Dictionary

All Word

43351 द्वैध ना. ३. परस्परमा विरोध हुनाको भाव।
43352 द्वैध ना. ४. सन्देह; शङ्का;धुकचुक।
43353 द्वैध ना. ५. राजनीतिमा अर्को राष्ट्रसँग व्यवहार गर्दा मुख्य उद्देश्य गुप्त राखेर गौण उद्देश्य प्रकट गर्ने नीति।
43354 द्वैधशासन ना. १. दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभक्त भएको शासनप्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका हातमा रहने एक शासनप्रणाली।
43355 द्वैधशासन ना. २. दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन। (अंशुवर्माको समयमा नेपालमा द्वैधशासन चलेको थियो। )
43356 द्वैधीकरण ना. दुई भागमा विभाजित गर्ने काम; दुई खण्डमा छुट्टिने वा छुट्ट्याउने क्रिया; दुई ठुन्का वा दुई फ्याक पार्ने काम।
43357 द्वैधीभाव ना. १. दुई किसिमको हुनाको भाव वा स्थिति; द्विधा भाव; द्वैध।
43358 द्वैधीभाव ना. २. भित्र र बाहिर बेग्लाबेग्लै विचार भएको अवस्था।
43359 द्वैधीभाव ना. ३. दुविधाको भाव; दोधार; सन्देह।
43360 द्वैपायन ना. महाभारत, पुराण आदि पौराणिक ग्रन्थका रचयिता; वेदव्यास।
43361 द्वैप्य वि. १. द्वीपसम्बन्धी; द्वीपको।
43362 द्वैप्य वि. २. द्वीप वा टापुमा रहने; द्वीपमा उत्पन्न हुने।
43363 द्वैमातुर वि. १. दुइटी आमा हुने (व्यक्ति)। ना.
43364 द्वैमातुर वि. २. गणेश।
43365 द्वैमातुर वि. ३. जरासन्ध।
43366 द्वैराज्य ना. कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था।
43367 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये उन्नाइसौँ व्यञ्जन; दन्त्य, स्पर्शी, घोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; काँधेलौरी ध।
43368 धँगेरो ना. हे. धयेँगे।
43369 धँपुरे वि. सुनसान अँध्यारामा एक्लै बसिरहेको; धुमधुमती बसिरहने।
43370 धँसिया वि. ध्वाँसे रङको; कालो र फुस्रो वर्णको।
43371 धक्नु अ.क्रि. चाँडोचाँडो सास फेर्दा मुटु चल्नु; परिश्रम वा गर्मीले दम बढ्नु; स्वाँस्वाँ हुनु।
43372 धक ना. डर, लाज, सङ्कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच।
43373 धकधक ना. १. मुटु हल्लँदा आउने ध्वनि; धुकधुक, ढुकढुक। क्रि.वि.
43374 धकधक ना. २. मुटु हल्लने गरी; मुटु थरथराएर।
43375 धकाइ ना. १. धक्ने अवस्था वा क्रिया- प्रक्रिया।[धकाउ+आइ]
43376 धकाइ ना. २. धकाउने अवस्था वा क्रिया-प्रक्रिया।
43377 धकाइ ना. ३. धक मान्नाको भाव वा अवस्था।
43378 धकाइनु अ.क्रि. १. धक्ने वा धकाउने होइन।
43379 धकाइनु अ.क्रि. २. धक लागिनु।
43380 धकाउनु अ.क्रि. १. १ धक्ने काम हुनु; दम बढ्नु; स्वाँस्वाँ गर्नु।
43381 धकाउनु अ.क्रि. २. धक लाग्नु, अदब मान्नु; सङ्कोचाउनु; लजाउनु।
43382 धकार ना. ध' अक्षर; तवर्गको चौथो वर्ण।
43383 धकालु वि. १. धक्ने रोग लागेको।
43384 धकालु वि. २. धक्ने वा धकाउने स्वभावको; धकाहा।
43385 धकाहा वि. १. धक्ने स्वभावको; धकालु।
43386 धकाहा वि. २. धक्ने रोग लागेको।
43387 धकिनु अ.क्रि. धक्ने वा चाँडोचाँडो सास फेर्ने होइनु।
43388 धकुवा वि. दमको रोगले सताएको; दम बढेको; धम्कीको रोग भएको; धकाहा।
43389 धकिलो वि. देख्तैमा धक लाग्ने; धक मान्ने खालको।
43390 धकेरा ना. गर्मी वा थकाइबाट बढेको श्वास- प्रश्वास; दम; स्वाँस्वाँ।
43391 धकेल्नु स.क्रि. जोडसित ठेल्नु; धक्का दिनु; ठेलाइमा पार्नु; परपर सार्दै लैजानु; घचेट्नु; घचेट्नु।
43392 धकेला ना. धकेल्ने काम; धक्का।
43393 धकेलाइ ना. धकेल्ने क्रिया वा प्रक्रिया।
43394 धकेलाइनु क.क्रि. धकेल्न लाइनु; धकेल्ने पारिनु।
43395 धकेलाउनु प्रे. क्रि. धकेल्न लाउनु; धकेल्ने पार्नु। धकेलाधकेल- परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।
43396 धकेलिनु क.क्रि. धकेल्ने काम गरिनु।
43397 धक्क क्रि.वि. १. परस्परमा ठेल्दा आवाज आउने गरी।
43398 धक्क क्रि.वि. २. गह्रौँ भारी भुईंमा राख्दा शब्द निस्कने गरी। ना
43399 धक्क क्रि.वि. ३. धक्का।
43400 धक्कमधक्का ना. परस्परको धकेलाइ घचेटाघचेट; ठेलमठेल।