट; दुतिया। वि.
43280 द्वितीया ना. २. आफूदेखि अर्की; दोस्री।
43281 द्वितीया ना. ३. दोस्रो दर्जाकी।
43282 द्वितीयाश्रम ना. दोस्रो आश्रम; गृहस्थाश्रम; बह्मचर्याश्रमपछिको आश्रम।
43283 द्वित्व ना. १. दुइटा हुनाको भाव वा अवस्था; दोहोरो स्थिति।
43284 द्वित्व ना. २. दुईको सङ्ख्या।
43285 द्वित्व ना. ३. युग्म; जोडा।
43286 द्वित्व ना. ४. एकै अनुहारका र एकै अर्थका शब्दहरू पूर्ण, आंशिक तथा आपरिवर्तित रूपमा दोहोरिएर नयाँ शब्दहरूको निर्माण हुने व्याकरणिक प्रक्रिया;द्विरुक्ति (झरझर , तात्तातो, खनखाँचो इ.)।
43287 द्वित्वीभवन ना. द्वित्व हुने प्रक्रिया; शब्द वा व्यञ्जन दोहोरिएर शब्द निर्मित हुने एक पद्धति।
43288 द्विदल वि. दुई पत्र भएर उम्रने; दुई दिउल हुने ( चना, केराउ, दलहन अन्न आदि)।
43289 द्विधा अव्य. १. दुई किसिमले; दुई तरिकाबाट।
43290 द्विधा अव्य. २. दुई भागमा;दुई फ्याकमा।
43291 द्विधातु ना. दुई धातुका मेलले बनेको मिश्रित धातु।
43292 द्विधातुक वि. दुई प्रकारका धातु मिसिएको; दुई भिन्नभिन्न धातुहरूको मेलबाट तयार भएको।
43293 द्विधात्वीय प्रणाली ना. सुन, चाँदी आदि दुई धातुका मुद्रालाई निश्चित अनुपातका आधारमा विधिग्राह्य वा प्रामाणिक मुद्रा मान्ने प्रणाली; मिसौटे प्रणाली।
43294 द्विप ना. सुँडमा लिएर खाने हुँदा दुई बाजी पानी खाने भनिने जन्तु अर्थात् हात्ती; गज।
43295 द्विपक्षीय प्रसंविदा ना. दुवै पक्षका बिचमा हुने प्रतिज्ञा वा समझौता; सन्धिपत्र।
43296 द्विपक्षीय वि. दुवै पक्षसँग सम्बन्धित; पक्षविपक्ष; दुवैपट्टि उस्तै सरोकार राख्ने।
43297 द्विपथ ना. दुई ठाउँबाट आएका बाटा; मिलेको ठाउँ; दोबाटो।
43298 द्विपथा ना. पहिलो तथा तेस्रो पाउ तेह्र मात्राको र दोस्रो तथा चौथो पाउ एघार मात्राको हुने एक छन्द।
43299 द्विपद/द्विपाद वि. १. दुई खुट्टा हुने; दुईखुट्टे। ना.
43300 द्विपद/द्विपाद वि. २. दुई खुट्टा हुने प्राणी; दोपाया जन्तु।