Dictionary

All Word

43451 धड्काउनु प्रे. क्रि. ४. पेय पदार्थ घटाघट पिउनु।
43452 धड्किनु अ.क्रि. १. धड्कनु। क. क्रि.
43453 धड्किनु अ.क्रि. २. धड्कने होइनु।
43454 धड्क्याइ ना. धड्किने अवस्था वा क्रियाप्रक्रिया।
43455 धड्याम्म क्रि.वि. १. कुनै ठुलो र गह्रुङ्गो वस्तु माथिबाट बजारिँदा आवाज आउने गरी।
43456 धड्याम्म क्रि.वि. २. लड्दा वा पछारिँदा शब्द निस्कने चालले।
43457 धड्याम्म क्रि.वि. ३. तोप, बन्दुक आदि पड्कँदा आवाज निस्कने गरी।
43458 धड्याम्म क्रि.वि. ४. झ्याल, ढोका आदि जोडसँग खोल्दा वा बन्द गर्दा शब्द निस्केर।
43459 धत् वि.बो. १. निन्दा वा तिरस्कार बुझाउने शब्द।
43460 धत् वि.बो. २. तिरस्कारका साथ कसैलाई पर हटाउनका निम्ति प्रयोग गरिने शब्द।
43461 धत् वि.बो. ३. खराब कामकुरो भन्ने वा गर्ने व्यक्तिलाई फट्कारिने शब्द; धुत्।
43462 धतङ्याइ ना. धतङ्याउने क्रिया वा प्रक्रिया।
43463 धतङ्याइनु क.क्रि. धतङ्याउने काम गरिनु।
43464 धतङ्याउनु स.क्रि. तुरुन्तातुरुन्तै धुतेर लानु।
43465 धताइ ना. धताउने भाव, क्रिया वा प्रक्रिया।
43466 धताइनु क.क्रि. १. धताउने पारिनु; धतुराइनु। अ.क्रि.
43467 धताइनु क.क्रि. २. धताउने होइनु।
43468 धताउनु अ.क्रि. १. निद्रामा बेसुरसँग कराउनु।
43469 धताउनु अ.क्रि. २. बेसुरका कुरा गर्नु; बौलाउनु; सन्कनु।
43470 धताहा वि. धताउने स्वभावको; धतुराउने।
43471 धतुई वि. धताउने स्वभावकी (स्त्री)।
43472 धतुङ्गो वि. १. उट्पट्याङ स्वभावको; उटुङ्ग्याहा।
43473 धतुङ्गो वि. २. अर्धसिल्ली; अर्द्धविक्षिप्त; पगलाहा।
43474 धतुराइ ना. धतुराउने भाव, क्रिया वा प्रक्रिया।
43475 धतुराइनु अ.क्रि. धतुराउने होइनु।
43476 धतुराउनु अ.क्रि. धतुरो खाएर जथाभावी बोल्नु; निद्रामा बेसुरसँग फतफताउनु; धतुलाउनु; धताउनु।
43477 धतुरिनु अ.क्रि. धतुराउने होइनु।
43478 धतुरे वि. धतुराउने; धतुराउने स्वभावको।
43479 धतुरे फूल ना. धतुराको जस्तो फुल्ने एक जातको फूल।
43480 धतुरो ना. बिब्ल्याँटापट्टि कालो कालो रङ र सब्ल्याँटातिर हरियापात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो, पहेँलो, रातो र निलो गरी पाँच थरी फूल फुल्ने एक जातको बोट।
43481 धतुलाइ ना. धतुलाउने भाव, क्रिया वा प्रक्रिया।
43482 धतुलाइनु अ.क्रि. जथाभाबी बोलिनु, धतुराइनु।
43483 धतुलाउनु अ.क्रि. धतुराउनु।
43484 धतुलिनु अ.क्रि. धतुलाउने होइनु।
43485 धतुली वि. धतुलाउने; धतुलाउने स्वभावकी (स्त्री)।
43486 धतुले वि. धतुलाउने स्वभावको; धतुलाउने।
43487 धतुलो वि. धतुलाउने स्वभावको; नशाले बौलाउने।
43488 धतेला ना. लगभग तीन मिटर अग्लो हुने, दाँती परेको वा नपरेको भालाजस्तो पात हुने, सेतो फूल फुल्ने काँडादार एक बोट।
43489 धत्तेरि वि.बो. १. नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द धत्।
43490 धत्तेरि वि.बो. २. कुनै कामकुरो भएगरेकोमा पछुतो मानेर भनिने शब्द।
43491 धत्यौरो वि. १. हप्काउनुपर्ने वा तिरस्कार गरिने स्वभावको।
43492 धत्यौरो वि. २. झगडालु।
43493 धत्यौरो वि. ३. छुच्चो स्वभाव भएको (मान्छे )।
43494 धन ना. १. जीवननिर्वाहमा सहायता पुऱ्याउने र कमाउन वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान् पदार्थ; सम्पत्ति (खेत, जमिन, घर, रुपियाँपैसा इ.)।
43495 धन ना. २. यथेष्ट मात्राम रहने उक्त प्रकारको कुनै चिज (गोधन, अश्वधन इ.)।
43496 धन ना. ३. कुनै वस्तुसँग विनिमय गर्न सकिने वा लगानी गरिने र लोकव्यवहारमा प्रचलित मुख्य रूपले चाँदी, तामा, पित्तल, सुन आदिको सिक्का, रुपियाँपैसा।
43497 धन ना. ४. विद्या, बुद्धि, धर्म, कर्म आदि।
43498 धन ना. ५. प्राणसमान परमप्रिय व्यक्ति (उदा.- आफ्ना जीवनधन नै बिलाएपछि बिचरी के गरून्!)
43499 धन ना. ६. जन्मकुण्डलीमा जन्मलग्नबाट दोस्रो स्थान।
43500 धन ना. ७. गणितमा जोड्ने वा मिलाउने चिह्न; जोड (+)।